Khabar Dabali ४ पुष २०८२ शुक्रबार | 19th December, 2025 Fri
Investment bank

नयनतारा र विग्नेशको विवाहको डकुमेन्ट्री नेटफ्लिक्समा रिलिज हुने

खबरडबली संवाददाता

काठमाडौं । प्रसिद्ध दक्षिण भारतीय अभिनेत्री नयनतारा र उनका निर्देशक रहेका पति विग्नेश शिवन लोकप्रिय जोडी मध्ये एक हुन् । यी दुईको पहिलो भेट सन् २०१५ मा तमिल भाषाको रोमान्टिक कमेडी फिल्म नानुम राउडी धनको सुटिङका ​​क्रममा भएको थियो । 

यसपछि दुवैले सात वर्षसम्म डेट गरेपछि जुन ९, २०२२ मा विवाह गरेका थिए । अब उनीहरुको विवाहको डकुमेन्ट्रीको नेटफ्लिक्समा रिलिज हुने भएको छ । ‘नयनतारा : बियन्ड द फेयरी टेल’ शिर्षकमा नेटफ्लिक्समा रिलिज हुने भएको हो । 

नयनतारा र विग्नेशको विवाह महाबलीपुरमको एक विलासी रिसोर्टमा भएको थियो । उनीहरुको विवाहमा भारतीय फिल्म उद्योगका केही चर्चित नामहरु पनि सहभागी भएका थिए । दम्पतीले आफ्नो विवाहको वृत्तचित्रको अधिकार नेटफ्लिक्सलाई बेचेका थिए । अब उनीहरुको विवाहको दुई वर्षपछि यही स्ट्रिमिङ प्लेटफर्ममा छिट्टै डकुमेन्ट्री फिल्म ‘नयनतारा : बियन्ड द फेयरी टेल’ रिलिज हुँदैछ । यद्यपी यसको रिलिज मिति बारे आधिकारिक जानकारी नआएपनि डकुमेन्ट्रीको रन टाइम भने खुलाइएको छ । 

नेटफ्लिक्सले दिएको जानकारी अनुसार वृत्तचित्रको रनटाइम १ घण्टा २१ मिनेटको हुने छ । यसमा जोडीको प्रेमकथा, उनीहरुको व्यक्तिगत कथा, उनीहरुको बिहेका केहि यादगार पलहरु र उनीहरुले सँगै बिताएका समयका झलकहरु देख्न सकिनेछ । 

फिल्मको प्रोमो ट्रेलर सेप्टेम्बर २०२२ मा रिलिज गरिएको थियो, जसमा नयनतारा र विग्नेशले एकअर्कालाई आजीवन साथीको रूपमा रोज्नुको कारणलाई हाइलाइट गरिएको थियो । दुवै जना अहिले दुई जुम्ल्याहा सन्तानको आमाबुवा भइसकेका छन् । विवाहको चार महिनापछि, अक्टोबर २०२२ मा नयनतारा र विग्नेश जुम्ल्याहा सन्तान उइर र उलागमका आमाबुवा बनेका थिए । दुवै सन्तान सरोगेसीको माध्यमबाट जन्मिएका हुन्, जसलाई लिएर निकै चर्चा चलेको थियो । 

नयनताराको वर्कफ्रन्टको कुरा गर्ने हो भने उनका‘टेस्ट’, ‘मननगट्टी सन १९६०’, ‘थानी ओरुवान २’ र ‘डियर स्टुडेन्ट्स’ जस्ता फिल्म आउनेक्रममा रहेका छन् भने विग्नेश ‘लभ इन्स्योरेन्स कम्पनी’ को सुटिङमा व्यस्त छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राजनीतिक स्थिरताले मात्र उद्योग व्यवसाय फस्टाउँछ : मुख्यमन्त्री पाण्डे

कास्की । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजनीतिक स्थिरताका लागि आउँदो फागुन २१ गतेको निर्वाचनलाई सबै मिलेर सफल बनाउनुपर्नेमा...

पार्टीलाई सामूहिक नेतृत्व र पद्धतिअनुसार सञ्चालन गर्न नेता पोखरेलको आग्रह

काठमाडौँ । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदका प्रत्याशी ईश्वर पोखरेलले नवनिर्वाचित नेतृत्वलाई सामूहिक नेतृत्व र लोकतान्त्रिक पद्...

निर्वाचित एमालेकाे पहिलाे बैठक भाेलि बस्ने

काठमाडौं । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक शुक्रबारका लागि बोलाइएको छ। नवनिर्वाचित सचिव डा. रा...

तरुलखेतीबाट २२ जनालाई रोजगारी

विराटनगर । सात वर्षअघि सङ्खुवासभा छोडेर मोरङको सुन्दरहरैँचा नगरपालिका पुगेका खेमराज कटेल आज एक सफल किसानको रूपमा परिचित छन् । यसअघि व्यावसायिक खेतीको ...

चितवन राष्ट्रिय निकुञ्जमा बाघ गणना सुरु, एक सय ५० जना गणक कार्यक्षेत्रमा खटिए

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा आजदेखि बाघ गणना सुरु गरिएको छ । बाघ गणनाका लागि यही पुस १ र २ गते तालिम दिएपछि एक सय ५० जना गणकहरू आजदेखि कार्यक्षेत...

सप्तरीमा ट्याङ्करको ठक्करबाट बालकको मृत्यु

सप्तरी । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको रुपनी गाउँपालिका ६ विरेन्द्र बजारमा बिहीवार इन्धन बोक्ने ट्याङ्करले ठक्कर दिँदा एक जना बालकको मृत्यु ...

उच्च रक्तचाप, दम खोकी, मधुमेह, मटुरोगको बढ्दो समस्या

काठमाडौँ । हिमाली जिल्ला सोलुखुम्बुको सोताङ गाउँपालिका–२ र ५ मा सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा परीक्षण गर्न आएका बिरामीमध्ये अधिकांशमा उच्च रक्तच...

रास्वपाद्वारा समन्वय कार्यदल गठन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले स्थानीय, प्रदेश र संघीय तहका स्वतन्त्र जनप्रतिनिधिहरूसँग समन्वय गर्न 'स्वतन्त्र जनप्रतिनिधि समन...

वैदेशिक रोजगारमा संलग्न ठगी नियन्त्रण गर्न संयन्त्र तयारी गर्दै

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारीले वैदेशिक रोजगारीका नाममा हुने ठगी नियन्त्रण गर्न केन्द्रीय अनुसन्धान ब्यूरो ...

एमालेका निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यले लिए शपथ

काठमाडौं । नेकपा एमालेको एघारौं महाधिवेशनबाट निर्वाचित पदाधिकारी तथा केन्द्रीय सदस्यहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । शपथग्रहण कार्यक्रम राजधानी...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending