ओखलढुङ्गा । ओखलढुङ्गाको दुई वटा स्थानीय तहलाई सरकारले विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको छ । जिल्लाको चम्पादेवी र सुनकोशी गाउँपालिकालाई सङ्कटग्रस्त क्षेत्र घोषणा गरिएको हो ।
सरकारले बाढी पहिरो प्रभावित देशका ४१ वटा स्थानीय तहलाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेकोमा ओखलढुङ्गाका यी दुई पालिका सूचीमा परेका हुन्। बाढी पहिरोबाट बढी प्रभावित चम्पादेवी र सुनकोशी गाउँपालिकालाई तीन महिनाका लागि विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा भएको ओखलढुङ्गाका प्रमुख जिल्ला अधिकारी एवम् जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक डा। नारायण ढकालले बताए।
गत असोज १० गतेदेखि १३ गतेसम्मको भारी वर्षातका कारण सुनकोशी नदीमा आएको बाढीले चम्पादेवी गाउँपालिकाको एउटै वडामा ४२ घर डुबामा परेका थिए । सुनकोशी गाउँपालिकाको वडा नम्बर १, २ र ४ मा ५०० रोपनी भन्दा बढी धान खेत बाढीले डुबान तथा बगाउँदा हजारौं मुरी पाक्न लागेको धानबाली नष्ट भएको छ । दुई घर बगाउनुका साथै एक दर्जन घरमा क्षति पुगेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ ।
बाढीले ओखलढुङ्गासँग जोडिएका दुई वटा झोलुङ्गे पुल बगाउनुका साथै तीन वटालाई क्षति गरेको छ । सम्बन्धित पालिका र सरोकारवाला निकायको सिफारिस र ताकेताका आधारमा यी दुई पालिका विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा भएको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिए। विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा भएसँगै राहत वितरण र पुन:स्थापनामा महत्वपूर्ण सहयोग पुग्ने बताइएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
बैशाख २७ गते, २०८३ - १२:१८
घोराही। दाङको देउखुरीमा फोर्स गाडी दुर्घटना हुँदा चार जना घाइते भएका छन् । घोराहीबाट प्युठानको बाहानेतर्फ जाँदैगरेको लु. २ ख.६०२९ नम्बरको फोर्स गाडी म...
बैशाख २७ गते, २०८३ - १२:१४
जनकपुरधाम। धनुषामा दुई बस एकआपसमा ठोक्किँदा १७ जना यात्रु घाइते भएका छन् । आइतबार बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत धनुषाको मिथिला नगरपालिका–९ स्...
बैशाख २७ गते, २०८३ - १२:०६
काठमाडौं। आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट निर्माण प्रक्रियामा नागरिक सहभागिता बढाउन सरकारले सञ्चालन गरेको ‘सुझाव संकलन पोर्टल’मा शिक्षा, ...
बैशाख २७ गते, २०८३ - ११:३१
काठमाडौं । काठमाडौं उपत्यकामा पटक(पटक ट्राफिक नियम उल्लङ्घन गर्ने ३१ जना चालकको सवारीचालक अनुमतिपत्र ९लाइसेन्स० निलम्बनका लागि सिफारिस गरिएको छ। का...
बैशाख २७ गते, २०८३ - ११:१५
काठमाडौँ । गत शुक्रबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव आएको छ । सुन तोलामा रु एक हजारले घटेको छ भने चाँदीको मोल भने रु...
बैशाख २७ गते, २०८३ - ११:००
भक्तपुर। राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत कक्षा १० परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ को नतिजा एसएमएस, आईभीआर तथा वेबसाइट...
बैशाख २७ गते, २०८३ - १०:५४
हुम्ला। वर्षेनी ठुलो मात्रामा चीनको ताक्लाकोटबाट हिल्सा नाका हुँदै हुम्ला भित्रिने चिनियाँ मदिरा यस वर्ष नेपाल भित्रिन नदिने सहमति भएको छ । नेपाली सुर...
बैशाख २६ गते, २०८३ - १७:४१
काठमाडौं । कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्लले विधि र वैधानिक परम्परालाई कमजोर बनाउने स्वार्थ प्रेरित गतिविधिले निरंकुशताको संकेत दिने बताए...
बैशाख २६ गते, २०८३ - १७:२३
काठमाडौँ । नेकपा एमाले संसदीय दलको बैठकले दलको साङ्गठनिक संरचनालाई पूर्णता दिँदै २१ सदस्यीय ‘संसदीय बोर्ड’ गठन गरेको छ । शनिवार सिंहदरबारस्थित संसद...
बैशाख २६ गते, २०८३ - १७:११
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीका आधिकारिक सदस्यले रूखबाहेक अन्य चुनाव चिन्हमा मतदान गर्न नपाइने बताएका छन्। कैलालीको धनगढीमा...


प्रतिकृया लेख्नुहोस्: