Khabar Dabali १९ पुष २०८२ शनिबार | 3rd January, 2026 Sat
Investment bank

पुर्ख्यौली पेसाबाट विस्थापित हुँदै दलित समुदाय

खबरडबली संवाददाता

कञ्चनपुर । यहाँका दलित समुदाय पुर्ख्यौली पेशाबाट विस्थापित हुन थालेका छन् । आफ्नो पेशा व्यवसायले जीविकोपार्जन गर्न नसक्ने स्थिति भएपछि उनीहरू पेशाबाटै विस्थापित हुन थालेका हुन् । परम्परागत पेसालाई बीचमा छाडेर दलित युवा अन्य काम गर्न बाध्य छन् । युवाहरू जीविका चलाउन भारतमा दरवान, कुल्ली र अन्य जोखिमयुक्त काम गर्न गइरहेका छन् । 

ऐतिहासिकरुपमा दलित समुदायले बाजा बजाउने, सिलाइकटाइ, जुत्ता बनाउने, माटोका भाँडाकुँडा बनाउने, बेतबाँस, सुनचाँदी, मादल बनाउने, कृषि औजार निर्माण गर्ने, घरायसी रूपमा प्रयोग हुने धातुका भाँडाकुँडा बनाउने काम गर्ने गरेका थिए । तर अहिले यी काममा दलित समुदायको सक्रियता घट्दो छ । पुस्तौँदेखिको परम्परागत सीपलाई आधुनिकीकरण गर्न नसक्दा दलित युवाहरू पलायन हुन थालेका दलित अधिकारकर्मी शिवी लुहारले बताए। 

'दलित समुदायले अपनाउँदै आएको पेसा व्यवसाय गैरदलित समुदायले आधुनिक तरिकाले गर्न थालेपछि प्रतिस्पर्धा गर्न नसक्दा पलायन हुनुपरेको छ,' उनले भने, 'दलित समुदायको अर्थावस्था कमजोर हुँदा आवश्यक पुँजी अभावमा परम्परागत पेसालाई आधुनिकीकरण गर्न राज्य पक्षबाट सहयोग आवश्यक पर्छ ।'

सरोकार भएका निकायले समयसापेक्ष अधुनिकीकरण गर्न आर्थिक तथा प्रविधिक सहयोग गर्नुपर्नेमा जोड दिँदै लुहारले संरक्षणको अभावमा परम्परागत पेसा संकटमा परेको बताए । दलित समुदायको परम्परागत पेसा हाम्रो धर्म, संस्कृति, कलासँग जोडिएको उल्लेख गर्दै उनले यसलाई आयआर्जनसँग जोडनुपर्ने बताए । 

दलित युवाहरूलाई परम्परागत पेसामा संलग्न गराउन बजारको मागअनुसारको सीप सिकाउनुपर्ने दलित अगुवा लक्ष्मण लुहारले बताए । व्यवसाय सञ्चालनका लागि अनुदानको व्यवस्थासँगै बैंक तथा वित्तीय संस्थाबाट बिनाधितो सहुलियत ब्याजमा ऋण उपलव्ध गराउने व्यवस्था गरिनुपर्ने उनको भनाइ छ ।

'धार्मिक जात्रासँगै विवाहलगायतका शुभकार्यमा दलित समुदायले पञ्चेबाजा बजाउने कार्य पुस्तौँदेखि गर्दै आएका छौँ,' गणेश विकले भने, 'यस पेसाबाट जीविका चलाउन सकिने अवस्था नभएपछि युवाहरूले पञ्चेबाजा बजाउन छाडदै गएका छन्, त्यो कार्य गैरदलित समुदायले गर्न थालेपछि पुर्खौदेखिको पेसा खोसिएको हो ।'

धातु र माटोका भाँडा बनाउने काम पुस्तौँदेखि दलित समुदायले गर्दै आए पनि हाल बजारमा बाह्य क्षेत्रबाट उद्योगमा निर्माण हुने भाँडाकुँडा सस्तो हुने भएकाले प्रतिस्पर्धा गर्न नसक्दा पेसा पलायन हुनुपर्ने बाध्यता भएको उनले बताए । 

परम्परागत पेसा व्यवसाय अपनाएकै कारण जातीय रूपमा विभेद हुने गरेको उनको भनाइ छ । कानुनी रूपमा जातीय विभेदलाई दण्डनीय बनाइए पनि समाजमा बर्चस्व भएका व्यक्तिका पक्षमा न्याय गरिँदा पीडितले थप पीडा खेप्नुपर्ने अवस्था रहेको उनले बताए । 

'सङ्कुचित सोचका कारण प्राविधिक शिक्षालयमा पढ्न टाढाबाट आउने दलित विद्यार्थीले डेरा पाउदैनन्,' अन्तराम ओडले भने, 'दलित समुदायका व्यक्तिले पशुपालन गरी उत्पादन गरेको दूध सरकारबाट अनुदान पाउने डेरीले खरिद गर्दैनन्, यस्तो अवस्थामा पुरानो पेसालाई जोगाउन निकै कठिन छ ।'

'दलित समुदायको पेसा व्यवसाय जोगाउन परम्परागत सीपमा परिमार्जन गरी उपभोक्ताको मागअनुसारका वस्तु उत्पादनमा जोड दिन तालिमको व्यवस्था गरिनुपर्छ,' बेलु नेपालीले भने, 'तीन तहको सरकारले अनुदान, सहुलियत ऋणको व्यवस्था गरी घरेलु, साना, मझौला उद्योगका रूपमा विकास गरी दलित समुदायका युवाहरूका लागि स्वदेशमै रोजगारीका अवसरको सृजना गरिनुपर्छ ।' परम्परागत पेसा व्यवसाय अपनाएका आधारमा जातीय रूपमा विभेद गर्नेलाई कानुनअनुसार कारबाहीको दायरामा ल्याउनुपर्ने उनले बताए । 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रिय सभामा तालमेलको गृहकार्य गरिरहेका कांग्रेस-एमाले प्रतिनिधिसभामा के गर्लान् ?

काठमाडौं । नेकपा एमालेका एक उपाध्यक्षले आगामी प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेससँग गठबन्धन हुन सक्ने आशयको अभिव्यक्ति दिएपछि फागुन २१ गतेको चुना...

विभाजनको बाटोतर्फ कांग्रेस

काठमाडौं । महाधिवेशन विषयमा शीर्षस्थ नेताबीच टक्कर बढ्दै जाँदा नेपाली कांग्रेस विभाजननजिक पुगेको छ । संस्थापनपक्षले महाधिवेशन रोक्ने र इतरसमूहले जसरी ...

निर्माणाधीन राजमार्गमा दुर्घटना बढे

झापा । निर्माणाधीन एसियाली राजमार्गको मेचीनगर–६ स्थित पालिया पुलमा बिहीबार राति मालवाहक ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ३३ वर्षीया लक्ष्मी सा...

विद्युत प्राधिकरणले माग्यो २६६ कर्मचारी (विज्ञापनसहित)

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले २६६ जना कर्मचारी भर्नाका लागि आवेदन खुलाएको छ। शुक्रबार विज्ञापन प्रकाशन गर्दै दसौंदेखि पाँचौं तहका विभिन्न पदहरू...

महामन्त्रीको कदमले कांग्रेसमा तरंग, केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ। शुक्रबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसम्पा...

महामन्त्रीले विशेष महाधिवेशनको कुरा उठाउनु उचित होइन : शेखर कोइराला

म पनि विशेष महाधिवेशन चाहन्छु, तर नियम र कार्यविधिअनुसार केन्द्रीय समितिले निर्णय गरोस्

चिसो बढेसँगै मुस्ताङका शैक्षिक संस्था दुई महिना बन्द

मुस्ताङ । हिउँदयाम मौसमसँगै अत्यधिक चिसोका कारण मुस्ताङका तीन गाउँपालिकामा सञ्चालित शैक्षिक संस्था दुई महिनाका लागि बन्द भएका छन् । यहाँस्थित माथिल्लो...

निर्वाचन : ६२ दिन बाँकी, सामग्री ढुवानीका लागि आवेदन दिन आयोगको आग्रह

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि अत्यावश्यक सामग्री ढुवानीका लागि सम्बद्ध पक्षलाई आग्रह गरेको छ । ...

तराईमा हुस्सुको प्रभाव- उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले तराई भू–भागका अधिकांश स्थानहरूमा आज दिउँसो हुस्सु तथा कुहिरो लाग्ने छ भने केही प्रदेशमा...

आर्थिक क्रियाकलाप अघिल्लो वर्षकोभन्दा सकारात्मक: राष्ट्र बैंक

काठमाडौँ। गत आर्थिक वर्षकोभन्दा चालु आव २०८२/८३ मा मुलुकको आर्थिक वृद्धिदर कमजोर हुने अनुमानकाबिच नेपाल राष्ट्र बैंकले यस वर्ष अघिल्लो वर्षकोभन्दा आर्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending