Ntc summer Offer
Khabar Dabali २० आश्विन २०८१ आईतवार | 6th October, 2024 Sun
Investment bank

सिन्धुलीमा ३९१ घरपरिवारले पाए राहत सामग्री

खबरडबली संवाददाता

सिन्धुलीमाढी। सिन्धुली जिल्लामा आइतबारसम्म हालैको बाढीपहिरोबाट प्रभावित ३९१  घर परिवारले राहत सामग्री पाएका छन्।

ती मध्ये आइतबार मात्रै खुर्कोटमा सुनकोसी नदी बाढी प्रभावित गोलन्जोर गाउँपालिका–७ खुर्कोटका १७७ घरपरिवारलाई राहत सामग्री वितरण गरिएको छ। ती मध्ये ९६ घर परिवारले यसअघि नै पहिलो चरणको राहत सामग्री पाइसकेको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ। 

सहायक प्रमुख जिल्ला अधिकारी तथा राहत वितरण कार्यदल सिन्धुलीका संयोजक कृष्णमणि फुयालका अनुसार हालसम्म सुनकोसी नदी, बागमती नदी र रोसीखोलामा आएको बाढी तथा विभिन्न ठाउँमा गएको पहिरोबाट प्रभावित ३९१ घरपरिवारलाई राहत सामग्री उपलब्ध गराइएको हो। 

गोलन्जोर गाँउपालिकाका १७७, सुनकोसी गाउँपालिकाका २०३ र हरिहरपुरगढी गाउँपालिकाका ११ घरपरिवारले उक्त सामग्री पाएका छन्। असोज ११ र १२ गतेको अबिरल वर्षापछि बाढीपहिरो प्रभावित परिवारलाई सम्बन्धित पालिका तथा वडामा नै गएर राहत सामग्री वितरण हुँदै आएको उनले जानकारी दिए। 

सुनकोसी नदीको बाढीबाट सुनकोसी र गोलन्जोर गाउँपालिका तथा बागमती नदीको बाढीबाट हरिहरपुरगढी गाउँपालिकाका बासिन्दा प्रभावित भएका थिए। एकद्वार प्रणाली मार्फत जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा बाढीपहिरोबाट बढी  पीडित घर परिवारलाई राहत सामग्री वितरण गरिएको प्रमुख जिल्ला अधिकारी लिलाप्रसाद शर्माले जानकारी दिए। 

बाढीपहिरो पीडित परिवारलाई जिल्ला रेडक्रस शाखाले गैरखाद्य सामग्री र साझेदार संस्था(विभिन्न सामाजिक सङ्घ, सस्था)ले खाद्य सामग्री उपलब्ध गराएको छ।  

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रधानमन्त्रीलाई काँग्रेसको ध्यानाकर्षणसहित उद्धार कोषमा ५० लाख हस्तान्तरण

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवासहितको टोलीले हालैको प्राकृतिक विपद्पछिको अव...

यी हुन् मन्त्रिपरिषद् बैठकका २१ निर्णय (सूचीसहित)

काठमाडौं। सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । आइतबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अस...

अर्थ मन्त्रालयद्वारा राहत र पुनर्निर्माणलाई व्यवस्थित बनाउन स्रोत व्यवस्थापनको गृहकार्य सुरु

काठमाडौं । अर्थ मन्त्रालयले बाढी पहिरोले गर्दा अर्थतन्त्रमा परेको प्रभाव र स्रोतको व्यवस्थापनबारे गृहकार्य सुरु गरेको छ । अर्थ मन्त्रालय उच्च व्यवस...

सिन्धुलीमा ३९१ घरपरिवारले पाए राहत सामग्री

सिन्धुलीमाढी। सिन्धुली जिल्लामा आइतबारसम्म हालैको बाढीपहिरोबाट प्रभावित ३९१  घर परिवारले राहत सामग्री पाएका छन्। ती मध्ये आइतबार मात्रै खुर्कोटमा स...

पशुपतिस्थित धर्मशालाको व्यबस्थापन कोषले नै गर्ने निर्णय

काठमाडौं । लामो समयदेखि मारबाडी सेवा समिति नेपालले सस्तोमा भाडामा लिएर एकलौटी रुपमा मनोमानी सञ्चालन गर्दै आएको आरोप लागेको पशुपति क्षेत्रमा रहेको धर्म...

राष्ट्रपतिसमक्ष प्रधान न्यायाधीश राउतद्वारा शपथ

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतलाई पद तथा गोपनीयताको शपथ गराएको छन् । राष्ट्रपति भवन शीतल निवासमा...

चन्द्रपुरबाट नक्कली नोट सहित दुई जना पक्राउ

रौतहट । चन्द्रपुर नगरपालिका-१० स्थित सडकबाट नेपाली एक हजार दरका ४७ थान नक्कली नोट सहित २ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूम...

सुनको कोटा बढाउन सरकार तयार छ : मन्त्री भण्डारी

काठमाडौँ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले दैनिक आयात गरिने सुनको कोटा बढाउन सरकार तयार रहेको बताएको छन् । नेपाल रत्न तथा आभूषण सङ्...

सातै प्रदेशमा अटिजम बालबालिकाका अभिभावकलाई तालिम केन्द्र विकास गर्ने तयारी

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले काठमाडौंको थापाथलीस्थित परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालमा नवजात शिशुको वंशाणुगत रोगजन्य...

राप्रपा महामन्त्री राणालाई गिजाको क्यान्सर

बाँके। राष्ट्रिय प्रजातान्त्र पार्टीका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य डा। धवलशम्शेर राणालाई क्यान्सर भएको पुष्टि भएको छ । भारतको मुम्बईमा उपचारको क...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy