Ntc summer Offer
Khabar Dabali २० आश्विन २०८१ आईतवार | 6th October, 2024 Sun
Investment bank

लेबनान र इजरायलका नेपालीलाई आवश्यक सहयोग गर्न परराष्ट्रमन्त्रीकाे निर्देशन

खबरडबली संवाददाता

काठमाडाैं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इजरायल र लेबनानमा रहेका नेपालीहरुको अवस्थाबारे जानकारी लिएर ‘अपडेट’ भइरहन त्यहाँस्थित नेपाली दूतावासहरुलाई निर्देशन दिएकी छिन् । ती देशमा अवस्थित नेपाली राजदूतहरुसँग आइतबार मन्त्रालयबाट भर्चुअल बैठक गरी उनले इजरायल र लेबनानमा विकसित पछिल्लो परिस्थितिका बारेमा जानकारी लिएकी थिइन् ।

बैठकमा मन्त्री डा राणाले पछिल्लो समयमा विशेषगरी लेबनानमा विकसित परिस्थितिका कारण त्यहाँ रहेका नेपालीको अवस्थाबारे नेपालमा चिन्ता बढिरहेकाले उनीहरु र उनीहरुका परिवारको सम्पर्कमा रहेर आवश्यक सहयोग गर्न निर्देशन दिइन् । मन्त्री डा राणाले भनिन्, ‘कुनै पनि प्रकारले त्यहाँ रहेका सबै नेपालीहरुको सम्पर्कमा पुग्ने प्रयास गर्नु, कोही तत्कालै स्वदेश फर्कनका लागि सहयोग चाहनुहुन्छ भने त्यसका लागि समन्वय गर्नु र यदि त्यहाँबाट नेपाली नागरिकको उद्धार गरेर स्वदेश ल्याउनुपर्ने अवस्था आउनसक्छ भने त्यसका लागि पनि आवश्यक गृहकार्य गर्नु ।’

मन्त्री डा राणाले सम्बन्धित देशका दूतावासहरुलाई सूचना जारी गरी सम्पर्क व्यक्ति तोक्न र आवश्यकताअनुसारका ‘हेल्पडेस्क’ स्थापना गरेर समस्यामा परेका नेपालीलाई आवश्यक सहायता र समन्वय प्रदान गर्न निर्देशन दिएकी थिइन् । इजिप्टका लागि नेपाली राजदूत सुशील लम्सालले लेबनानको पछिल्लो अवस्थाको जानकारी गराउँदै त्यहाँ रहेका नेपालीहरुलाई अहिले नै त्यस्तो कुनै समस्या नरहेको बताए । 

त्यहाँ हाल करिब एक हजार दुई सय नेपाली रहेका अनुमान गरिएको र अधिकांश घरायसी काममा रहेका जानकारी दिँदै दूतावासले जारी गरेको सूचनाका आधारमा तीनजना मात्र सम्पर्कमा आएका र उनीहरु पनि बेरुतमा सुरक्षित रहेको जानकारी दिएको लम्सालले बताए । हाल कुनै पनि नेपालीले आफूलाई समस्या परेको भनी जानकारी नगरेका, तर नेपालमा रहेका आफन्तहरु बढी चिन्तित भएका उनले बताए । 

इजरायलका लागि नेपाली कार्यवाहक राजदूत कुमार श्रेष्ठले इजरायलको अवस्था सामान्य रहेको र त्यहाँ रहेका करिब चार हजार पाँच सय नेपाली सुरक्षित रहेका बताए । सो अवसरमा पाकिस्तानका लागि नेपाली राजदूत तापस अधिकारीले इरानको पछिल्लो अवस्थाबारे जानकारी दिएका थिए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै स्थान हुँदै मनसुन बाहिरियो

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम र कर्णालीका धेरै भू-भाग हुँदै मनसुन बाहिरिएको छ ।  महाशाखाले आ...

बाढीपहिरो पीडितलाई ड्रोनमार्फत राहत

बनेपा । बाढीपहिरोका कारण सडक अवरुद्ध भई खाद्यान्नलगायतको समस्या देखिएपछि काभ्रेपलाञ्चोकको पनौती नगरपालिका –१२ मगर गाउँमा ड्रोनमार्फत राहत पठाइएको छ । ...

पहिरोले पुरिएर मृत्यु भएका खेलाडीको परिवारलाई एन्फाले आठ लाख दिने

काठमाडौं । मकवानपुरको इन्द्रसरोबर गाउँपालिकामा पहिरोले पुरिएर मृत्यु भएका एन्फा एकेडेमीका ६ खेलाडीका परिवारलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले प्रतिप...

जारी आइसीसी महिला टी-२० विश्वकपमा भारतले पाकिस्तानलाई हरायो

काठमाडौँ । जारी आइसीसी महिला टी-२० क्रिकेट विश्वकपमा भारतले पाकिस्तानलाई पराजित गरेको छ । आइतबार सम्पन्न खेलमा भारतले पाकिस्तानलाई ६ विकेटले पराजित गर...

एनपीएल अक्सन: अर्जुन कुमाललाई सुदूरपश्चिमले किन्यो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) का लागि नेपाली राष्ट्रिय यू-१९ क्रिकेट टिमका अर्जुन कुमाल सुदूरपश्चिम रोयल्समा आवद्ध भएका छन् ।  आइतबार भएको...

चार सय पोस्ट ग्रयाजुएट विद्यार्थी कोटा थप्ने गरी न्याम्समार्फत शिक्षक दरबन्दी थपिँदै

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले प्रतिष्ठानअन्र्तगतका सरकारी मेडिकल तथा नर्सिङ कलेजमा पोस्ट ग्रयाजुएट चिकित्सक तथा नर्स अ...

प्रधानमन्त्री ओलीलाई माओवादी केन्द्रको ध्यानाकर्षण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपा (माओवादी केन्द्र) ले बाढी, पहिरो, डुबानका कारण उत्पन्न जोखिमलाई न्यूनीकरण र घटनालगत्तै खोज, उद्धार र ...

राप्तीसोनारीमा वर्षाले धानबालीमा क्षति

बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिकामा गएराति परेको अविरल वर्षाले भित्राउने बेलाको धानबालीमा क्षति पुर्‍याएको छ । यसअघि हावाहुरीले ढालेको धान काटेर...

आइएमइ ग्रुपबाट उद्धार कोषमा पाँच करोड हस्तान्तरण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि ग्लोबल आइएमइ बैङ्क, आइएमइ ग्रुप र आबद्ध कम्पनीका तर्फबाट  पाँच ...

बाढीमा परी मृत्यु भएकाका परिवारलाई राहत रकम प्रदान

बरहथवा । बाढी तथा डुबानमा परेर ज्यान गुमाएका सर्लाहीको बलरा नगरपालिकाका दुई परिवारलाई राहत रकम हस्तान्तरण गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिका स...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy