Ntc summer Offer
Khabar Dabali २० आश्विन २०८१ आईतवार | 6th October, 2024 Sun
Investment bank

हेलिकोप्टर प्रयोग गरेर भए पनि राहत वितरणलाई प्रभावकारी बनाउन गृहमन्त्रीको निर्देशन

खबरडबली संवाददाता

काठमाडाैं । गृहमन्त्री रमेश लेखकले खोज, उद्धार र राहत वितरणलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् । जिल्ला प्रशासन कार्यालय, ललितपुरमा आइतबार बसेको जिल्ला विपत् व्यवस्थापन समितिको बैठकमा उनले हेलिकोप्टर प्रयोग गरेर भए पनि राहत वितरण गर्न निर्देशन दिएका हुन् । 

‘विपतको समयमा सबै गुनासा र विमतिलाई थाती राखेर सबै मिलेर एकाकार भएर काम गर्नुपर्छ । ललितपुरमा ४५ जनाको मृत्यु भएको तथ्यांक छ र सरकारले दिने रु. दुई लाख राहत ३९ जनाले पाउनुभएको छ,’ उनले भने, ‘बाँकी ६ जनाले पनि तत्कालै पाउनुहुन्छ, पूर्ण रूपले घर क्षति भएका पाउनयोग्य लाभग्राहीको नाम स्थानीय तहबाट तत्कालै पठाउनुस्, प्राधिकरणले नाम प्राप्त गरेको तीन दिनभित्र लाभग्रागीलाई पैसा पठाउँछ ।’

नागरिकले खुला आकाशमुनि बस्न नपरोस् भन्दै गृहमन्त्री लेखकले नागरिकले प्रमुख जिल्ला अधिकारी आएपछि पानी खान पाउँछु भनेर बस्नुपर्ने अवस्था आउन नहुने बताए । ‘एकद्वार प्रणालीबाट राहत वितरण गर्ने भनिए पनि स्थानीय तहको जिम्मेवारीमा दिन सकिन्छ, सम्बन्धित पालिकाको समन्वयमा नेपाल प्रहरी र सशस्त्र प्रहरी राखेर राहत व्यवस्थापन गर्न सकिन्छ, तहगत विभाग र विद्युत्, खानेपानी र सञ्चार क्षेत्रमा जिम्मेवारीमा रहेकाहरूले समस्या पहिचान गरेर समन्वय इमानदारीपूर्वक काम गर्नुहोस्,’ गृहमन्त्रीले भने ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाढीपहिरो पीडितलाई ड्रोनमार्फत राहत

बनेपा । बाढीपहिरोका कारण सडक अवरुद्ध भई खाद्यान्नलगायतको समस्या देखिएपछि काभ्रेपलाञ्चोकको पनौती नगरपालिका –१२ मगर गाउँमा ड्रोनमार्फत राहत पठाइएको छ । ...

पहिरोले पुरिएर मृत्यु भएका खेलाडीको परिवारलाई एन्फाले आठ लाख दिने

काठमाडौं । मकवानपुरको इन्द्रसरोबर गाउँपालिकामा पहिरोले पुरिएर मृत्यु भएका एन्फा एकेडेमीका ६ खेलाडीका परिवारलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले प्रतिप...

जारी आइसीसी महिला टी-२० विश्वकपमा भारतले पाकिस्तानलाई हरायो

काठमाडौँ । जारी आइसीसी महिला टी-२० क्रिकेट विश्वकपमा भारतले पाकिस्तानलाई पराजित गरेको छ । आइतबार सम्पन्न खेलमा भारतले पाकिस्तानलाई ६ विकेटले पराजित गर...

एनपीएल अक्सन: अर्जुन कुमाललाई सुदूरपश्चिमले किन्यो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) का लागि नेपाली राष्ट्रिय यू-१९ क्रिकेट टिमका अर्जुन कुमाल सुदूरपश्चिम रोयल्समा आवद्ध भएका छन् ।  आइतबार भएको...

चार सय पोस्ट ग्रयाजुएट विद्यार्थी कोटा थप्ने गरी न्याम्समार्फत शिक्षक दरबन्दी थपिँदै

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले प्रतिष्ठानअन्र्तगतका सरकारी मेडिकल तथा नर्सिङ कलेजमा पोस्ट ग्रयाजुएट चिकित्सक तथा नर्स अ...

प्रधानमन्त्री ओलीलाई माओवादी केन्द्रको ध्यानाकर्षण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपा (माओवादी केन्द्र) ले बाढी, पहिरो, डुबानका कारण उत्पन्न जोखिमलाई न्यूनीकरण र घटनालगत्तै खोज, उद्धार र ...

राप्तीसोनारीमा वर्षाले धानबालीमा क्षति

बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिकामा गएराति परेको अविरल वर्षाले भित्राउने बेलाको धानबालीमा क्षति पुर्‍याएको छ । यसअघि हावाहुरीले ढालेको धान काटेर...

आइएमइ ग्रुपबाट उद्धार कोषमा पाँच करोड हस्तान्तरण

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि ग्लोबल आइएमइ बैङ्क, आइएमइ ग्रुप र आबद्ध कम्पनीका तर्फबाट  पाँच ...

बाढीमा परी मृत्यु भएकाका परिवारलाई राहत रकम प्रदान

बरहथवा । बाढी तथा डुबानमा परेर ज्यान गुमाएका सर्लाहीको बलरा नगरपालिकाका दुई परिवारलाई राहत रकम हस्तान्तरण गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिका स...

एनपीएलमा आरिफ र अविनास सुदूरपश्चिमबाट खेल्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) का लागि नेपाली राष्ट्रिय क्रिकेट टिमका ब्याट्सम्यान आरिफ शेख सुदूरपश्चिम रोयल्समा आवद्ध भएका छन् । आइतबार भएको ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy