Khabar Dabali १९ पुष २०८२ शनिबार | 3rd January, 2026 Sat
Investment bank

बाढी पहिरोबाट सिन्धुपाल्चोकमा बस्ती, खानेपानी र सडकलगायत पूर्वाधारमा ठूलो क्षति

खबरडबली संवाददाता

चौतारा । गत असोज ११ र १२ गतेको अविरल वर्षाले सिन्धुपाल्चोकमा ठूलो जनधनको क्षति भएको छ । यहाँ विपदमा परी १३ जनाले न्यान गुमाएका छन् भने सबै मुख्य, सहायक र ग्रामीण सडक क्षतिग्रस्त भएका छन् । 

जिल्ला विपद् व्यवस्थापन समितिकाअनुसार यहाँ कृषकले लगाएको बालीनालीको क्षतिको विवरण सङ्कलनको काम तत्काल अगाडि बढाउने र गुठीको जग्गामा लगाएको अन्नबालीमा क्षति पुगेकाले यस वर्षको कुत मिनाहा गर्न अनुरोधसहित सिफारिस गर्ने निर्णय भएको छ ।

बाढीपहिरोबाट जिल्लाका बाह्रबिसे नगरपालिका, भोटेकोशी र त्रिपुरासुन्दरी गाउँपालिकाका सबै सडक पूर्ण अवरुद्ध भएकामा हाल मर्मसम्भारपछि आंशिक रूपमा सञ्चालनमा आएका छन् । त्रिपुरासुन्दरी गाउँपालिकाका अधिकांश बस्ती जोखिममा छन्भने वडा नं १, २ र ३ मा अझै सडक सञ्चालन हुन सकेको छैन । 

सुनकोशी गाउँपालिका क्षेत्रमा रहेको सिन्धु विच रिसोर्ट पूर्ण क्षति भएको छ भने तीन जनाले ज्यान गुमाएका छन् । यहाँ १३ घरमा पूर्ण क्षति पुगेको छ । स्थानीय सडकहरु आंशिक सञ्चालनमा ल्याइए पनि पूर्व सञ्चालनको प्रयास जारी छ । गाउँपालिका अध्यक्ष टपेन्द्र तिमल्सिनाले  विस्थापितका लागि राहत सामग्री र जोखिममा रहेकालाई त्रिपाल वितरण गरिएको बताए ।

यस्तै, बलेफी गाउँपालिकामा बाढी पहिरोबाट २७ घर प्रभावित बनेका गाउँपालिका अध्यक्ष गङ्गाबहादुर तामाङले जानकारी दिए । उनका अनुसार आनन्द माध्यमिक विद्यालयमा आंशिक र वडा नं ३ जाने सडकमा पूर्ण क्षति भएको छ । अँधेरी–मांखासहित पालिकाभित्रका मुख्य सडक अवरुद्ध छन् । वडा नं ४ को तल्लागाउँमा पाँच घर र वडा नं ५ को लामाचौरका १० घर अझै उच्च जोखिममा रहेका छन् ।

चौतारा साँगाचोकगढी नगरपालिकामा पनि सबै वडामा सडक सञ्चालनको प्रयास भइरहेको उपप्रमुख सीता थापाले जानकारी दिइन् । उनका अनुसार बन्देउ–चौतारा सडक बाढी पहिरोपछिको ४८ घण्टाभित्र सञ्चालनमा आएको र अन्य सडक सञ्चालनको प्रयास जारी रहेको छ ।

यहाँ ६० परिवार विस्थापित भएका छन् भने पाँच सय सात परिवार प्रभावित भएका छन् । १५ वटा सरकारी संरचनामा क्षति पुगेको छ । १७ सामुदायिक भवन र एक हजार ६१३ रोपनी कृषि क्षेत्रमा क्षति पुगेको छ । ५९ पशुचौपाया मरेका छन् । ६१ वटा सिँचाइ कुलोमा क्षति पुगेको छ । चार सय ९८ घरधुरीमा खानेपानीको लाइन विच्छेद भएको उपप्रमुख थापाले बताए ।

जिल्लामै सबैभन्दा बढी मानवीय क्षति भएको जुगलमा भौतिक क्षति पनि उत्तिकै भएको गाउँपालिका अध्यक्ष रेशम स्याङले जानकारी दिए । उनका अनुसार यहाँ दुई झोलुङ्गे पुलमा पूर्ण क्षति भएको छभने दुईवटा जोखिममा रहेका छन् । विस्थापितका लागि तत्काल राहत सामग्री, खाद्यान्न र मृतकका लागि राहत उपलब्ध गराइएको छ । 

इन्द्रवती गाउँपालिका अध्यक्ष झम्क नेपाल पालिका क्षेत्रमा ४० घरमा पूर्ण क्षति र ९३ घर उच्च जोखिममा र आठ घरमा आंशिक क्षति पुगेको बताउँछन् । तीमध्ये २४ परिवारलाई तत्काल सुरक्षित ठाउँमा स्थानान्तरण गर्न आवश्यक रहेको उनले जानकारी दिए ।

यहाँ एक हजार ४०० रोपनी अन्नबाली लगाएको जमिनमा क्षति पुगेको, २१ सिँचाइ आयोजना, २६ खानेपानी परियोजना र आठ सामुदायिक संरचनामा क्षति पुगेको अध्यक्ष नेपालले बताए । 

मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले आफ्नो नगर क्षेत्रमा २२ घरमा पूर्ण,  ३५ घरमा आंशिक क्षति पुगेको बताए । यहाँस्थित फट्टेको बस्ती सार्नुपर्ने अवस्थामा रहेको उनको भनाइ छ । यस्तै, यहाँ २८ खानेपानी आयोजना, १७ सिँचाइ कुलो, चार गोठ र तीन विद्यालयमा बाढीपहिराले क्षति पुर्याएको छ । मेलम्ची–काठमाडौँ, मेलम्ची–हेलम्बु र मेलम्ची–पाँचपोखरी सडक पूर्ण सञ्चालनमा आउन नसकेको अध्यक्ष तामाङले बताए ।  

पाँचपोखरी गाउँपालिका अध्यक्ष टासी लामा ह्योल्मोले पालिकामा गत असार ३० गतेको बाढीले व्यापक क्षति पुर्याएको र हालैको बाढी पहिरोले थप समस्या सिर्जना गरेको बताए । उनका अनुसार यहाँ २४ परिवार विस्थापित भएका छन् ।

नदी तटीय क्षेत्रमा रहेका सात बस्तीका एक सय ३५ परिवार उच्च जोखिममा रहेका छन् । नगर क्षेत्रमा यसअघि नै एक सय ८४ पुनःनिर्माण लाभग्राही रहे पनि पुनःस्थापना गर्न नसकिएको अवस्थामा फेरि प्रभावित परिवारको सङ्ख्या थपिएकाले निकै समस्या भएको अध्यक्ष ह्योल्मोको भनाइ छ ।

“हाम्रो नगर क्षेत्रमा दुई पानीघट्ट, एक हजार ६०० रोपनी खेतीयोग्य जमिन, दुई निर्माणाधीन पक्की पुलसहित रु ७९ लाख बराबरको अन्नबालीमा क्षति पुगेको छ”, उनले भने, “पाँच झोलुङ्गे पुल, विभिन्न ठाउँमा गरी चार किलोमिटर सडक, तीन विद्यालय, दुई खानेपानी आयोजनामा गत असार ३० गतेको बाढीले क्षति पुर्याएको र पुनः निर्माणका क्रममा असोज १३ गते पुनः क्षति भएको छ ।” 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रिय सभामा तालमेलको गृहकार्य गरिरहेका कांग्रेस-एमाले प्रतिनिधिसभामा के गर्लान् ?

काठमाडौं । नेकपा एमालेका एक उपाध्यक्षले आगामी प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेससँग गठबन्धन हुन सक्ने आशयको अभिव्यक्ति दिएपछि फागुन २१ गतेको चुना...

विभाजनको बाटोतर्फ कांग्रेस

काठमाडौं । महाधिवेशन विषयमा शीर्षस्थ नेताबीच टक्कर बढ्दै जाँदा नेपाली कांग्रेस विभाजननजिक पुगेको छ । संस्थापनपक्षले महाधिवेशन रोक्ने र इतरसमूहले जसरी ...

निर्माणाधीन राजमार्गमा दुर्घटना बढे

झापा । निर्माणाधीन एसियाली राजमार्गको मेचीनगर–६ स्थित पालिया पुलमा बिहीबार राति मालवाहक ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ३३ वर्षीया लक्ष्मी सा...

विद्युत प्राधिकरणले माग्यो २६६ कर्मचारी (विज्ञापनसहित)

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले २६६ जना कर्मचारी भर्नाका लागि आवेदन खुलाएको छ। शुक्रबार विज्ञापन प्रकाशन गर्दै दसौंदेखि पाँचौं तहका विभिन्न पदहरू...

महामन्त्रीको कदमले कांग्रेसमा तरंग, केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ। शुक्रबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसम्पा...

महामन्त्रीले विशेष महाधिवेशनको कुरा उठाउनु उचित होइन : शेखर कोइराला

म पनि विशेष महाधिवेशन चाहन्छु, तर नियम र कार्यविधिअनुसार केन्द्रीय समितिले निर्णय गरोस्

चिसो बढेसँगै मुस्ताङका शैक्षिक संस्था दुई महिना बन्द

मुस्ताङ । हिउँदयाम मौसमसँगै अत्यधिक चिसोका कारण मुस्ताङका तीन गाउँपालिकामा सञ्चालित शैक्षिक संस्था दुई महिनाका लागि बन्द भएका छन् । यहाँस्थित माथिल्लो...

निर्वाचन : ६२ दिन बाँकी, सामग्री ढुवानीका लागि आवेदन दिन आयोगको आग्रह

काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि अत्यावश्यक सामग्री ढुवानीका लागि सम्बद्ध पक्षलाई आग्रह गरेको छ । ...

तराईमा हुस्सुको प्रभाव- उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

काठमाडौँ । देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले तराई भू–भागका अधिकांश स्थानहरूमा आज दिउँसो हुस्सु तथा कुहिरो लाग्ने छ भने केही प्रदेशमा...

आर्थिक क्रियाकलाप अघिल्लो वर्षकोभन्दा सकारात्मक: राष्ट्र बैंक

काठमाडौँ। गत आर्थिक वर्षकोभन्दा चालु आव २०८२/८३ मा मुलुकको आर्थिक वृद्धिदर कमजोर हुने अनुमानकाबिच नेपाल राष्ट्र बैंकले यस वर्ष अघिल्लो वर्षकोभन्दा आर्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending