Ntc summer Offer
Khabar Dabali ३० आश्विन २०८१ बुधबार | 16th October, 2024 Wed
Investment bank

रौतहटमा करेन्ट लागेर आमा-छोराको मृत्यु

खबरडबली संवाददाता

रौतहट । रौतहटको परोहा नगरपालिका–७ नरकटिया टोलमा विद्युतीय मोटरबाट करेन्ट लाग्दा आमा र छोराको दर्दनाक मृत्यु भएको छ । 

राजेश साहकी ३५ वर्षीय पत्नी ललिता देवी साह र १८ वर्षीय छोरा अर्जित साहको मृत्यु भएको हो । घटनाको विवरण अनुसार, ललिता देवी कपडा धुनको लागि पानी निकाल्न हैण्डपम्प चलाउन गएकी थिइन् ।

हैण्डपम्पमा जडान गरिएको विद्युतीय मोटरमा अचानक करेन्ट लाग्दा उनी अचेत भइन् । आमालाई करेन्ट लागेको देखेपछि छोराले उनलाई बचाउने प्रयास गरे । अर्जितले मोटरको तार काट्ने क्रममा उनी स्वयं पनि करेन्टको चपेटामा परे । घटनापछि दुबैलाई तत्कालै प्रादेशिक अस्पताल गौर पुर्याइएको थियो, तर अस्पतालले आमा-छोरालाई मृत घोषणा गर्‍यो । चिकित्सकहरूका अनुसार उनीहरूको मृत्यु घटनास्थलमै भइसकेको थियो ।

मृतकको शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल गौरमा राखिएको छ । यस घटनाले स्थानीयमा शोकको वातावरण सिर्जना गरेको छ । अधिकारीहरूले घटनाको थप अनुसन्धान गरिरहेका छन् । विद्युत सुरक्षा र सचेतनाको कमीले यस किसिमका दुर्घटनाहरू हुने गरेको तथ्यलाई पुनः एक पटक उजागर गरेको यो घटना हो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

मुस्ताङमा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मुस्ताङ । मुस्ताङमा आज साँझ सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा गोरखा आरुघाट गाउँपालिका वडा नं ९ आरुचनौटेका ३२ वर्षीय सञ्जय खड्...

भक्तपुरबाट तीन राउण्ड गोली र पेस्तोलसहित एकजना पक्राउ

भक्तपुर । जिल्ला प्रहरी परिसर भक्तपुरले लोड गरिएको तीन राउण्ड गोली र एक थान पेस्तोलसहित मंगलबार एक जनालाई पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा काभ्रेपल...

प्रतिकूल मौसमका कारण लुक्लामा दुई दिनदेखि उडान ठप्प

सोलुखुम्बु । प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल लुक्लामा दुई दिनदेखि उडान ठप्प छ ।  मौसममा आएको परिवर्तनका कारण सोमबारबाट क...

एमालेप्रति विश्वप्रकाशको टिप्पणी:कांग्रेसले बनाएको कार्यालयप्रति सबै सदस्यको मन जोडिएको छ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेले भाटभटेनीका संचालक मीन बहादुर गुरुङको सहयोगमा उनको जमिनमा पार्टी कार्यलय बनाउ...

स्वास्थ्यमन्त्री पौडेलद्वारा बालबालिकाको क्यान्सर रोक्न निःशुल्क खोप माग

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले विश्वव्यापी खोप अलाएन्स गाभीका कार्यकारी अधिकृत सानिया निस्तारसँग भेट गरेका छन् ।  भेटमा उ...

भारतमा आज पाँच विमानमा बमको धम्की

काठमाडौं । भारतमा मंगलबार चारवटा विमानमा बमको धम्की दिइएको छ । जसमा दिल्लीबाट शिकागो गइरहेको एयर इन्डियाको विमानमा बम रहेको बताइएको छ । त्यसपछि उडान क...

नेपालद्वारा शान्ति सेनामाथि लेबनानमा भएको इजरायली आक्रमणको निन्दा

काठमाडौं । नेपालले शान्ति सैनिकमाथि लेबनानमा भएको इजरायली आक्रमणको कडा निन्दा गरेको छ । नेपालसहित राष्ट्रसङ्घीय शान्ति मिसनमा संलग्न ३४ देशले सोमबार स...

तीन सय ८६ जनामा स्क्रब टाइफस

चितवन । यहाँ विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये तीन सय ८६ जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको छ । साउनयता दुई हजार १४४ जनाको परीक्षणका ...

भदौ महिनामा भित्रियो दुई खर्ब ६३ अर्ब विप्रेषण

काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को भदौ महिनामा रु दुई खर्ब ६३ अर्ब १४ करोड विप्रेषण भित्रिएको छ । समीक्षा अवधिमा विप्रेषण आप्रवाह १५ दशमलव दुई प्र...

एम्बाप्पेमाथि स्विडेनमा बलात्कारको आरोप !

काठमाडौं । रियल म्याड्रिडका फ्रेन्च स्ट्राइकर किलीयन एम्बाप्पेमाथि बलात्कारको आरोप लागेको छ ।  रिपोर्टका अनुसार हालै स्विडेन पुगेका एम्बाप्पेमाथि स...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy