महोत्तरी । धर्मका नाममा हुने संस्कार असत्य भएको अभियान चलाईरहेको भौतिकवादी समाजले महोत्तरीमा प्रथम भेला सम्पन्न गरेका छ ।
विज्ञान नै सत्य हो भन्ने निष्कर्ष सहित गठन भएको भौतिकवादी समाज केन्द्रिय समितिले महोत्तरीमा सनिवार प्रथम भेला सम्पन्न गरेको हो । भेलाले उपेन्द्र भगतको अध्यक्षतामा ११ सदस्य रहनेगरी जिल्ला आयोजक समिती निर्माण गरेको छ् ।
जसमध्ये उपाध्यक्षमा लाल वहादुर बिस्वकर्मा, सचिवमा भिम कुमार राउत, कोषाध्यक्षमा बुद्धिमाया बिस्वकर्मा, सदस्यहरुमा विशाल बस्नेत, गंगा सापकोटा, अनिशलाल दास र निरोज अधिकारी९ओसन० रहेका छन । त्यसैगरी सल्लाहकारमा मदन प्रभात, शंकर महतो र सावित्री मिश्र निर्वाचित भएको भौतिकवादी समाजले जनाएको छ ।
भौतिकवादी समाज कुनैपनी कम्युनिष्ट पार्टीको भातृ संगठन नभएको वताउदै समाजका केन्द्रिय सदस्य रोशन जनकपुरीले यो नितान्त भौतिकवादीहरुको साझा संगठन भएको वताए । ञअन्धविश्वास, रुढीबादी र पाखण्डले समाज क्षयिकरण भएको दावी गर्दै समाजका केन्द्रिय अध्यक्ष बैधनाथ श्रमजीवीले वैज्ञानिक विचारले ओतप्रोत समाज निर्माण गर्नु पर्नेमा जोड दिए ।
राज्यद्वारा लामो समयदेखि अन्धविश्वासहरु सक्तिको आडमा लाद्ने काम भएको हुनाले सिङ्गो समाज नै मनोरोगी भएको धारणा राख्दै अध्यक्ष श्रमजीवीले भने 'मनोरोगीहरुको उपचार गरेर पकृतिमैत्री तथा विवेकशील समाज निर्माणमा भौतिकवादी समाज लागिरहेको छ ।'
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र ६ गते, २०८२ - १४:५९
ललितपुर। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक जारी छ। ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बैठक बसेको हो । बैठक...
चैत्र ६ गते, २०८२ - १४:५५
काठमाडौं । सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा युनाइटेड अरब इमिरेट्स (यूएई) मा हालसम्म ७ नेपाली पक्राउ परेका छन्। इजरायल–अमेरिका र इरानबीच जा...
चैत्र ६ गते, २०८२ - १४:४८
घोराही । मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार आज लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा तीव्र हावाहुरी चलेको छ। बाँके, दाङ, कपिलवस्तु, रुपन्देही लगायतक...
चैत्र ६ गते, २०८२ - १४:४०
भक्तपुर। महान्यायाधिवक्ता सविता भण्डारीले महिला उच्च पदमा पुग्दा महिलाबाटै विरोध हुने गरेको भन्दै त्यसको सट्टा एक–अर्काको पक्षमा वकालत गर्ने संस्कार ब...
चैत्र ६ गते, २०८२ - १४:२७
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान र संकलित प्रमाणको प्रतिकूल बकपत्र गरेको अभियोगमा सरकारी साक्षी टकबहादुर घर्तीविरुद्ध विशेष अदालतमा आ...
चैत्र ६ गते, २०८२ - १४:०९
ललितपुर। नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आजदेखि सुरु भएको छ। ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बैठक सुरु भ...
चैत्र ६ गते, २०८२ - १४:००
काठमाडौं। अर्जुननरसिंह केसीले नेपाली कांग्रेस को संसदीय दलको नेतामा आफ्नो दाबी रहने बताएका छन्। शुक्रबार पार्टीको केन्द्रीय कार्यसमिति बैठकका लागि ...
चैत्र ६ गते, २०८२ - १३:४६
काठमाडौँ । फागुन २१ गते सम्पन्न निर्वाचनबाट गठन भएको संघीय संसद्को पहिलो अधिवेशन वर्तमान सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले आह्वान गर्ने भएको छ। ...
चैत्र ६ गते, २०८२ - १३:१२
जनकपुरधाम। प्रधानमन्त्री सुशीला कार्कीले आफ्ना श्रीमानका साथ हिन्दूहरूको आस्थाको केन्द्र जनकपुरधामस्थित जानकी मन्दिरमा शुक्रबार पूजाअर्चना गरेको छिन् ...
चैत्र ६ गते, २०८२ - १२:४६
काठमाडौँ । सुर्खेतको वीरेन्द्रनगरकी १६ वर्षीया इनिसा विकमाथि सामूहिक बलात्कारपछि हत्या गरिएको घटनामा संलग्न दोषीमाथि कडा कारबाही गर्न माग गर्दै काठमाड...


प्रतिकृया लेख्नुहोस्: