कास्की। जिल्ला प्रशासन कार्यालय कास्कीले पोखराको मारवाडी सेवा भोजनालयलाई दुई लाख रुपियाँ जरिवाना गरेको छ । लिएको मूल्य अनुसार खाजाको प्याकेटमा कम परिमाण रहेको पाइएपछि प्रशासनले उसलाई जरिवानासहित कारवाही गरेको हो ।
असोज २० गते आइतबार जिल्ला प्रशासन कार्यालय, कास्कीको आयोजनामा शिक्षा विकास तथा समन्वय इकाई, पोखरामा लागूऔषध सम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो । सो कार्यक्रममा सहभागीलाई खाजा खुवाउन उक्त भोजनालयबाट अर्डर गरिएकोमा भोजनालयले अर्डरबमोजिम वस्तु उपलब्ध नगरी उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ खण्ड (ङ) बमोजिम कसूर गरेको पाइएकाले कारबाही गरिएको प्रशासनले जनाएको छ ।
खाजाको प्याकेटमा समोसा, मिठाई, फ्रुटी खानेकुरा राख्नु भनी पेश्कीसमेत भुक्तानी भएकामा फ्रुटी तथा मिठाई नराखेको र सञ्चालकलाई कारण सोध्दा चित्तबुझ्दो जवाफ नदिएकाले कारबाही गरिएको बताइएको छ ।
प्रशासनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘‘मारवाडी सेवा भोजनालयले उपलब्ध गराएको खाजा सम्बन्धमा उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ को खण्ड (ङ) बमोजिमको कसुर गरेको पाइएकोले उक्त भोजनालयलाई सोही ऐनको दफा ३९ को उपदफा (१) को खण्ड (ख) बमोजिम दुई लाख रुपियाँ जरिवाना गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ ।’’
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ ६ गते, २०८३ - १५:२७
काठमाडौं। ललितपुरको बालकुमारी क्षेत्रमा प्रहरीले गोली चलाएको छ। लागूऔषध कारोबारमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको हो। लाग...
आषाढ़ ६ गते, २०८३ - १५:१६
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ। दिउँसो १ बजेका लागि तय गरिएको बैठक केहीबेर ढिलो गरी भरतपुरमा सुरु ...
आषाढ़ ६ गते, २०८३ - १५:०९
काठमाडौँ। नेपालकी कराते स्टार एरिका गुरुङले इन्डोनेसियाको बालीमा जारी २२औँ सिनियर एसियाली कराते प्रतियोगितामा कांस्य पदक जितेको छिन्। शुक्रबार भएक...
आषाढ़ ६ गते, २०८३ - १४:४७
बर्दिया। बर्दियाको गेरुवा गाउँपालिका वडा नं १ जनकनगरमा कर्णाली नदीमा अस्थायी बाँध बाध्न गएका एक जना डुबेर बेपत्ता भएका छन् । नहरमा पानी ल्याउनका ल...
आषाढ़ ६ गते, २०८३ - १४:३३
सर्लाही। सर्लाहीको बागमती नगरपालिका–७, मा बागमतीखोलाले बगाएर एक बालक बेपत्ता भएका छन् भने अन्य तीन जना भने सकुशल बाहिर निस्कन सफल भएका छन् । बागमत...
आषाढ़ ६ गते, २०८३ - १४:०९
न्युयोर्क । साउदी अरेबियाले गाजा पट्टीमा मानवीय सहायताको तत्काल, दिगो र निर्बाध वितरणको महत्त्वलाई जोड दिदै यस्तो सम्वेदनशिल विषयलाई सामूहिक सजायको मा...
आषाढ़ ६ गते, २०८३ - १३:५५
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन प्रतिनिधि चार हजार २०० भन्द बढी हुने भएको छ । प्रारम्भिक तथ्याङ्क अनुसार चार हजार २१० प्रतिनिध...
आषाढ़ ६ गते, २०८३ - १३:२८
काठमाडौं। रसुवा भन्सार कार्यालयबाट विद्युतीय सवारीसाधनको जाँचपास प्रक्रियामा अनियमितता भएको निष्कर्षसहितको अनुगमन प्रतिवेदनका आधारमा तत्कालीन कार्यालय...
आषाढ़ ६ गते, २०८३ - १३:१६
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक एक घण्टा पर सारिएको छ। दिउँसो १ बजेका लागि तय गरिएको बैठक अब २ बजे बस्ने भएको म...
आषाढ़ ६ गते, २०८३ - १२:५३
काठमाडौं। नेकपा (एमाले)ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनमा नेता प्रदीप ज्ञवालीलाई प्रतिनिधिका रूपमा पठाउने भएको छ। चितवनमा ...



प्रतिकृया लेख्नुहोस्: