Ntc summer Offer
Khabar Dabali २० आश्विन २०८१ आईतवार | 6th October, 2024 Sun
Investment bank

बाढीपहिरो पीडितलाई ड्रोनमार्फत राहत

खबरडबली संवाददाता

बनेपा । बाढीपहिरोका कारण सडक अवरुद्ध भई खाद्यान्नलगायतको समस्या देखिएपछि काभ्रेपलाञ्चोकको पनौती नगरपालिका –१२ मगर गाउँमा ड्रोनमार्फत राहत पठाइएको छ । भौगोलिक विकटताका कारण खाद्यान्नलगायतको सामग्री लैजान नसक्ने अवस्था भएपछि हामी नेपाल, एयरलिफ्ट टेक्नोलोजीको सहकार्य तथा सामाजिक अभियन्ता परीक्षण हुमागाईँको पहलमा ड्रोनमार्फत आइतबार राहत सामग्री पठाइएको हो । 

सामाजिक अभियन्ता हुमागाईँले बाढीपहिरोका कारण सडक ध्वस्त भई आवतजावत गर्न समस्या देखिएको र बाढीपछि खाद्यान्न, बिजुलीको समस्या देखिएपछि पनौती नगरपालिका–१२ मगरगाउँमा ड्रोनमार्फत राहत सामग्री पठाइएको बताए । 

“हामी हिजो (शनिवार) बल्ल त्यो स्थानमा पुग्दा उक्त गाउँमा रहेका ८५ घरपरिवारमा खाद्यान्न, बिजुली, पोषणको समस्या देख्यौँ, हिँडेर राहत लिएर जाने अवस्था नदेखेपछि ड्रोनको माध्यमबाट राहत पठाउने निधो गरेर काम अघि बढाएका हौँ” हुमागाईँले भने । 

उनले उक्त मगर गाउँमा रहेका ८५ घरधुरीका लागि चामल, सोलार बत्ती, नुन, तेल, मसला, सेनेटरी प्याड, बालबालिकाका लागि ल्याक्टोजिनलगायतको राहत सामग्री पठाइएको बताए । उनले दसैँअघि बाढीले ध्वस्त भएको सडक खुल्ने अवस्था नरहेको बताए । मगर गाउँमा राहत सामग्री पठाउनका लागि पनौती नगरपालिका –१२ भुमिडाँडाबाट ड्रोन उडाइएको हुमागाईँले बताए । 

सामाजिक उनले उक्त ड्रोनले एक पटकमा ६५ किलोग्राम राहत सामग्री ढुवानी गर्न सक्ने भए पनि हावाको बहावका कारण एक पटकमा २० किलोग्रामको दरले राहत सामग्री पठाइएको बताए । उनले आइतबार सबै कानुनी प्रक्रिया पूरा गर्ने क्रममा राहत सामग्री पठाउन ढिलो भएको बताउँदै सोमबार बिहानैबाट ड्रोनमार्फत राहत सामग्री पठाइसक्ने बताए । 

“पनौती –१२ मगर गाउँमा राहत सामग्री पठाइसकेपछि हामी जिल्लाको अन्यन्त्र हेलिकप्टर नपुगेको, बाटो नभएको स्थानमा प्राथमिकताको आधारमा राहत सामग्री पठाउनेछौँ, त्यसका लागि बाढीपहिरोले सबैभन्दा बढी क्षति भई समस्यामा रहेको बस्ती, घुरधुरीको तथ्याङ्क सङ्कलन गर्ने काम गरिरहेका छौँ” उनले थपे । हुमागाईँले बाढीपहिरोबाट पीडित भएका धेरैभन्दा धेरै परिवारलाई ड्रोनमार्फत राहत उपलब्ध गराउन तयार रहेको बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आठ किलो अफिमसहित दुई जना पक्राउ

काठमाडौं । रुकुम पश्चिममा आठ किलो एक सय ग्राम लागु औषध अफिमसहित दुई जना पक्राउ परेका छन् ।  जिल्लाको आठबिसकोट नगरपालिका २ स्यालाका ३५ वर्षीय अजय यर...

बालेनसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेटवार्ता

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले, मध्यपूर्व क्षेत्रमा २० नोभेम्बर २०२२ (२०७९ मंसिर ४) गतेदेखि कतारले आयोजना गरेको वि...

हवाई मार्गबाट एक लाखभन्दा बढीले उपत्यका छाडे

काठमाडौं । पछिल्लो ६ दिनको अवधिमा मात्रै हवाई मार्गबाट एक लाखभन्दा बढीले उपत्यका छाडेका छन् । अविरल वर्षासँगै गएको बाढी पहिरोपछिको सिर्जित परिस्थितिमा...

दक्षिणी इजरायलको बस स्टेशनमा आक्रमण, एक महिलाको मृत्यु

काठमाडौं । इजरायलको एउटा बस स्टेशनमा आक्रमण भएको छ । गोली लागेर २५ वर्षीया महिलाको मृत्यु भएको छ भने कैयौं घाइते भएका छन् । दक्षिणी इजरायलको बेरशेबामा...

सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै स्थान हुँदै मनसुन बाहिरियो

काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम र कर्णालीका धेरै भू-भाग हुँदै मनसुन बाहिरिएको छ ।  महाशाखाले आ...

बाढीपहिरो पीडितलाई ड्रोनमार्फत राहत

बनेपा । बाढीपहिरोका कारण सडक अवरुद्ध भई खाद्यान्नलगायतको समस्या देखिएपछि काभ्रेपलाञ्चोकको पनौती नगरपालिका –१२ मगर गाउँमा ड्रोनमार्फत राहत पठाइएको छ । ...

पहिरोले पुरिएर मृत्यु भएका खेलाडीको परिवारलाई एन्फाले आठ लाख दिने

काठमाडौं । मकवानपुरको इन्द्रसरोबर गाउँपालिकामा पहिरोले पुरिएर मृत्यु भएका एन्फा एकेडेमीका ६ खेलाडीका परिवारलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले प्रतिप...

जारी आइसीसी महिला टी-२० विश्वकपमा भारतले पाकिस्तानलाई हरायो

काठमाडौँ । जारी आइसीसी महिला टी-२० क्रिकेट विश्वकपमा भारतले पाकिस्तानलाई पराजित गरेको छ । आइतबार सम्पन्न खेलमा भारतले पाकिस्तानलाई ६ विकेटले पराजित गर...

एनपीएल अक्सन: अर्जुन कुमाललाई सुदूरपश्चिमले किन्यो

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) का लागि नेपाली राष्ट्रिय यू-१९ क्रिकेट टिमका अर्जुन कुमाल सुदूरपश्चिम रोयल्समा आवद्ध भएका छन् ।  आइतबार भएको...

चार सय पोस्ट ग्रयाजुएट विद्यार्थी कोटा थप्ने गरी न्याम्समार्फत शिक्षक दरबन्दी थपिँदै

काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले प्रतिष्ठानअन्र्तगतका सरकारी मेडिकल तथा नर्सिङ कलेजमा पोस्ट ग्रयाजुएट चिकित्सक तथा नर्स अ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy