Ntc summer Offer
Khabar Dabali २० आश्विन २०८१ आईतवार | 6th October, 2024 Sun
Investment bank

३२ औँ प्रधानन्यायाधीशको रूपमा राउतले न्यायालय सम्हाल्दै

दिउँसो शपथ र पदबहाली

खबरडबली संवाददाता

काठमाडौँ । सर्वोच्च अदालतको ३२ औँ प्रधानन्यायाधीशको रूपमा प्रकाशमान सिंह राउतले आज ९आइतबार० शपथ खाँदै छन्।  राष्ट्रपति भवनमा दिउँसो १ः३० बजे प्रधानन्यायाधीशको शपथ समारोह आयोजना गरी  उनलाई शपथ खुवाउन लागिएको हो । 

शीतलनिवास स्रोतका अनुसार यसअघिका प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले असोज १९ गते देखि अवकाशको बिदाइ लिएकाले राउतलाई आज शपथ गराउँदै नियुक्ति दिन लागिएको हो । 

शपथपछि आजै पदभार ग्रहणका लागि सर्वोच्च अदालतले  प्रशासनले थालेको छ । नयाँ प्रधान न्यायाधीश राउतलाई वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लले स्वागत गर्ने छिन् । संवैधानिक परिषद्ले वरिष्ठतम् न्यायाधीश राउतलाई प्रधानन्यायाधीश नियुक्त गर्न गत भदौ ३१ गते सिफारिस गरेको थियो।

असोज १६ गते उनी संसदीय सुनुवाइबाट सर्वसम्मत अनुमोदन भएका थिए। राउतले अब २०८२ चैत १७ गतेसम्म न्यायालयको नेतृत्व गर्नेछन्।  सर्वोच्च अदालतसहित देशभरका अदालत भने  घटस्थापनाकै दिनदेखि दसैँ बिदा लागू भएको छ। 

सर्वोच्च अदालत र विभिन्न अदालतमा बन्दी प्रत्यक्षीकरण सुनुवाइका लागि भने खुल्ला राखिएको छ।  यसका लागि न्यायाधीश र कर्मचारीको पालो मिलाइएको छ।

 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

५६ अङ्कले बढ्यो शेयर बजार, ६ अर्बको कारोबार

काठमाडाैं  । नेपाल स्टक एक्सचेन्ज(नेप्से) उच्च अङ्कले घटेको छ । साताको पहिलो कारोबारका दिन नेप्से परिसूचक ५६.०९ अङ्कले बढेर २६५३.५८ को विन्दुमा अडिएको...

नक्कली नोट सहित दुई जना पक्राउ

रौतहट । चन्द्रपुर नगरपालिका-१० स्थित सडकबाट नेपाली एक हजार दरका ४७ थान नक्कली नोट सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूम...

लागूऔषधसहित ११ जना पक्राउ

दाङ । दाङको घोराही उपमहानगरपालिका-१५ भरतपुरस्थित सडकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ६ सय ३० मिलिग्राम, मोबाइल २ थान र नगद ३१ ह...

खाद्यले बेच्न थाल्यो खसी र च्याङ्ग्रा

काठमाडौं । खाद्य व्यवस्था कम्पनीले आइतबारदेखि दशैं लक्षित खसी र च्याङग्रा बेच्न सुरु गरेको छ । आइतबार बिहान ८ बजेदेखि बिक्री सुरु गरेको कम्पनीले जनाएक...

बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या २४४ पुग्यो

काठमाडौँ ।  बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या २४४ पुगेको छ भने आझै १९ जना अझै बेपत्ता रहेका छन् ।  गृह मन्त्रालयका अनुसार बाढी पहिरोबाट १७९ जना...

हरियो सिङ भएका खसीबोका खरिद गर्न सुझाव

काठमाडौं । काठमाडौं उपत्यकामा खसीबोका पश्चिम तराई र आसपासका  सल्यान, सुर्खेत, रुकुम, रोल्पा, गुल्मी, अर्घाखाँचीबाट भित्रने क्रम सुरु भएको छ । चौपाय...

भकुण्डे–तेमाल मेच्छेपौवा बाटो खुल्यो, बिपी राजमार्गमा रोकिएका सवारी साधन गन्तव्यतर्फ जाँदै

बनेपा । बाढीपहिरोका कारण अवरुद्ध भएको भकुण्डे–कानपुर–कोटतेमाल–पोखरी नारायणस्थान–मेच्छेपौवा सडक आजदेखि खुलेको छ । बाटो खुलेसँगै यातायातका साधन पनि सञ्च...

हवाई यात्रा बिस्तारै सहज हुँदैछ, थप व्यवस्थित बनाउँछौँः पर्यटनमन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेले आन्तरिक हवाई उडान सहज बनाउने गरी सरकारले काम गरिरहेको बताएका छन् । उनले प...

‘दिदी घर’ बन्यो सहाराविहीन बालबालिकाको आश्रयस्थल

दाङ । तुलसीपुर उपमहानगरपालिकाका उपप्रमुख स्यानी चौधरीले २०७३ सालदेखि सञ्चालन गरेको ‘दिदीघर’ सहाराविहीन बालबालिकाको आश्रयस्थल बनेको छ, जहाँ   २१ जना बे...

वडा कार्यालयबाट नुन वितरण भएपछि स्थानीयलाई सहज

जुम्ला ।  जिल्लाका स्थानीय तहले वडाबाट अनुदानको नुन वितरण गरेपछि जुम्लाका नागरिकलाई सहज भएको छ । यो सुविधा वडाबाट प्राप्त भएपछि  पाँच केजीको नुन खरिद ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy