Ntc summer Offer
Khabar Dabali १७ आश्विन २०८१ बिहीबार | 3rd October, 2024 Thu
Investment bank

माेरङकाे केराबारीमा डुबेर दुई बालकको मृत्यु

खबरडबली संवाददाता

विराटनगर । मोरङ केराबारीमा दुई नाबालकको डुबेर मृत्यु भएको छ । केराबारी–८ मा रहेको कृष्ण क्रसरको परिसरमा रहेको खाल्डोमा डुबेर मृत्यु हुनेमा सोही ठाउँका तोयानाथ चौलागाईंका छोराहरू ६ वर्षीय रामचरण र १० वर्षीय भूपेन चौलागाईं रहेका छन् । 

मृत फेला परेका नाबालकका बुवा तोयानाथ त्यही क्रसरका कामदार रहेको प्रहरीले जनाएको छ । नाबालकहरु क्रसरको खाल्डोमा डुबेर बेपत्ता भएको विषयमा प्रहरीले दिउँसो ३ः४० बजेतिर सूचना पाएको थियो ।

सोही सूचनाको आधारमा खोजी गर्ने क्रममा दुवै जना डुबेको अवस्थामा फेला परेका थिए । मृतक बालक भूपेनको शव भने आफन्त र स्थानीयले खाल्डोबाट निकाल्न दिएका छैनन् । क्रसरको चरम लापरबाहीले घटना भएको स्थानीयको आरोप छ । प्रहरीले भने पौडी खेल्न खाल्डोमा पसेका नाबालकहरूको बाहिर निस्कन नसक्दा मृत्यु भएको हुनसक्ने अनुमान गरेको छ ।

सो ठाउँबाट मिक्सगिट्टी निकाल्दा ४ फिटभन्दा गहिरो खाल्डो बनेको थियो । तर, क्रसरले उक्त खाल्डो नपुरेर त्यत्तिकै छाडेका कारण २ नाबालकले अकालमा ज्यान गुमाएको स्थानीय बताउँछन् । उक्त क्रसरमा केराबारी गाउँपालिका पूर्वअध्यक्ष रोहित कार्कीसहित रोशन सुब्बा, विशाल खरेललगायतको लगानी रहेको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

श्री एयरलाइन्सले भोलिबाट काठमाडौँ-भरतपुर उडान भर्ने

चितवन । श्री एयरलाइन्सले भोलिदेखि काठमाडौंँ-भरतपुर–काठमाडौँ रुटमा उडान भर्ने भएको छ । कम्पनीले क्यु४००-८ को ८० सिटे जहाजबाट उडान भर्न लागेको जनाएको छ ...

मकवानपुरमा खोलाले बगाएर दुई जनाको मृत्यु

हेटौँडा । मकवानपुरमा खोलाले बगाएर दुई जनाको मृत्यु भएको छ । मनहरी र मकवानपुरगढी गाउँपालिकामा खोलाले बगाएर दुई जनाको मृत्यु भएको हो ।  मकवानपुरगढी ग...

माेरङकाे केराबारीमा डुबेर दुई बालकको मृत्यु

विराटनगर । मोरङ केराबारीमा दुई नाबालकको डुबेर मृत्यु भएको छ । केराबारी–८ मा रहेको कृष्ण क्रसरको परिसरमा रहेको खाल्डोमा डुबेर मृत्यु हुनेमा सोही ठाउँका...

मोरङमा खोलाले बगाएर युवक बेपत्ता

माेरङ । मोरङको धनपालथान गाउँपालिकामा बिहीबार दिउँसो १ जना युवकलाई खोलाले बगाएर बेपत्ता बनाएको छ ।  मोरङ प्रहरीका डीएसपी वेदप्रकाश जोशीका अनुसार कटह...

स्रोत नखुलेको २२ लाख रुपैयाँसहित दुईजना पक्राउ

जलेश्वर । स्रोत नखुलेको २२ लाख रुपैयाँसहित प्रहरीले महोत्तरीबाट दुई जनालाई पक्राउ गरेको छ । मटिहानी नगरपालिका–७ स्थित नेपाल–भारत सीमा नजिकबाट प्रहरीले...

गाेरखामा मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु

गोरखा । गोरखामा मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु भएको छ । सदरमुकामबाट आँबुखैरेनीतर्फ जाँदै गरेको बा४२प ७९८३ नम्बरको मोटरसाइकल आज गोरखा–आँबुखै...

ताप्लेजुङ छोराले गरे बाबुको हत्या

ताप्लेजुङ । ताप्लेजुङको मेरिङ्देन गाउँपालिकामा छोराले बाबुको हत्या गरेका छन् । प्रहरीका अनुसार मेरिङ्देन गाउँपालिका–१ थिङ्लाबुमा छोराले धारिलो हतियार ...

बाढीबाट क्षति पुगेको कोशी ब्यारेजको मर्मत गरिँदै

सुनसरी । यही असोज ११ र १२ गते सप्तकोशीमा आएको बाढीबाट क्षति पुगेको कोशी ब्यारेजको मर्मत सम्भार गर्न थालिएको छ । बाढीबाट ब्यारेजको विभिन्न ठाउँ भत्किएक...

किटजन्य, श्वासप्रश्वास, छालाजन्य, मानसिक जस्ता रोग बढ्न सक्छ सजक रहौँ

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले किटजन्य, श्वासप्रश्वास, छालाजन्य, मानसिक जस्ता समस्या देखि नसक्ने भएकाले सबैलाई सजक रहन आग्रह गरेको छ ।...

महिला टी-२० विश्वकपमा बंगलादेशको विजयी शुरुवात

काठमाडौं । आजदेखि युएईमा शुरु भएको आइसीसी महिला टी-२० विश्वकपको उद्घाटन खेलमा बंगलादेशले विजयी शुरुवात गरेको छ ।  पहिलो खेलमा बंगलादेशले स्कटल्याण्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy