कास्की। जिल्ला प्रशासन कार्यालय कास्कीले पोखराको मारवाडी सेवा भोजनालयलाई दुई लाख रुपियाँ जरिवाना गरेको छ । लिएको मूल्य अनुसार खाजाको प्याकेटमा कम परिमाण रहेको पाइएपछि प्रशासनले उसलाई जरिवानासहित कारवाही गरेको हो ।
असोज २० गते आइतबार जिल्ला प्रशासन कार्यालय, कास्कीको आयोजनामा शिक्षा विकास तथा समन्वय इकाई, पोखरामा लागूऔषध सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो । सो कार्यक्रममा सहभागीलाई खाजा खुवाउन उक्त भोजनालयबाट अर्डर गरिएकोमा भोजनालयले अर्डरबमोजिम वस्तु उपलब्ध नगरी उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ खण्ड (ङ) बमोजिम कसूर गरेको पाइएकाले कारबाही गरिएको प्रशासनले जनाएको छ ।
खाजाको प्याकेटमा समोसा, मिठाई, फ्रुटी खानेकुरा राख्नु भनी पेश्कीसमेत भुक्तानी भएकामा फ्रुटी तथा मिठाई नराखेको र सञ्चालकलाई कारण सोध्दा चित्तबुझ्दो जवाफ नदिएकाले कारबाही गरिएको बताइएको छ ।
प्रशासनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘‘मारवाडी सेवा भोजनालयले उपलब्ध गराएको खाजा सम्बन्धमा उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ को खण्ड (ङ) बमोजिमको कसुर गरेको पाइएकोले उक्त भोजनालयलाई सोही ऐनको दफा ३९ को उपदफा (१) को खण्ड (ख) बमोजिम दुई लाख रुपियाँ जरिवाना गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ ।’’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ६ गते, २०८२ - १७:०४
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। सभापति रवि लामिछाने जेलबाट रिहा भएर फर्किएपछि आज पहिलोपटक केन्द्र...
पौष ६ गते, २०८२ - १६:५२
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले वर्तमान अवस्थामा निर्वाचनमा जानुको कुनै विकल्प नरहेको बताएका छन्। आइतबार प...
पौष ६ गते, २०८२ - १६:४१
जनकपुरधाम । मधेश प्रदेशसभाको सभामुखमा जनता समाजवादी पार्टी (जसपा) नेपालका रामअशिष यादव निर्वाचित भएका छन्। आज बसेको प्रदेशसभा बैठकमा भएको मत विभाजनमार...
पौष ६ गते, २०८२ - १६:३२
काठमाडौँ । घरेलु क्रिकेटलाई थप बलियो बनाउन तेस्रो संस्करणको कोशी प्राइड लिग (केपीएल) क्रिकेट आगामी फागुन ९ गतेदेखि २१ गतेसम्म हुने भएको छ । आयोजक ...
पौष ६ गते, २०८२ - १६:१६
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अनलाइन टिभी मिडियासँग सरकार सहकार्य गर्न तयार रहेको बताएका छन्। आइतबार मन्त्रालयमा आयोजित छलफल...
पौष ६ गते, २०८२ - १६:०९
काठमाडौँ । विघटित प्रतिनिधिसभामा नेपाली कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने ६५ जना सांसदले प्रतिनिधिसभा पुनर्स्थापनाको पक्षमा हस्ताक्षर गरेका छन्। त...
पौष ६ गते, २०८२ - १५:५९
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टी केन्द्रीय कार्यालयमा भव्य स्वागत गरिएको छ। काठमाडौंको बनस्थलीस्थित पार...
पौष ६ गते, २०८२ - १५:३९
जनकपुरधाम । मधेश प्रदेशसभाको रिक्त सभामुख पदका लागि आज मतदान हुने भएको छ। आइतबार बसेको प्रदेशसभा बैठकमा सभामुखका लागि दुई प्रस्ताव पेस भएका छन्। ने...
पौष ६ गते, २०८२ - १५:२७
काठमाडौँ। अधिक तरलता कायमै रहेपछि ८४ दिनका लागि राष्ट्र बैंकले आइतबार निक्षेप सङ्कलन उपकरण बोलकबोलमार्फत निक्षेप खिच्न लागेको हो। अहिले कुल निक्षेप...
पौष ६ गते, २०८२ - १५:२१
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पुन: पार्टी गतिविधिमा सक्रिय भएका छन्। सभापति लामिछानेको अध्यक्षतामा आज अपराह्न ...




प्रतिकृया लेख्नुहोस्: