काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम र कर्णालीका धेरै भू-भाग हुँदै मनसुन बाहिरिएको छ ।
महाशाखाले आइतबार अपरान्ह एक सूचना प्रकाशन गरेर लुम्बिनी प्रदेशको पश्चिमी भू-भागको थोरै स्थानबाट पनि मनसुन बाहिरिएको जानकारी गराएको छ ।
मनसुनी वायु कमजोर हुँदै गइरहेको हुनाले नेपालको बाँकी भू-भागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको देखिएको छ । महाशाखाले नियमित रुपमा मनसुन बहिर्गमन प्रक्रियालाई अनुगमन गरिरहेको बताएको छ ।
त्यस्तै, कर्णालीका धेरै र लुम्बिनी प्रदेशका पश्चिमी क्षेत्रबाट मनसुन बाहिरिएको महाशाखाले आइतबार बुलेटिनमा उल्लेख गरेको छ । ‘मनसुनी वायु कमजोर हुँदै गइरहेको हुनाले नेपालको बाँकी भूभागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको देखिन्छ,’ महाशाखाले बुलेटिनमा भनेको छ ।
मनसुनी वायु कमजोर हुन थालेकाले अब छिटफुट र हल्काबाहेक ठुलो वर्षाको पनि सम्भावना छैन । नेपालबाट पूर्ण रूपमा मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ हो भने भित्रिने औसत मिति जुन १३ हो । मनसुन पूर्वबाट बहने हावा हो । पश्चिमी वायुले पूर्वी वायुलाई विस्थापित गरेपछि क्रमिक रूपमा मनसुन बाहिरिन्छ ।
मनसुन बाहिरिएपछि ‘पोस्ट–मनसुन’ सुरु हुन्छ । पोस्ट मनसुनमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहन्छ, तर मनसुनकोजस्तो ठुलो वर्षाको सम्भावना कम हुन्छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन २० गते, २०८१ - २१:०१
काठमाडौं । रुकुम पश्चिममा आठ किलो एक सय ग्राम लागु औषध अफिमसहित दुई जना पक्राउ परेका छन् । जिल्लाको आठबिसकोट नगरपालिका २ स्यालाका ३५ वर्षीय अजय यर...
आश्विन २० गते, २०८१ - २०:२८
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) ले, मध्यपूर्व क्षेत्रमा २० नोभेम्बर २०२२ (२०७९ मंसिर ४) गतेदेखि कतारले आयोजना गरेको वि...
आश्विन २० गते, २०८१ - २०:२५
काठमाडौं । पछिल्लो ६ दिनको अवधिमा मात्रै हवाई मार्गबाट एक लाखभन्दा बढीले उपत्यका छाडेका छन् । अविरल वर्षासँगै गएको बाढी पहिरोपछिको सिर्जित परिस्थितिमा...
आश्विन २० गते, २०८१ - २०:१६
काठमाडौं । इजरायलको एउटा बस स्टेशनमा आक्रमण भएको छ । गोली लागेर २५ वर्षीया महिलाको मृत्यु भएको छ भने कैयौं घाइते भएका छन् । दक्षिणी इजरायलको बेरशेबामा...
आश्विन २० गते, २०८१ - २०:१२
काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम र कर्णालीका धेरै भू-भाग हुँदै मनसुन बाहिरिएको छ । महाशाखाले आ...
आश्विन २० गते, २०८१ - २०:०५
बनेपा । बाढीपहिरोका कारण सडक अवरुद्ध भई खाद्यान्नलगायतको समस्या देखिएपछि काभ्रेपलाञ्चोकको पनौती नगरपालिका –१२ मगर गाउँमा ड्रोनमार्फत राहत पठाइएको छ । ...
आश्विन २० गते, २०८१ - १९:५८
काठमाडौं । मकवानपुरको इन्द्रसरोबर गाउँपालिकामा पहिरोले पुरिएर मृत्यु भएका एन्फा एकेडेमीका ६ खेलाडीका परिवारलाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले प्रतिप...
आश्विन २० गते, २०८१ - १९:५१
काठमाडौँ । जारी आइसीसी महिला टी-२० क्रिकेट विश्वकपमा भारतले पाकिस्तानलाई पराजित गरेको छ । आइतबार सम्पन्न खेलमा भारतले पाकिस्तानलाई ६ विकेटले पराजित गर...
आश्विन २० गते, २०८१ - १९:४७
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) का लागि नेपाली राष्ट्रिय यू-१९ क्रिकेट टिमका अर्जुन कुमाल सुदूरपश्चिम रोयल्समा आवद्ध भएका छन् । आइतबार भएको...
आश्विन २० गते, २०८१ - १८:५२
काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) ले प्रतिष्ठानअन्र्तगतका सरकारी मेडिकल तथा नर्सिङ कलेजमा पोस्ट ग्रयाजुएट चिकित्सक तथा नर्स अ...
प्रतिकृया लेख्नुहोस्: