Khabar Dabali १३ असार २०८३ शनिबार | 27th June, 2026 Sat
Investment bank

सल्यान, माेरङ, संखुवासभा र नवलपरासीमा आगलागी, एकजना पक्राउ

खबरडबली संवाददाता

काठमाडौं । सल्यान, मारङ, संखुवासभा र नवलपरासीमा आगलागी भएको छ । आगलागीबाट लाखौंको क्षति भएको छ । 

सल्यानको शारदा नगरपालिका४ किमिरेचौर बस्ने राम बहादुर बस्नेतको घरमा आइतबार राति आगलागी हुँदा नगद र जिन्सी सामान जलेर करिब १६ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । 

आगजनी गर्ने राम बहादुरको छोरा ३० वर्षीय घनश्याम बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

संखुवासभाको खाँदबारी नगरपालिका ७ स्थित नापी कार्यालयको गेष्ट रूममा विद्युत सर्ट भई आइतबार दिउँसो आगलागी हुँदा फर्निचरका सामानहरू जलेर करिब १ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

यसैगरी मोरङको उर्लाबारी नगरपालिका ९ दुर्गापुरी बस्ने नैनसिंह गुरूङको घरमा गए राति आगलागी हुँदा घर तथा सोही घरमा रहेको न्यौपाने सुनचाँदी पसल, न्यौपाने पुस्तक पसल र युना गिफ्ट फेन्सि पसल समेत जलेर करिब २७ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

यस्तै नवलपरासी पश्‍चिम, सुनवल नगरपालिका १३ सूर्यबस्ती बस्ने धन प्रसाद काफ्लेको काफ्ले किराना पसलमा आइतबार राति आगलागी हुँदा फ्रिज १ थान, फर्निचर, खाद्यान, खुद्रा किराना सामानहरू र नगद २९ हजार रूपैयाँ गरी करिब ४ लाख ५० रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ । 

प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै सबै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

जेनजी आन्दोलनका मुख्य अभियुक्त ताजिम अन्सारी पुर्पक्षका लागि थुनामा

विराटनगर । जेनजी आन्दोलनका क्रममा विराटनगरमा भएको आगजनी र तोडफोड घटनाका मुख्य अभियुक्त ताजिम अन्सारीलाई जिल्ला अदालत मोरङले पुर्पक्षका लागि थुनामा पठा...

विराटनगरमा कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरी छापा

विराटनगर । विराटनगरमा कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरीले खानतलासी गरेको छ । शनिबार बिहान जिल्ला प्रहरी कार्यालय मोरङको प्रहरी टोलीले विराटनगर–१...

श्रमदातालाई विपन्नको घर–टहरा बनाइदिन हर्क साम्पाङको आह्वान

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले आर्थिक अवस्था कमजोर भएका परिवारको घर–टहरा निर्माणमा श्रमदान गर्न आह्वान गरेका छन्। सामाजिक...

फेसबुकमै सचिव खोज्दै मन्त्री महावीर पुन, ‘अनुभवी र काम गर्न सक्ने व्यक्ति चाहियो’

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले आफ्नै मन्त्रालयका लागि योग्य सचिवको खोजी सामाजिक सञ्जालमार्फत गरेका छन्। मन्त्री पु...

रास्वपा महाधिवेशन लम्बिँदा संसद तीनपटक रोकियो, दलको प्राथमिकतामाथि प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन निर्धारित समयमै टुंगिन नसक्दा प्रतिनिधिसभा बैठक लगातार तेस्रो पटक स्थगित भएको छ। पार्टीका ...

झापामा दुई किशोरी बलात्कारको आरोपमा दुई युवक पक्राउ

झापा । झापाको भद्रपुरमा दुई फरक घटनामा किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा भद्रपुर नगरपालिका–५ का १९ वर्...

कञ्चनपुर र कैलालीमा खैरो हेरोइनसहित ६ जना पक्राउ

काठमाडौं । कञ्चनपुर र कैलालीका विभिन्न स्थानबाट प्रहरीले खैरो हेरोइनसहित ६ जनालाई पक्राउ गरेको छ। पक्राउ परेकामध्ये एक जना १८ वर्षीय किशोरसमेत रहेका छ...

अजय आरएन र शान्तिश्री परियारको नयाँ गीत ‘पिर दियौ’ सार्वजनिक

काठमाडौं । गायक अजय आरएन र चर्चित लोकदोहोरी गायिका शान्तिश्री परियारको स्वरमा नयाँ लोकदोहोरी गीत ‘पिर दियौ’ सार्वजनिक भएको छ। प्रेम, पीडा र भावनात्मक ...

चमेलीको पोइ’ को पोस्टरमा नारायण त्रिपाठीको बिजोग

काठमाडौं  । एभरेष्ट सूर्य बोहरा निर्देशीत फिल्म ‘चमेलीको पोइ’ को नयाँ पोस्टरले चर्चा पाएको छ । १६ असोजबाट बिश्वब्यापी प्रदर्शनमा आउन लागेको फिल्मको शु...

कालीमाटीमा गोलभेडा ८ रुपैयाँ किलो, किसान भने ३ रुपैयाँमै बेच्न बाध्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबार सार्वजनिक गरेको थोक मूल्यसूचीअनुसार सानो (लोकल) गोलभेडाको मूल्य प्रतिकिलो ८ देखि १० रुप...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending