Ntc summer Offer
Khabar Dabali १७ आश्विन २०८१ बिहीबार | 3rd October, 2024 Thu
Investment bank

पाँचथरमा पहिरोमा परी हालसम्म आठजनाको मृत्यु

खबरडबली संवाददाता

पाँचथर । पाँचथर जिल्लामा बाढी र पहिरोमा परेर ज्यान गुमाउने मनिसको संख्या आठ पुगेको छ । बुधबार फिदिम नगरपालिका– १ की ४९ वर्षीया थुममाया योङहाङको शव भेटिएसँगै मृतकको संख्या आठ पुगेको जिल्ला प्रहरी कार्यालय पाँचथरका निमित्त प्रमुख विनालाल शाहले जानकारी दिए । 

योङहाङको शव धनकुटाको मूलघाट नजिकै तमोर नदी किनारा (तेह्रथुमतर्फ) फेला परेको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख शाहले बताए । योङहाङलाई फिदिम नगरपालिका– १ दुमाहाबेसी नजिकैबाट बाढीले बगाएको थियो । यसअघि सोही स्थानबाट खोलाले बगाएर बेपत्ता भएकी निर्मला राईको शव फलामेटार नजिकै धनकुटामा भेटिएको थियो । 

असोज १२ गतेको बाढी र पहिरोमा परी फिदिम नगरपालिका– १२ की सम्झना शेर्पा, डोल्मा शेर्पा र पास्तिम्बा शेर्पा, फिदिम– १ का गोपी विश्वकर्मा, फिदिम– २ की रञ्जना राई र फाल्गुनन्द– ५ का नरेन्द्र चेम्जोङको शव भेटिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको छ । 

पहिरोमा परेका फिदिम–१ का सरस्वता पन्दाक र कृष्ण दास तथा फालेलुङ–५ कि ३६ वर्षीया कमला राई अझै बेपत्ता रहेका प्रहरी तथ्यांकमा उल्लेख छ । बाढी र पहिरोले पाँचथरको सदरमुकाम फिदिम नगरपालिकासँगै फाल्गुनन्द, फालेलुङ र मिक्लाजुङ गाउँपालिका धेरै प्रभावित भएका र विस्थापितको विवरण संकलन भइरहेको बताइएको छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

श्री एयरलाइन्सले भोलिबाट काठमाडौँ-भरतपुर उडान भर्ने

चितवन । श्री एयरलाइन्सले भोलिदेखि काठमाडौंँ-भरतपुर–काठमाडौँ रुटमा उडान भर्ने भएको छ । कम्पनीले क्यु४००-८ को ८० सिटे जहाजबाट उडान भर्न लागेको जनाएको छ ...

मकवानपुरमा खोलाले बगाएर दुई जनाको मृत्यु

हेटौँडा । मकवानपुरमा खोलाले बगाएर दुई जनाको मृत्यु भएको छ । मनहरी र मकवानपुरगढी गाउँपालिकामा खोलाले बगाएर दुई जनाको मृत्यु भएको हो ।  मकवानपुरगढी ग...

माेरङकाे केराबारीमा डुबेर दुई बालकको मृत्यु

विराटनगर । मोरङ केराबारीमा दुई नाबालकको डुबेर मृत्यु भएको छ । केराबारी–८ मा रहेको कृष्ण क्रसरको परिसरमा रहेको खाल्डोमा डुबेर मृत्यु हुनेमा सोही ठाउँका...

मोरङमा खोलाले बगाएर युवक बेपत्ता

माेरङ । मोरङको धनपालथान गाउँपालिकामा बिहीबार दिउँसो १ जना युवकलाई खोलाले बगाएर बेपत्ता बनाएको छ ।  मोरङ प्रहरीका डीएसपी वेदप्रकाश जोशीका अनुसार कटह...

स्रोत नखुलेको २२ लाख रुपैयाँसहित दुईजना पक्राउ

जलेश्वर । स्रोत नखुलेको २२ लाख रुपैयाँसहित प्रहरीले महोत्तरीबाट दुई जनालाई पक्राउ गरेको छ । मटिहानी नगरपालिका–७ स्थित नेपाल–भारत सीमा नजिकबाट प्रहरीले...

गाेरखामा मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

गोरखा । गोरखामा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ । सदरमुकामबाट आँबुखैरेनीतर्फ जाँदै गरेको बा४२प ७९८३ नम्बरको मोटरसाइकल आज गोरखा–आँबुखै...

ताप्लेजुङ छोराले गरे बाबुको हत्या

ताप्लेजुङ । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा छोराले बाबुको हत्या गरेका छन् । प्रहरीका अनुसार मेरिङ्देन गाउँपालिका–१ थिङ्लाबुमा छोराले धारिलो हतियार ...

बाढीबाट क्षति पुगेको कोशी ब्यारेजको मर्मत गरिँदै

सुनसरी । यही असोज ११ र १२ गते सप्तकोशीमा आएको बाढीबाट क्षति पुगेको कोशी ब्यारेजको मर्मत सम्भार गर्न थालिएको छ । बाढीबाट ब्यारेजको विभिन्न ठाउँ भत्किएक...

किटजन्य, श्वासप्रश्वास, छालाजन्य, मानसिक जस्ता रोग बढ्न सक्छ सजक रहौँ

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले किटजन्य, श्वासप्रश्वास, छालाजन्य, मानसिक जस्ता समस्या देखि नसक्ने भएकाले सबैलाई सजक रहन आग्रह गरेको छ ।...

महिला टी-२० विश्वकपमा बंगलादेशको विजयी शुरुवात

काठमाडौं । आजदेखि युएईमा शुरु भएको आइसीसी महिला टी-२० विश्वकपको उद्घाटन खेलमा बंगलादेशले विजयी शुरुवात गरेको छ ।  पहिलो खेलमा बंगलादेशले स्कटल्याण्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy