गण्डकी । गण्डकी प्रदेशमा हालसम्म एघार हजार पाँच सय ९० जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको तथ्याङ्कअनुसार गत सेप्टेम्बर महिनामा मात्र छ हजार चार सय ३४ जनामा डेंगुको सङ्क्रमण देखिएको छ । गत जनवरीमा जम्मा ७० जनामा डेंगु सङ्क्रमण पुष्टि भएकामा त्यसयताका नौ महिनामा सङ्क्रमितको संख्या बढेर साढे एघार हजारभन्दा माथि पुगेको हो ।
मन्त्रालयका सूचना अधिकारी एवं वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत प्रशान्तराज शर्माले गत जुलाईयता डेंगुको सङ्क्रमण दर बढ्दै गएको बताए । जुलाईमा सात सय २८ र अगष्टमा चार हजार ८३ जनामा डेंगु देखिएको उनले जानकारी दिए । सबैभन्दा बढी कास्कीमा पाँच हजार नौ सय २८ र सबैभन्दा कम मनाङमा जम्मा दुई जनामा उक्त रोगको सङ्क्रमणको पुष्टि भएको हो ।
शिक्षा अधिकृत शर्माले दिएको जनाएअनुसार हालसम्म तनहुँमा २७ सय ३८, पर्वतमा एक हजार ६३, गोरखामा पाँच सय ९२, बागलुङमा तीन सय ९५, स्याङ्जामा तीन सय ९३, म्याग्दीमा एक सय ८९, नवलपुरमा एक सय ७४, लमजुङमा एक सय आठ र मुस्ताङमा आठ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । डेंगुका कारण हालसम्म प्रदेशभित्र तीन पुरुष र चार महिला गरी सात जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । मृत्यु हुनेमा कास्कीका चार महिला र एक पुरुष, तनहुँ र म्याग्दीका एक/एक जना पुरुष छन् ।
डेंगुबाट सबैभन्दा बढी कास्कीको पोखरा महानगरपालिका प्रभावित भएको छ । महानगरको स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक राजेन्द्र रेग्मीले महानगरमा हालसम्म पाँच हजार आठ सय ४८ जनामा सङ्क्रमण पुष्टि भएको छ । असारदेखि कात्तिकसम्म डेङ्गी सङ्क्रमणको बढी जोखिम हुने उनको भनाइ छ । यस रोगबाट बच्न लामखुट्टको टोकाइबाट बच्नु सबैभन्दा उत्तम उपाय भएको रेग्मीले बताए ।
महानगरपालिकाले लामखट्टेको बासस्थान खोज्ने र नष्ट गर्ने अभियान वडा तहदेखि नै सुरु गरेको भएपनि डेङ्गी रोकथाम चुनौतीपूर्ण बन्दै गएको उनको भनाइ छ । “वर्षा रोकिएको केही दिनपछि डेङ्गीको सङ्क्रमण फैलने जोखिम उच्च हुने हुनाले समुदायका सबैले सजगता अपनाउनुपर्छ” रेग्मीले भने ।
चार प्रकारको भाइरसबाट मानिसमा डेङ्गी सङ्क्रमण हुने गरेको चिकित्सक बताउँछन् । समयमा उपचार नभए डेङ्गीबाट बिरामीको मृत्युसमेत हुनसक्ने भएकाले विशेष स्वास्थ्य सचेतना अपनाउनुपर्ने उनीहरुको सुझाव छ । डेंगुको फाइरस फैलाउने लामखुट्टे खाल्डाखुल्डी, पुराना टायर, ड्रम, भाँडाकुडा आदिमा जम्मा भएको सफा पानीमा बस्ने हुँदा तिनलाई खाली गर्नुपर्ने जनाइएको छ ।
डेंगु ‘एडिस एजिप्टाई’ जातको पोथी लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्छ । यो लामखुट्टले जम्मा भएको सफा पानीमा फुल पार्ने र लार्भा हुर्काउने गर्छ । डेंगुको सङ्क्रमणपछि एक्कासी उच्च ज्वरो आउने, रक्तस्राव हुने, टाउको, शरीर दुख्नेजस्ता लक्षण देखा गर्ने जनाइएको छ । यो रोगको खास उपचार नभएकाले लक्षणअनुसार औषधोपचार गर्ने गरिएको चिकित्सकले जनाएका छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ २५ गते, २०८२ - २०:५१
रौतहट । लम्पी स्किन रोगले रौतहटको चन्द्रपुर नगर क्षेत्रका पशु मर्न थालेका छन् । चन्द्रपुर नगर क्षेत्रमा केही दिनयता लम्पी स्किन रोगको पशु कारण मर्न था...
आषाढ़ २५ गते, २०८२ - २०:४३
काठमाडौं । प्यालेस्टाइनमाथि इजरायलले ज्याजदी गरेको भन्दै नेकपा माओवादी केन्द्रसहित १२ वटा राजनीतिक घटकहरूले असार २७ गते अर्थात शुक्रबार काठमाडौँमा संय...
आषाढ़ २५ गते, २०८२ - २०:३१
सिरहा । लहान क्षेत्रमा दर्ताबिना सञ्चालनमा रहेका स्वास्थ्य क्लिनिकप्रति गुनासो बढ्दै गएपछि इलाका प्रशासन कार्यालय लहानले नियमन अभियान सुरू गरेको छ । ...
आषाढ़ २५ गते, २०८२ - २०:१३
झापा । झापाको बाह्रदर्शी गाउँपालिका १ खैरबारी स्थित भित्री सडक खण्डमा मोटरसाइकल र स्कुटर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइ...
आषाढ़ २५ गते, २०८२ - २०:०६
काठमाडाैं । पुस यता एक हजार आठ सय भन्दा बढीमा डेंगु सङ्क्रमण पुष्टि भएको छ । इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतका किटजन्य शाखाका प्रम...
आषाढ़ २५ गते, २०८२ - २०:०२
उदयपुर । जिल्ला प्रशासन कार्यालय उदयपुरले मनसुन सुरु भएसँगै पहाडी तथा उच्च हिमाली क्षेत्रमा वर्षापछि आएको विपदलाई मध्यनजर गर्दै सतर्कता अपनाउन आग्रह ग...
आषाढ़ २५ गते, २०८२ - १९:०६
कास्की । सर्वोच्च अदालतको आदेशानुसार पोखरास्थित फेवातालको सीमाङ्कनका क्रममा हालसम्म ७५० सीमास्तम्भ राखिएका छन् । पोखरा महानगरपालिका, गण्डकी प्रदेश स...
आषाढ़ २५ गते, २०८२ - १९:०३
भक्तपुर । बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले भक्तपुर अस्पतालसहित प्रदेशका विभिन्न अस्पतालमा १६ वटा डायलासिस मेसिन (उपकरण) जडान गरेको छ । ...
आषाढ़ २५ गते, २०८२ - १८:५८
तेह्रथुम । सङ्घीय राजधानी काठमाडौँका साथै देशका विभिन्न भागमा सञ्चालित तारे होटलमा सिस्नुको माग बढ्न थालेपछि यहाँका किसानले व्यावसायिक रूपमा सिस्नोखेत...
आषाढ़ २५ गते, २०८२ - १८:५२
काठमाडाैं । विशेष अदालतले अन्तर्राष्ट्रिय मापदण्ड संगठन (आइएसओ)को प्रमाणपत्र प्राप्त गरेको छ । न्यायिक प्रणाली जवाफदेहिता, दिगोपना र प्रशासनिक सुधारमा...
प्रतिकृया लेख्नुहोस्: