काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपा (माओवादी केन्द्र) ले बाढी, पहिरो, डुबानका कारण उत्पन्न जोखिमलाई न्यूनीकरण र घटनालगत्तै खोज, उद्धार र राहतका कामलाई व्यवस्थित गर्न आग्रह गरेको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सो पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठसहितको टोलीले सो ध्नानाकर्षण गराएको हो । नेता श्रेष्ठले पूर्व तयारीका काम र विपद्पछि तत्काल खोज, उद्धार र राहतका काममा लाग्न आग्रह गर्दै यसका लागि सम्बन्धित निकाय र सबै पक्षले साझा दायित्व सम्झिनुपर्नेमा जोड दिए । सो दलले विपद व्यवस्थापनका काममा राज्यसँग मिलेर काम गर्न आफ्नो दल तयार रहेको स्पष्ट गरे ।
प्रधानमन्त्री ओलीले विपदका् न्यूनीकरण गर्ने र आइलागेको विपद्को सामना गर्न सबै पक्ष मिलेर गर्नुपर्ने र यस काममा सरकारले अगुवाइ गर्ने बताए ।
सो अवसरमा गृहमन्त्री रमेश लेखक, माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटा, महासचिव देवप्रसाद गुरुङ, उपमहासचिवहरु वर्षामान पुन, जनार्दन शर्मा, पम्फा भुसाललगायत नेताहरु सहभागी थिए ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन २० गते, २०८१ - २१:०१
काठमाडौं । रुकुम पश्चिममा आठ किलो एक सय ग्राम लागु औषध अफिमसहित दुई जना पक्राउ परेका छन् । जिल्लाको आठबिसकोट नगरपालिका २ स्यालाका ३५ वर्षीय अजय यर...
आश्विन २० गते, २०८१ - २०:२८
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले, मध्यपूर्व क्षेत्रमा २० नोभेम्बर २०२२ (२०७९ मंसिर ४) गतेदेखि कतारले आयोजना गरेको वि...
आश्विन २० गते, २०८१ - २०:२५
काठमाडौं । पछिल्लो ६ दिनको अवधिमा मात्रै हवाई मार्गबाट एक लाखभन्दा बढीले उपत्यका छाडेका छन् । अविरल वर्षासँगै गएको बाढी पहिरोपछिको सिर्जित परिस्थितिमा...
आश्विन २० गते, २०८१ - २०:१६
काठमाडौं । इजरायलको एउटा बस स्टेशनमा आक्रमण भएको छ । गोली लागेर २५ वर्षीया महिलाको मृत्यु भएको छ भने कैयौं घाइते भएका छन् । दक्षिणी इजरायलको बेरशेबामा...
आश्विन २० गते, २०८१ - २०:१२
काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम र कर्णालीका धेरै भू-भाग हुँदै मनसुन बाहिरिएको छ । महाशाखाले आ...
आश्विन २० गते, २०८१ - २०:०५
बनेपा । बाढीपहिरोका कारण सडक अवरुद्ध भई खाद्यान्नलगायतको समस्या देखिएपछि काभ्रेपलाञ्चोकको पनौती नगरपालिका –१२ मगर गाउँमा ड्रोनमार्फत राहत पठाइएको छ । ...
आश्विन २० गते, २०८१ - १९:५८
काठमाडौं । मकवानपुरको इन्द्रसरोबर गाउँपालिकामा पहिरोले पुरिएर मृत्यु भएका एन्फा एकेडेमीका ६ खेलाडीका परिवारलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले प्रतिप...
आश्विन २० गते, २०८१ - १९:५१
काठमाडौँ । जारी आइसीसी महिला टी-२० क्रिकेट विश्वकपमा भारतले पाकिस्तानलाई पराजित गरेको छ । आइतबार सम्पन्न खेलमा भारतले पाकिस्तानलाई ६ विकेटले पराजित गर...
आश्विन २० गते, २०८१ - १९:४७
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) का लागि नेपाली राष्ट्रिय यू-१९ क्रिकेट टिमका अर्जुन कुमाल सुदूरपश्चिम रोयल्समा आवद्ध भएका छन् । आइतबार भएको...
आश्विन २० गते, २०८१ - १८:५२
काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले प्रतिष्ठानअन्र्तगतका सरकारी मेडिकल तथा नर्सिङ कलेजमा पोस्ट ग्रयाजुएट चिकित्सक तथा नर्स अ...
प्रतिकृया लेख्नुहोस्: