Khabar Dabali १४ फाल्गुन २०८२ बिहीबार | 26th February, 2026 Thu
Investment bank

वैवाहिक बलात्कारमा उदारता देखाउन भारत सरकारको आग्रह

खबरडबली संवाददाता

मुम्बई । भारत सरकारले वैवाहिक बलात्कारलाई अन्य बलात्कार अपराधहरूभन्दा धेरै उदारताका साथ व्यवहार गर्नुपर्नेमा जोड दिएको छ । वैवाहिक बलात्कारीलाई गैरकानूनी घोषित गर्न माग गर्दै अभियन्ताहरूले दायर गरेको चलिरहेको सर्वोच्च अदालतको मुद्दामा भारत सरकारले त्यस्तो जोड दिएको हो । 

भारतमा बेलायती औपनिवेशिक शासनको समयमा १९औँ शताब्दीमा लागू गरिएको दण्ड संहिताले स्पष्ट रूपमा “एक पुरुषले आफ्नै पत्नीसँग गरेको यौन क्रियाकलाप बलात्कार होइन” भनी उल्लेख गरेको छ । वैवाहिक बलात्कारलाई गैरकानूनी बनाउन खोज्ने अभियन्ताहरूको एक दशक लामो अदालती चुनौतीका बाबजुद प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारले जुलाईमा उक्त धारालाई कायम राख्दै संशोधित संहिता लागु गरेको थियो । 

भारतको गृह मन्त्रालयले बिहीबार सर्वोच्च अदालतमा दायर गरेको शपथपत्रमा वैवाहिक बलात्कारको परिणाम ‘दण्डात्मक’ हुनुपर्ने भए पनि कानूनी प्रणालीले यसलाई विवाह बाहिर गरिएको बलात्कारभन्दा बढी उदारताका साथ व्यवहार गरिनुपर्ने उल्लेख छ । “पतिसँग आफ्नी पत्नीको सहमति उल्लङ्घन गर्ने कुनै मौलिक अधिकार निश्चित रूपमा छैन”, द इन्डियन एक्सप्रेस अखबारका अनुसार शपथपत्रमा भनिएको छ, “यद्यपि भारतमा मान्यता प्राप्त ‘बलात्कार’ प्रकृतिको अपराधलाई विवाह संस्थामा आकर्षित गर्नु अत्यधिक कठोर मान्न सकिन्छ ।”

भारतको वर्तमान दण्ड संहिताले बलात्कारमा दोषी ठहर भएकालाई न्यूनतम १० वर्षको सजाय तोकेको छ । वैवाहिक बलात्कारलाई विद्यमान कानूनहरूमा पर्याप्त रूपमा सम्बोधन गरिएको र यसमा घरेलु हिंसाबाट महिलाहरूको संरक्षण गर्ने सन् २००५ को कानून समावेश रहेको सरकारको वक्तव्यमा उल्लेख छ । उक्त कानूनले यौन दुर्व्यवहारलाई घरेलु हिंसाको रूपमा मान्यता दिन्छ तर अपराधीहरूलाई कुनै आपराधिक दण्ड निर्धारण गर्दैन । दण्ड संहिताको अर्को धारामा पतिले आफ्नी पत्नीविरुद्ध गरेका व्यापक रूपमा परिभाषित ‘क्रुरता’ का कार्यहरूका लागि तीन वर्षसम्मको जेल सजायको प्रावधान छ ।

सन् २०१९ देखि २०२१ सम्म गरिएको सरकारको पछिल्लो राष्ट्रिय परिवार स्वास्थ्य सर्वेक्षणअनुसार १८ देखि ४९ वर्ष उमेर समूहका छ प्रतिशत भारतीय विवाहित महिलाले वैवाहिक यौन हिंसाको अनुभव गरेको बताएका छन् । यसको अर्थ विश्वको सबैभन्दा धेरै जनसङ्ख्या भएको भारतमा एक करोडभन्दा बढी महिला आफ्ना पतिहरूको हातबाट यौन हिंसाको शिकार भएका छन् । सर्वेक्षणअनुसार करिब १८ प्रतिशत विवाहित महिलाले आफ्ना पतिहरूले यौन सम्बन्ध चाहेमा अस्वीकार गर्न नसक्ने महसुस गरेका छन् । 

भारतको धेरै भागमा सम्बन्धविच्छेद अझै पनि वर्जित छ । ती भागमा प्रत्येक एक सय विवाहमा एउटा मात्र विघटनमा समाप्त हुन्छ र यो प्राय असन्तुष्ट विवाहलाई कायम राख्न परिवार र सामाजिक दबाबका कारण हुन्छ । भारतको आपराधिक न्याय प्रणालीमा लामो समयदेखि नसुल्झिएका केही मुद्दाहरूले समाधान पाउन दशकौँ लाग्छ र वैवाहिक बलात्कारलाई अपराधीकरण गर्न दबाब दिने मुद्दाले अत्यन्त सुस्त प्रगति गरेके छ । 

सन् २०२२ मा दिल्ली उच्च अदालतमा दुई–न्यायाधीशको इजलासले विभाजित फैसला सुनाएपछि यो मुद्दालाई सर्वोच्च अदालतमा पठाइएको थियो । उक्त मुद्दामा एक न्यायाधीशले पतिले जबरजस्ती आफ्नी पत्नीसँग यौन सम्बन्ध राख्छ भने त्यसलाई ‘एक अपरिचित व्यक्तिले बलात्कार गर्ने कार्यसँग तुलना गर्न सकिँदैन’ भनी फैसला गरेका थिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रास्वपासँग एकता गरे पनि छुट्टै बन्दसूची लिएर आयोग पुगे उज्यालो नेपालका नेता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता घोषणा गरिसकेको उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरू छुट्टै समानुपातिक बन्दसूची बोकेर निर्वाचन...

कांग्रेस १५औँ महाधिवेशन वैशाख २८ देखि ३१ सम्म गर्ने कार्यसम्पादन समितिको निर्णय, गगन र विश्वको असहमति

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिले पार्टीको १५औँ महाधिवेशन आगामी वैशाख २८ देखि ३१ गतेसम्म काठमाडौंमा आयोजना गर्ने निर्णय गरेक...

गुण्डाका नाइके भनेर चिनिने चक्रे मिलन एमाले गोरखा–२ बाट सिफारिस

काठमाडौं । नेकपा एमालेले गुण्डागर्दी र आपराधिक पृष्ठभूमिसँग जोडिँदै आएको नामलाई फेरि संसदीय राजनीतिमा अघि सार्ने प्रयास गरेको छ । प्रतिनिधिसभा सदस्य न...

एआई क्षेत्रको प्रभावले एशियाली बजार मजबुत

काठमाडाैँ । एशियाली सेयर बजारहरूले सन् २०२६ को सुरुवात सकारात्मक रूपमा गरेका छन् । यद्यपि टोकियो र साङ्घाई बजार बिदाका कारण बन्द रहेकाले कारोबारको मात...

स्वास्थ्य उपचार दिगो र प्रभावकारी बनाउनुपर्ने : मुख्यमन्त्री यादव

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशका आमनागरिकलाई स्वास्थ्य उपचार सेवा सरल र सहज रुपमा उपलब्ध गराउनुपर्ने बताएका छन् । स्व...

विद्यार्थीले पस्किए ‘फुड फेस्टिभल’मा खानाका परिकार

गुल्मी । विद्यार्थीलाई खानाका परिकार चिनाउने, पकाउने सीप विकास गर्ने र व्यावहारिक ज्ञानसँग जोड्ने उद्देश्यले सदरमुकाम तम्घासमा ‘फुड फेस्टिभल’ आयोजना ग...

विकास निर्माणमा दलीय प्रतिस्पर्धा आवश्यक : मुख्यमन्त्री कँडेल

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विकास निर्माणका विषयमा दलीय प्रतिस्पर्धा हुनुपर्ने बताएका छन् । जिल्लाको पञ्चपुरी नगरपालिका–...

बजेट कटौतीका कारण लेबनानमा शान्ति सैनिक घटाइँदै

बेरुत । संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२५ को नोभेम्बरदेखि हालसम्म दक्षिणी लेबनानबाट एक हजार ८ सयभन्दा बढी शान्ति सैनिक फिर्ता भएका छन् भने सन् २०२...

गाजामा विस्थापीत शिविरमा आगलागी हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

गाजा । गाजा सहरमा विस्थापित मानिसहरूले वसोवास गर्दै आएको शिविरमा आगलागी हुँदा एक प्यालेस्टिनी व्यक्तिको मृत्यु भएको र अन्य पाँच जना घाइते भएको प्यालेस...

बेलायतको शरणार्थी प्रणालीमा नयाँ नियम लागू, स्थायी बसोबासका लागि २० वर्ष कुर्नुपर्ने

लन्डन । बेलायत सरकारको तथ्याङ्कअनुसार सन् २०२५ मा सानो डुङ्गीमार्फत बेलायती तटमा पुगेका आप्रवासीको सङ्ख्या ४१ हजार ४७२ पुगेको छ, जुन अहिलेसम्मको दोस्र...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE