Ntc summer Offer
Khabar Dabali २० आश्विन २०८१ आईतवार | 6th October, 2024 Sun
Investment bank

गैरआवासीय नेपाली संघद्वारा १२० परिवारलाई राहत प्रदान

खबरडबली संवाददाता

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले काठमाडौंको दक्षिणकाली नगरपालिका र मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित सिस्नेरीमा बाढी, डुबान तथा पहिरोबाट प्रभावित १ सय २० परिवारलाई राहत वितरण गरेको छ । 

अध्यक्ष डा बद्री केसीको नेतृत्वमा संघको टोलीले सो राहत वितरण गरेको जानकारी संघले दिएको छ । बाढी, डुबान तथा पहिरोका कारण प्रभावितलाई संघको तर्फबाट दक्षिणकालीका ५० परिवार र इन्द्रसरोवर गाउँपालिका, सिस्नेरीका ७० परिवारलाई खाद्य सामग्री, लत्ताकपडा, कम्बल, म्याट्रेस, त्रिपाल, सोलार बत्ती, हाइजिन किटलगायतका सामग्रीहरु वितरण गरिएको हो । स्थानीय तहसँग समन्वय पश्चात दुवै जिल्लाका अति प्रभावित स्थानमा राहत वितरण गरिएको हो । 

यसअघि संघले अविरल वर्षापछि आएको बाढी, डुबान तथा पहिरो प्रभावितका लागि एक करोड सहयोग गर्ने घोषणा गरेको थियो । जसअनुसार आज पहिलो चरणमा दक्षिणकाली नगरपालिका र मकवानपुरको इन्द्रसरोवर गाउँपालिका, सिस्नेरीमा राहत वितरण गरिएको हो । यस्तै सोमबार काभ्रेको पनौती नगरपालिका र बुधबार ललितपुर ठोस्नेखोलामा  राहत वितरण गर्ने तयारी पूरा भएको छ । 

संघले तराईका विभिन्न जिल्लामा पनि राहत वितरणका लागि स्थानीय तहसँग समन्वय गरिरहेको छ । यस्तै, प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा समेत संघले आर्थिक सहयोग गर्ने निर्णय भइसकेको छ । सिस्नेरीमा सम्पन्न राहत पूर्व मन्त्री डीला संग्रौला, एमाले सांसद महेस बर्तौलालगायतले राहत वितरण गरेका थिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चार सय पोस्ट ग्रयाजुएट विद्यार्थी कोटा थप्ने गरी न्याम्समार्फत शिक्षक दरबन्दी थपिँदै

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले प्रतिष्ठानअन्र्तगतका सरकारी मेडिकल तथा नर्सिङ कलेजमा पोस्ट ग्रयाजुएट चिकित्सक तथा नर्स अ...

प्रधानमन्त्री ओलीलाई माओवादी केन्द्रको ध्यानाकर्षण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपा (माओवादी केन्द्र) ले बाढी, पहिरो, डुबानका कारण उत्पन्न जोखिमलाई न्यूनीकरण र घटनालगत्तै खोज, उद्धार र ...

राप्तीसोनारीमा वर्षाले धानबालीमा क्षति

बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिकामा गएराति परेको अविरल वर्षाले भित्राउने बेलाको धानबालीमा क्षति पुर्‍याएको छ । यसअघि हावाहुरीले ढालेको धान काटेर...

आइएमइ ग्रुपबाट उद्धार कोषमा पाँच करोड हस्तान्तरण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि ग्लोबल आइएमइ बैङ्क, आइएमइ ग्रुप र आबद्ध कम्पनीका तर्फबाट  पाँच ...

बाढीमा परी मृत्यु भएकाका परिवारलाई राहत रकम प्रदान

बरहथवा । बाढी तथा डुबानमा परेर ज्यान गुमाएका सर्लाहीको बलरा नगरपालिकाका दुई परिवारलाई राहत रकम हस्तान्तरण गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिका स...

एनपीएलमा आरिफ र अविनास सुदूरपश्चिमबाट खेल्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) का लागि नेपाली राष्ट्रिय क्रिकेट टिमका ब्याट्सम्यान आरिफ शेख सुदूरपश्चिम रोयल्समा आवद्ध भएका छन् । आइतबार भएको ...

हेलिकोप्टर प्रयोग गरेर भए पनि राहत वितरणलाई प्रभावकारी बनाउन गृहमन्त्रीको निर्देशन

काठमाडाैं । गृहमन्त्री रमेश लेखकले खोज, उद्धार र राहत वितरणलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् । जिल्ला प्रशासन कार्यालय, ललितपुरमा आइतबार बसेको ज...

लेबनान र इजरायलका नेपालीलाई आवश्यक सहयोग गर्न परराष्ट्रमन्त्रीकाे निर्देशन

काठमाडाैं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इजरायल र लेबनानमा रहेका नेपालीहरुको अवस्थाबारे जानकारी लिएर ‘अपडेट’ भइरहन त्यहाँस्थित नेपाली दूतावा...

नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रिज जडान कार्य सुरु

काठमाडाैं । नेपाली सेनाले सुनकोशी नदीमा बेलिब्रिज जडान कार्य सुरु गरेको छ ।  सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ खुर्कोट र रामेछापको मन्थली नगरपालिका–...

गाजास्थित मस्जिदमा भएको इजरायली आक्रमणमा २१ जनाको मृत्यु

गाजा । गाजाको नागरिक सुरक्षा निकायले आइतबार मध्य देइर अल–बालाहमा रहेका एक मस्जिद परिसरमा भएको इजरायली आक्रमणमा २१ जनाको मृत्यु भएको जनाएको छ ।  मस्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy