धादिङ । पूर्वी नेपाल जाने बीपी राजमार्ग क्षतिग्रस्त भएपछि अहिले देशभरका सवारीसाधनको चाप त्रिभुवन राजपथ र पृथ्वी राजमार्गमा थपिएको छ । गत शुक्रबार र शनिबारको बाढीले बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोक र सिन्धुलीमा करिब २ किलोमिटर सडक कामै नलाग्ने गरी सुनकोशी र रोशीले बगाएको छ ।
बीपी राजमार्ग मर्मतसम्भार चलिरहेको अवस्थामा अहिले पूर्वदेखि पश्चिम नेपालसम्म जाने सबै सवारीसाधनको चाप त्रिभुवन राजपथ र पृथ्वी राजमार्गलाई परेको हो । तर यी दुई राजमार्ग पनि दुरुस्त छैनन् । नागढुंगाबाट ओरालो लागिसकेपछि ३५ जनाको ज्यान लिएको झ्याप्ले खोला पहिरो क्षेत्रबाटै सडकको दुर्दशा सुरु हुन्छ।
त्यहाँ नपुग्दै काठमाडौंबाट बाहिरिने गाडीको जाम सुरु हुन्छ । यस्तो अवस्थामा ट्राफिक प्रहरीले पृथ्वी राजमार्ग प्रयोग गर्ने सवारीसाधन चालकहरूलाई सचेत गराइरहेको छ ।
त्रिभुवन राजपथदेखि नै सडकका दायाँबायाँ धेरै ठाउँमा ट्राफिक प्रहरी खटिएका छन् । तर पहिरोले अस्तव्यस्त सडकमा चाकहरूले जथाभावी गर्ने ओभरटेकले अरुलाई पनि सास्ती दिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी प्रल्हाद सिलवालले बताए ।
सिलवालका अनुसार धादिङभित्र पर्ने दर्जनभन्दा धेरै स्थानमा सडक क्षतिग्रस्त छ । झ्याप्ले खोला र कृष्णभिरसहितका स्थानमा सडक भासिएकाले मर्मत पनि चलिरहेको छ ।
पछिल्लो पटक बिहीबार बिहान ९ बजे बेनिघाट रोराङ गाउँपालिका वडा नं। ९ स्थित कृष्णभिरमा करिब १४ फिट सडक भासिएको छ । पृथ्वी राजमार्गको सडकको करिब १४ फिट लामो भाग एक फिट गहिरो गरी भासिएको उनले बताए । अहिले उक्त भासिएको स्थानमा सवारीसाधन एकतर्फी मात्रै सञ्चालनमा रहेको पनि उनले जानकारी दिए ।
सिलवालका अनुसार अन्य स्थानमा पनि सडक दुरुस्त छैन । झ्याप्ले खोला, नागढुंगा-नौबिसे सुरुङ्ग मार्गको मुख, खत्रीपौवाको पुल, गणेश मन्दिर इलाका, बाहुन डाँडा, चारकिलो २ नं। नौबिसे, कमेरे, चिरौँदी र परेवा भिर लगायतका स्थानमा पहिरोका कारण सडक क्षतिग्रस्त छ ।
पहिरोले क्षतिग्रस्त भएको राजमार्गमा सवारी साधनहरूको अत्यधिक चाप रहेको पनि उनले बताए । ‘पहिरोले क्षतिग्रस्त सडकमा लामो जाम हुने गरेको छ । पूर्वजाने साना सवारी पनि यही राजमार्गबाट गइरहेकाले चाप धेरै बढेको छ’, उनले भने, ‘जाम हुने हुँदा सवारी चालकहरूले आ(आफ्नो लेन अनुशासन पालना गर्नु आवश्यक छ । लेन अनुसाशन पालना नहुँदा पनि जाम झन् बढ्ने अवस्था अहिले देखिएको छ । ’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १८ गते, २०८३ - ०९:१०
रुपन्देही । सर्वोच्च अदालतले बुटवल उपमहानगरपालिका–३ का वडाध्यक्ष विष्णु ढकाललाई पदमुक्त गर्ने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम ...
आषाढ़ १८ गते, २०८३ - ०९:०४
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले १०० दिनको अवधिमा गरेको महत्वपूर्ण संरचनात्मक सुधारमध्ये छुट्टै विज्ञान, प्रविधि तथा नवप्रवर्त...
आषाढ़ १८ गते, २०८३ - ०९:००
काठमाडौं । प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजे संघीय संसद् भवन, सिंहदरबारमा बस्ने भएको छ। बैठकमा विभिन्न विधेयकमाथि छलफल तथा पारित गर्ने कार्यसूची तय...
आषाढ़ १८ गते, २०८३ - ०८:१८
चितवन । स्वदेशमा सम्भावना नदेखेर रोजगारीको खोजीमा युवा पुस्ता विदेश पलायन भइरहेका बेला चितवनका एक अनुभवी किसानले भने माटोमै पसिना बगाएर आर्थिक समृद्धि...
आषाढ़ १८ गते, २०८३ - ०८:००
काठमाडौं । १३ चैतमा गृहमन्त्रीको शपथ लिएसँगै सुधन गुरुङ आक्रामक शैलीमा प्रस्तुत भए। पदभार सम्हालेकै साँझ प्रहरी प्रधान कार्यालय पुगेर सुरक्षा नेतृत्वस...
आषाढ़ १८ गते, २०८३ - ०७:३७
काभ्रे । काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका–४ स्थित सडकमा ईभी गाडीको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ। बुधबार बिहान बा.प्र.०८–००१ ज ०१५० नम्बरक...
आषाढ़ १८ गते, २०८३ - ०७:३५
सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिका–४ देउलीबाट प्रहरीले भरुवा बन्दुकसहित एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा स्थानीय ४२ वर्षीय गोपाल पर...
आषाढ़ १८ गते, २०८३ - ०७:३२
सप्तरी । सप्तरीमा बुहारीमाथि पटक–पटक यौन दुर्व्यवहार गरेको तथा धम्की दिएर आत्महत्या गर्न बाध्य पारेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्...
आषाढ़ १८ गते, २०८३ - ०७:२९
काठमाडौं । देशभर मनसुन थप सक्रिय भएसँगै जल तथा मौसम विज्ञान विभागले बिहीबार र शुक्रबार पनि अधिकांश स्थानमा वर्षा हुने तथा केही क्षेत्रमा भारी वर्षाको ...
आषाढ़ १८ गते, २०८३ - ०७:०५
काठमाडौं । वरिष्ठ पत्रकार तथा साहित्यकार लक्ष्मण अधिकारीको नयाँ कथा संग्रह ‘डोपामिन : खुसी र प्रेरणा’ सोमबार सार्वजनिक गरिएको छ। कामना न्यूज पब्लिक...



प्रतिकृया लेख्नुहोस्: