Ntc summer Offer
Khabar Dabali २१ कार्तिक २०८१ बुधबार | 6th November, 2024 Wed
Investment bank

माधवलाई असन्तुष्ट नेताहरूको पत्र- महाधिवेशनको म्यान्डेट विपरीतका कमिटी खारेज गरेर पार्टी विभाजन रोक्नुस्

खबरडबली संवाददाता

काठमाडौं । नेकपा एकीकृत समाजवादीका असन्तुष्ट नेताहरूले अध्यक्ष माधवनेपाललाई महाधिवेशनको म्यान्डेट विपरीतका सबै कामकारबाही खारेज गर्न माग गर्दै ज्ञापन पत्र बुझाएका छन् । 

नेताहरू जीवनराम श्रेष्ठ, विजय पौडेल, हरि पराजुली लगायत नेताहरूले पार्टी कार्यालयमा अध्यक्ष नेपाललाई भेटेर केन्द्रीय कमिटी, पोलिटब्युरो र पदाधिकारी खारेज गर्न माग गरेका हुन्। 

उनीहरुले पार्टी विभाजन रोक्नलाई यस्तो आग्रह गरेको जिकिर गरेका छन्। अध्यक्ष नेपाललाई बुझाएको ज्ञापनपत्रमा ३४४ सदस्यीय केन्द्रीय कमिटी, पदाधिकारी र पोलिटव्युरो कमिटी समेत अवैध रहेकाले खारेज गर्नुपर्ने उल्लेख छ ।

पत्रमा भनिएको छ, 'प्रस्तावित सदस्यहरुलाई समर्थन गर्ने नगर्ने अधिकार महाधिवेशन प्रतिनिधिमा अन्तर्निहित हुन्छ भन्ने हेक्का नराखी जुन प्रकारले २९९ जनाको केन्द्रीय कमिटी बनाउने भन्दै हलको म्यान्डेट विपरीत ३२२ जनाको केन्द्रीय कमिटी बनाइयो र राम्रा अनि योग्य भन्दा पनि आफ्ना बनाउने कार्य भयो। त्यसले तलको पङ्क्तिमा एक प्रकारको खैलाबैला मच्चाएको छ । ’

महाधिवेशनको सम्पूर्ण प्रक्रियामा विधि र प्रक्रियाको गम्भीर उल्लङ्घन भएको पनि ज्ञापनपत्रमा उल्लेख छ। 

त्यसका लागि महाधिवेशनको म्यान्डेट विपरीत गरिएका सबै काम कारबाही खारेज गर्नु पर्ने र पार्टीभित्र उत्पन्न परिस्थितिबारे गम्भीर समीक्षा गरी पार्टीको विकास र विस्तार गर्न तत्काल केन्द्रीय कमिटी बैठक बोलाउन पनि माग गरिएको छ ।

 

1

2

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चाडपर्वमा बागमती प्रदेशका १० जिल्लामा २४ जनाको मृत्यु

चितवन । बागमती प्रदेशमा पर्ने उपत्यकाका तीन जिल्लाबाहेकका जिल्लामा चाडपर्वका समयमा सवारी दुर्घटनामा परी २४ जनाको मृत्यु भएको छ । काठमाडौँ, भक्तपुर ...

विपक्षी तर्साउने र ‘भ्रष्ट’ जोगाउने खेलमा ओली सरकार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिसमेत रहेका पूर्वउपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा अनुसन्धान जारी छ ...

यो वर्ष तिहारमा बिके ५० करोडका फूल

काठमाडौं । यो वर्षको तिहारमा ५० करोड रुपैयाँ बराबर फूलको कारोबार भएको छ। सबैभन्दा बढी खपत काठमाडौं उपत्यकामा भएको छ । फ्लोरिकल्चर एसोसिएसनका अध्यक्...

विमानस्थलबाट ५ केजी सुनसहित तीन जना पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पाँच किलो सात सय ग्राम सुनसहित तीन जना पक्राउ परेका छन् ।  एयर अरेबियाको विमान चढेर शारजाहबाट काठम...

छठका लागि भारतबाट ५० लाखको केरा आयात

महोत्तरी । जिल्ला सदरमुकाम जलेश्वरमा छठपर्वमा बिक्री गर्ने उद्देश्यले व्यवसायीले भारतबाट रु ५० लाख बराबरका केरा भित्र्याएका छन्। आज जलेश्वरमा लाग्न...

अमेरिकी राष्ट्रपति चुनाव- प्रारम्भिक नतिजामा ट्रम्पको अग्रता

वासिङटन डिसी । अमेरिकामा राष्ट्रपतीय निर्वाचनका लागि जारी मतदान सकिन केही घण्टा मात्रै बाँकी छ । ५३८ इलेक्टोरल भोट अर्थात् ५० राज्यका सिटका लागि मं...

यसरी गरिदैँछ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको स्तरोन्नति

​काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआइए)को क्षमता अभिवृद्धि गरिँदैछ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले यही कात्तिक २३ गतेदेखि दैन...

प्रहरीको सेवाबाट निवृत्त भएपछि भुइँकटहर खेतीमा विष्ट, कमाउँछन् वार्षिक १५ लाखसम्म

धरान । बराहक्षेत्र नगरपालिका-६ का अर्जुन विष्टले २०७७ सालमा नेपाल प्रहरीको सेवाबाट निवृत्त भएपछि सुरुमा वैदेशिक रोजगारीमा जाने सोच बनाएका थिए । तर पछि...

स्थानीय तह उपनिर्वाचनः कति पदका लागि कहाँ-कहाँ हुँदैछ ?

मंसिर २ गते उम्मेदवारी दर्ता

बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु, दुईको अवस्था गम्भीर

भरतपुर । रत्ननगर नगरपालिका–२ सब्जिमण्डीस्थित पूर्वपश्चिम राजमार्गमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जनाको अवस्था गम्भीर छ ।  खै...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy