काठमाडौं । बेलायतले चागोस टापुको सार्वभौमसत्ता मौरिससलाई हस्तान्तरण गर्ने बताएको छ। बेलायत र मौरिससका प्रधानमन्त्रीले बिहीबार संयुक्त विज्ञप्ति जारी गरी सो जानकारी दिएका हुन्।
हिन्द महासागरको यो दुर्गम र रणनीतिक रूपमा महत्त्वपूर्ण टापु समूहका लागि दशकौँ लामो वार्ता यस ऐतिहासिक निर्णयपछि अब टुङ्गिएको छ।
वर्षौंको निरन्तर वार्तापछि सहमति भएको हो। यसमा डिएगो गार्सिया पनि परेको छ। यसलाई अमेरिकी सरकारले आफ्नो नौसेना जहाज र लामो दूरीको बमवर्षकका लागि सैन्य आधारको रूपमा प्रयोग गर्छ।
अमेरिका र बेलायतको सैन्य आधार डिएगो गार्सियामा उस्तै रहनेछ। पश्चिमी मुलुक भारत र चीनबीच भूराजनीतिक प्रतिस्पर्धा जारी रहेका बेला यो सम्झौता भएको हो।
विज्ञप्तिमा बेलायती प्रधानमन्त्री केयर स्टारमर र मौरिससका प्रधानमन्त्री प्रविन्द जुगनाथले भनेका छन्- यो हाम्रो सम्बन्धमा महत्त्वपूर्ण क्षण हो र यसले विवादको शान्तिपूर्ण समाधान र कानूनको शासनप्रतिको हाम्रो स्थायी प्रतिबद्धता झल्काउँछ।
जगन्नाथले भनेका छन्- हामी क्षेत्रीय र विश्वव्यापी सुरक्षामा महत्त्वपूर्ण भूमिका खेल्ने डिएगो गार्सियामा रहेको सैन्य आधारको सुरक्षित र प्रभावकारी सञ्चालन सुनिश्चित गर्न प्रतिबद्ध छौँ।
यो साझेदारी अन्तर्गत बेलायतले मौरिससलाई वार्षिक भुक्तान गर्नेछ र पूर्वाधारमा लगानीसहितको आर्थिक सहयोग प्याकेज उपलब्ध गराउने छ।
मौरिससले अब चागोस टापुमा पुनर्वास कार्यक्रम सुरु गर्न पाउनेछ, तर डिएगो गार्सियामा होइन। बेलायतले ९९ वर्षको प्रारम्भिक अवधिका लागि यहाँको सैन्य अखडा सञ्चालन सुनिश्चित गर्नेछ। यो निर्णयलाई अमेरिकाले समर्थन गरेको छ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले यो ऐतिहासिक सम्झौताको प्रशंसा गरेका छन्। बीबीसी
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - ०९:३२
काठमाडौं । नेकपा एमालेका एक उपाध्यक्षले आगामी प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेससँग गठबन्धन हुन सक्ने आशयको अभिव्यक्ति दिएपछि फागुन २१ गतेको चुना...
पौष १८ गते, २०८२ - ०९:२६
काठमाडौं । महाधिवेशन विषयमा शीर्षस्थ नेताबीच टक्कर बढ्दै जाँदा नेपाली कांग्रेस विभाजननजिक पुगेको छ । संस्थापनपक्षले महाधिवेशन रोक्ने र इतरसमूहले जसरी ...
पौष १८ गते, २०८२ - ०९:२२
झापा । निर्माणाधीन एसियाली राजमार्गको मेचीनगर–६ स्थित पालिया पुलमा बिहीबार राति मालवाहक ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ३३ वर्षीया लक्ष्मी सा...
पौष १८ गते, २०८२ - ०८:२२
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले २६६ जना कर्मचारी भर्नाका लागि आवेदन खुलाएको छ। शुक्रबार विज्ञापन प्रकाशन गर्दै दसौंदेखि पाँचौं तहका विभिन्न पदहरू...
पौष १८ गते, २०८२ - ०८:१३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ। शुक्रबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसम्पा...
पौष १८ गते, २०८२ - ०८:०४
म पनि विशेष महाधिवेशन चाहन्छु, तर नियम र कार्यविधिअनुसार केन्द्रीय समितिले निर्णय गरोस्
पौष १८ गते, २०८२ - ०७:३७
मुस्ताङ । हिउँदयाम मौसमसँगै अत्यधिक चिसोका कारण मुस्ताङका तीन गाउँपालिकामा सञ्चालित शैक्षिक संस्था दुई महिनाका लागि बन्द भएका छन् । यहाँस्थित माथिल्लो...
पौष १८ गते, २०८२ - ०७:२३
काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि अत्यावश्यक सामग्री ढुवानीका लागि सम्बद्ध पक्षलाई आग्रह गरेको छ । ...
पौष १८ गते, २०८२ - ०७:२२
काठमाडौँ । देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले तराई भू–भागका अधिकांश स्थानहरूमा आज दिउँसो हुस्सु तथा कुहिरो लाग्ने छ भने केही प्रदेशमा...
पौष १८ गते, २०८२ - ०७:१९
काठमाडौँ। गत आर्थिक वर्षकोभन्दा चालु आव २०८२/८३ मा मुलुकको आर्थिक वृद्धिदर कमजोर हुने अनुमानकाबिच नेपाल राष्ट्र बैंकले यस वर्ष अघिल्लो वर्षकोभन्दा आर्...




प्रतिकृया लेख्नुहोस्: