Khabar Dabali ६ चैत्र २०८२ शुक्रबार | 20th March, 2026 Fri
Investment bank

लागुऔषध नियन्त्रण गर्न सचेतना आवश्यक : मन्त्री तिवारी

खबरडबली संवाददाता

जनकपुरधाम। मधेश प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिवारीले लागुऔषध नियन्त्रणका लागि तीनै तहका सरकारले जनचेतनामुलक विद्यालय केन्द्रित कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताएको छिन् । 

जिल्ला प्रशासन कार्यालय धनुषाले सुरक्षा निकाय, प्रदेश र स्थानीय तहसँगको समन्वय र सहकार्यमा लागुऔषध नियन्त्रणसम्बन्धी गरेको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएको हो । 

उनले लागुऔधषको सेवनमा युवा वर्गको बढी सहभागिता देखिएकाले विद्यालयमै विद्यार्थीलाई लागुऔषधको प्रयोगबाट हुने असर र नोक्सानीबारेमा ज्ञान प्राप्त भएमा तिनीहरुले लागुऔषध सेवनवाट डराउने बताइन्। 

लागुऔषधको सेवनकर्ता अपराधि नभइ रोगी भएको भन्दै समयमै उपचार भएमा धेरैजसो सेवनकर्ताको जीवनमा आमुल परिवर्तन भएको बताए। उनले कंक्रिटको विकास गरेर मात्र सामाजिक विकास हुन नसक्ने भएकाले समाज परिवर्तनका लागि सामाजिक विकासमा जनप्रतिनिधिले बजेट विनयोजन गर्नुपर्ने धारणा राखिन् । 

लागुऔषध नियन्त्रणका लागि प्रदेश र स्थानीयतहले एक अर्कासँग समन्वय गरी वृहत अभियान सञ्चालन गर्नुपर्नेमा उनको जोड छ । उनले दुबै देशका सुरक्षा अधिकारीको सिमासुरक्षा बैठकमा यस विषयलाई गम्भीरताका साथ उठान गरी भारतीय सिमाक्षेत्रका औषधी पसलमा नेपाली युवालाई सहजरुपमा दिदैआएको लागुऔषधको सन्दर्भमा भारतीय सुरक्षाकर्मीले समेत यस विषयमा गम्भीर भइ रोक्न आग्रह गर्न सुरक्षा प्रमुखलाई आग्रह गरिन्। 

कार्यक्रममा जिल्ला समन्वय समिति धनुषाका अध्यक्ष राजनन्दन मण्डलले युवाहरु कुलतमा फसिरहेको अवस्थालाई सुधार गर्न हामी सबै गम्भीर हुनु पर्नेमा जोड दिँदै लागुऔषधको असर बारेमा व्यापक जनचेतना फैलाउनु पर्ने आवश्यकता रहेको बताए। 

कार्यक्रमको अध्यक्षता गर्नुभएका धनुषाका प्रमुख जिल्ला अधिकारी रामुराज कडरीयाले प्रत्येक पालिकाले आफनो पालिकाभित्रको विद्यालयमा लागुऔषधको सेवनबाट हुने असरको विषयमा पाठयक्रम निर्माण गरी विद्यार्थीलाई जानकार बनाउन सकिने बताए। 

लागुऔषधको ओसारपसार नियन्त्रणका लागि स्थानीय प्रशासन गम्भीर भएर कामकाज गर्दैआएको र अहिले यसप्रकारको गतिविधिमा कमी आएको बताए। कार्यक्रममा धनुषाका प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले लागुऔषधको सेवनबाट हुने नोक्सानी र यसको नियन्त्रणका लागि प्रहरीबाट भएको कामकाजको विषयमा प्रस्तुती गरेको थिए ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रवि लामिछानेको मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णय पेश गर्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले रवि लामिछानेसँग सम्बन्धित मुद्दामा महान्यायाधिवक्ताको संशोधित निर्णय पेश गर्न आदेश दिएको छ। न्यायाधीश सारंगा सुवेदी र स...

राष्ट्रपति पौडेलसमक्ष निर्वाचन प्रतिवेदन २०८२ पेस

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोग नेपालले गत फागनु २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को प्रतिवेदन पेस गरेको छ ।  ...

नेप्से परिसूचक ६४ अङ्कले बढ्यो

काठमाडौँ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६४ दशमलव ६९ अङ्कले बढेर दुई हजार ८७७ दशमलव शून्य तीनको बिन्दुमा कायम भएको हो । यो दुई दशमलव ३० प्रत...

निर्वाचनले लोकतान्त्रिक अभ्यासलाई सफल बनाएको छ : प्रधानमन्त्री कार्की

काठमाडौँ। प्रधानमन्त्री प्रधानमन्त्री सुशीला कार्की फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनलाई सफल बनाउन कार्यक्षेत्रमै खटिएर भूमिका निर्वाह गर्ने ...

राप्रपाको संसदीय दलको नेता शाही, प्रमुख सचेतकमा ओली

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले संसदीय दलको नेतामा ज्ञानबहादुर शाहीलाई चयन गरेको छ। बिहीबार पार्टी केन्द्रीय कार्यालयमा बसेको स...

नवनिर्वाचित सांसदको शपथ चैत १२ गते, संसद् सचिवालयद्वारा दलहरूसँग परामर्श

काठमाडौँ । संघीय संसद् सचिवालयले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूसँग महत्वपूर्ण विषयमा परामर्श गरेको छ। सिंहदरब...

राष्ट्रिय सभामा गृहमन्त्री अर्यालको मनोनयनविरुद्ध रिट : चैत २५ गतेलाई तोकियो पेसी

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रिय सभामा मनोनयनका लागि गरिएको सिफारिस संविधान विपरीत रहेको दाबी गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दायर ...

अछामको ढकाली गाउँपालिकाका अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा : १२ लाख ७७ हजार बिगो

काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अछामको ढकारी गाउँपालिकाका अध्यक्ष प्रकाशबहादुर साउदसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।  ...

संविधानको धारा ७६ (१) अनुसार सरकार गठन हुँदै

काठमाडौँ। गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको अन्तिम मत परिणाम आइसकेको छ । निर्वाचन आयोगले आज राष्ट्रपति रामचन्द्र पौडेललाई निर्वाचन...

धादिङका स्थानीय तहले गराए सरकारको ध्यानाकर्षण, आशिकाको निर्देशनविरुद्ध प्रतिवादमा उत्रने

काठमाडौँ । धादिङका १३ वटै स्थानीय तहले संविधानअनुसार आफ्नो एकल अधिकार निर्बाध रूपमा प्रयोग गर्ने सुनिश्चितताका लागि सरकारको ध्यानाकर्षण गराएका छन्। ...

अरु धेरै
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्: