Ntc summer Offer
Khabar Dabali ३० आश्विन २०८१ बुधबार | 16th October, 2024 Wed
Investment bank

भारतमा आज पाँच विमानमा बमको धम्की

खबरडबली संवाददाता

काठमाडौं । भारतमा मंगलबार चारवटा विमानमा बमको धम्की दिइएको छ । जसमा दिल्लीबाट शिकागो गइरहेको एयर इन्डियाको विमानमा बम रहेको बताइएको छ । त्यसपछि उडान क्यानडातर्फ डाइभर्ट गरिएको छ । 

सामाजिक सञ्जाल एक्समार्फत मुम्बईबाट सुरु हुने तीनवटा र दिल्लीबाट आएको एउटा उडानमा बमको धम्की दिइएको थियो । त्यस्तै लन्डनबाट दिल्लीतर्फ आउदै गरेको विमानमा पनि बमको धम्की प्राप्त भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । 

त्यसपछि यात्रु र विमान चालक दलको ज्यान जोखिममा परेको थियो । धम्कीको सूचना पाएपछि सुरक्षा निकायलाई सतर्क गराइएको थियो । जयपुर-बैंगलोर एयर इण्डिया एक्सप्रेसमा बमको धम्की दिइएपछि यो विमान अयोध्यामा अवतरण गरी अनुसन्धान गरिएको थियो । यसबाहेक स्पाइसजेटको दरभंगा-मुम्बई उडानको सिलिगुडी-बैंगलोर उडानमा पनि बमको धम्की दिइएको थियो । सूचना प्राप्त हुँदासम्म यी दुवै विमान अवतरण भइसकेका थिए । दुवै विमानको सुरक्षा निकाय र प्रहरीले विमानस्थलमा चेकजाँच गरेका थिए । 

यसबाहेक दिल्लीबाट शिकागो गइरहेको एयर इन्डियाको विमान एआई १२७ मा पनि बमको धम्की दिइएको थियो । यो उडान शिकागोको लागि प्रस्थान गरेको थियो । सूचना पाएपछि विमानलाई क्यानडाको एकमात्र विमानस्थलतर्फ मोडिएको थियो । एयर इन्डियाका अनुसार विमान र यात्रुको सुरक्षा जाँच गरिएको बताइएको छ । विमानस्थलमा सुरक्षा निकायलाई सचेत गराइएको छ । कुनै पनि विमानमा बम नभेटिएको बताइएको छ । 

यस अघि सोमबार मुम्बईबाट न्यूयोर्क जाँदै गरेको एयर इन्डियाको विमानमा बमको धम्की आएको बताइएको थियो । जसलाई दिल्लीमा अवतरण गराइएको थियो । सुरक्षा जाँचका क्रममा यहाँ कुनै पनि शंकास्पद वस्तु फेला परेको थिएन । 

अधिकारीहरुका अनुसार पछिल्लो समय एयर इन्डिया लगायत धेरै स्थानीय एयरलाइन्सलाई बमको धम्की आइरहेको छ र ती सबै धम्की झुटो भएको पाइएको छ । प्रहरीले सामाजिक सञ्जालमा पोष्ट गरेर आइरहेका यस्ता धम्कीप्रति अनुसन्धान गरिरहेको बताएको छ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मुस्ताङमा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मुस्ताङ । मुस्ताङमा आज साँझ सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा गोरखा आरुघाट गाउँपालिका वडा नं ९ आरुचनौटेका ३२ वर्षीय सञ्जय खड्...

भक्तपुरबाट तीन राउण्ड गोली र पेस्तोलसहित एकजना पक्राउ

भक्तपुर । जिल्ला प्रहरी परिसर भक्तपुरले लोड गरिएको तीन राउण्ड गोली र एक थान पेस्तोलसहित मंगलबार एक जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा काभ्रेपल...

प्रतिकूल मौसमका कारण लुक्लामा दुई दिनदेखि उडान ठप्प

सोलुखुम्बु । प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल लुक्लामा दुई दिनदेखि उडान ठप्प छ ।  मौसममा आएको परिवर्तनका कारण सोमबारबाट क...

एमालेप्रति विश्वप्रकाशको टिप्पणी:कांग्रेसले बनाएको कार्यालयप्रति सबै सदस्यको मन जोडिएको छ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेले भाटभटेनीका संचालक मीन बहादुर गुरुङको सहयोगमा उनको जमिनमा पार्टी कार्यलय बनाउ...

स्वास्थ्यमन्त्री पौडेलद्वारा बालबालिकाको क्यान्सर रोक्न निःशुल्क खोप माग

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले विश्वव्यापी खोप अलाएन्स गाभीका कार्यकारी अधिकृत सानिया निस्तारसँग भेट गरेका छन् ।  भेटमा उ...

भारतमा आज पाँच विमानमा बमको धम्की

काठमाडौं । भारतमा मंगलबार चारवटा विमानमा बमको धम्की दिइएको छ । जसमा दिल्लीबाट शिकागो गइरहेको एयर इन्डियाको विमानमा बम रहेको बताइएको छ । त्यसपछि उडान क...

नेपालद्वारा शान्ति सेनामाथि लेबनानमा भएको इजरायली आक्रमणको निन्दा

काठमाडौं । नेपालले शान्ति सैनिकमाथि लेबनानमा भएको इजरायली आक्रमणको कडा निन्दा गरेको छ । नेपालसहित राष्ट्रसङ्घीय शान्ति मिसनमा संलग्न ३४ देशले सोमबार स...

तीन सय ८६ जनामा स्क्रब टाइफस

चितवन । यहाँ विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये तीन सय ८६ जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको छ । साउनयता दुई हजार १४४ जनाको परीक्षणका ...

भदौ महिनामा भित्रियो दुई खर्ब ६३ अर्ब विप्रेषण

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को भदौ महिनामा रु दुई खर्ब ६३ अर्ब १४ करोड विप्रेषण भित्रिएको छ । समीक्षा अवधिमा विप्रेषण आप्रवाह १५ दशमलव दुई प्र...

एम्बाप्पेमाथि स्विडेनमा बलात्कारको आरोप !

काठमाडौं । रियल म्याड्रिडका फ्रेन्च स्ट्राइकर किलीयन एम्बाप्पेमाथि बलात्कारको आरोप लागेको छ ।  रिपोर्टका अनुसार हालै स्विडेन पुगेका एम्बाप्पेमाथि स...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy