Ntc summer Offer
Khabar Dabali २० आश्विन २०८१ आईतवार | 6th October, 2024 Sun
Investment bank

चार सय पोस्ट ग्रयाजुएट विद्यार्थी कोटा थप्ने गरी न्याम्समार्फत शिक्षक दरबन्दी थपिँदै

खबरडबली संवाददाता

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले प्रतिष्ठानअन्र्तगतका सरकारी मेडिकल तथा नर्सिङ कलेजमा पोस्ट ग्रयाजुएट चिकित्सक तथा नर्स अध्यापनका लागि आवश्यक शिक्षक दरबन्दी स्वीकृत गरेको छ । 

प्रतिष्ठानका सहकुलपति स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको अध्यक्षतामा आइतबार बसेको ३१ औं सिनेट बैठकले यस्तो निर्णय गरेको हो । मन्त्री पौडेलले गत साउन २७ गते सार्वजनिक गरेको योजना तथा प्राथमिकतामा दक्ष चिकित्सक अभाव कम गर्न सरकारी मेडिकल कलेजहरुमा पोस्ट ग्रयाजुएट विद्यार्थीको कोटा थप्न पहल गर्ने निर्णय गरेका थिए । 

बैठकमा मन्त्री पौडेलले देशमा दक्ष चिकित्सक अभाव कम गर्नका लागि यस निर्णय ऐतिहासिक हुने विश्वास व्यक्त गर्दै यसको प्रभावकारी कार्यान्वयनका लागि प्रतिष्ठानलाई निर्देशन दिए । यससँगै अब देशैभरका सरकारी चिकित्सा तथा नर्सिङ कलेजमा ४ सय सम्म पोष्ट ग्रयाजुएट विद्यार्थीलाई थप अध्ययन गराउन सकिने प्रतिष्ठानका उपकुलपति प्राध्इापक डाक्टर भुपेन्द्रकुमार बस्नेतले जानकारी दिए । 

‘सरकारी कलेजमा पोस्ट ग्रयाजुएट विद्यार्थीको अध्ययन कोटा कम भएको अवस्थामा यो निर्णयले ठूलोसंख्यामा विद्यार्थी थप गराउन सघाउनेछ,’ उनले भने । अहिले प्रतिष्ठानमार्फत शैक्षिक आबद्धता लिएका सरकारी मेडिकल तथा नर्सिङ कलेजहरुमा एक सय १२ जना विद्यार्थी वार्षिक रुपमा पोस्ट ग्रयाजुएट अध्ययन गरिरहेका छन् । शिक्षक अभावमा दक्ष चिकित्सा जनशक्ति अभाव भए पनि विद्यार्थी थप गर्न नसकिएको अवस्थामा यो निर्णयले सहायता पुग्ने विश्वास गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर प्रकाश बुढाथोकीले जानकारी दिए । 

बैठकले यसअघि न्याम्सअन्र्तगत शैक्षिक आबद्धता लिएका आंगिक कलेज भरतपुर अस्पताल कोशी अस्पतालसँगै नारायणी र भेरीमा अस्पताललाईसमेत आबद्धता दिने निर्णय गरेको छ । ती सबै अस्पतालका लागि आवश्यक शिक्षक दरबन्दी स्वीकृत भएको छ । यसैगरी, मेची आँखा अस्पताल, गेटा आँखा अस्पताल, सशस्त्र प्रहरी अस्पताल, नेपाल अथोप्डिक अस्पतालका लागिसमेत पोस्ट ग्रयाजुएट अध्ययनमा विद्यार्थी थप्न सघाउने गरी शिक्षक दरबन्दी थप भएको छ । नर्सिंङ क्याम्पस, भरतपुर नर्सिङ क्याम्पस, कान्ति नर्सिङ क्याम्पस, निजामति नर्सिङ क्याम्पस तथा सशस्त्रको नर्सिङ क्यम्पसका लागिसमेत शिक्षक दरबन्दी स्वीकृत गरिएको उपकुलपति बस्नेतले जानकारी दिए । 

बैठकले प्रतिष्ठानले एमबीबीएस अध्ययन थाल्नेसमेत निर्णय गरेको छ । प्रतिष्ठानअन्र्तगत रहेका वीर अस्पताल, ट्रमा सेन्टर तथा नर्सिंग क्याम्पसलाई अब एमबीबीएस अध्ययन थाल्नसमेत यस निर्णयले बाटो खुला भएको उपकुलपति बस्नेतले जानकारी दिए । थप जानकारी आवश्यक परे न्याम्सका उपकुलपति प्राडा भुपेन्द्र बस्नेतको नम्बर ९८५१०५९४०० मा सम्पर्क गर्न सकिनेछ । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आठ किलो अफिमसहित दुई जना पक्राउ

काठमाडौं । रुकुम पश्चिममा आठ किलो एक सय ग्राम लागु औषध अफिमसहित दुई जना पक्राउ परेका छन् ।  जिल्लाको आठबिसकोट नगरपालिका २ स्यालाका ३५ वर्षीय अजय यर...

बालेनसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेटवार्ता

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले, मध्यपूर्व क्षेत्रमा २० नोभेम्बर २०२२ (२०७९ मंसिर ४) गतेदेखि कतारले आयोजना गरेको वि...

हवाई मार्गबाट एक लाखभन्दा बढीले उपत्यका छाडे

काठमाडौं । पछिल्लो ६ दिनको अवधिमा मात्रै हवाई मार्गबाट एक लाखभन्दा बढीले उपत्यका छाडेका छन् । अविरल वर्षासँगै गएको बाढी पहिरोपछिको सिर्जित परिस्थितिमा...

दक्षिणी इजरायलको बस स्टेशनमा आक्रमण, एक महिलाको मृत्यु

काठमाडौं । इजरायलको एउटा बस स्टेशनमा आक्रमण भएको छ । गोली लागेर २५ वर्षीया महिलाको मृत्यु भएको छ भने कैयौं घाइते भएका छन् । दक्षिणी इजरायलको बेरशेबामा...

सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै स्थान हुँदै मनसुन बाहिरियो

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम र कर्णालीका धेरै भू-भाग हुँदै मनसुन बाहिरिएको छ ।  महाशाखाले आ...

बाढीपहिरो पीडितलाई ड्रोनमार्फत राहत

बनेपा । बाढीपहिरोका कारण सडक अवरुद्ध भई खाद्यान्नलगायतको समस्या देखिएपछि काभ्रेपलाञ्चोकको पनौती नगरपालिका –१२ मगर गाउँमा ड्रोनमार्फत राहत पठाइएको छ । ...

पहिरोले पुरिएर मृत्यु भएका खेलाडीको परिवारलाई एन्फाले आठ लाख दिने

काठमाडौं । मकवानपुरको इन्द्रसरोबर गाउँपालिकामा पहिरोले पुरिएर मृत्यु भएका एन्फा एकेडेमीका ६ खेलाडीका परिवारलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले प्रतिप...

जारी आइसीसी महिला टी-२० विश्वकपमा भारतले पाकिस्तानलाई हरायो

काठमाडौँ । जारी आइसीसी महिला टी-२० क्रिकेट विश्वकपमा भारतले पाकिस्तानलाई पराजित गरेको छ । आइतबार सम्पन्न खेलमा भारतले पाकिस्तानलाई ६ विकेटले पराजित गर...

एनपीएल अक्सन: अर्जुन कुमाललाई सुदूरपश्चिमले किन्यो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) का लागि नेपाली राष्ट्रिय यू-१९ क्रिकेट टिमका अर्जुन कुमाल सुदूरपश्चिम रोयल्समा आवद्ध भएका छन् ।  आइतबार भएको...

चार सय पोस्ट ग्रयाजुएट विद्यार्थी कोटा थप्ने गरी न्याम्समार्फत शिक्षक दरबन्दी थपिँदै

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले प्रतिष्ठानअन्र्तगतका सरकारी मेडिकल तथा नर्सिङ कलेजमा पोस्ट ग्रयाजुएट चिकित्सक तथा नर्स अ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy