ताप्लेजुङ । मङ्गलबार एक हजार पाँच सय भक्तजनले ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा (मुक्कुमलुङ) को दर्शन गरेका छन् । पछिल्लो केही दिनयता तीर्थयात्रीको सङ्ख्या वृद्धि हुने क्रमसँगै मङ्गलबार एकैदिन उक्त सङ्ख्यामा भक्तजनले पाथीभराको दर्शन गरेका हुन् ।
पाथीभरा क्षेत्र विकास समितिका अनुसार मङ्गलबार एक हजार ४९५ जना भक्तजनले पाथीभराको दर्शन गरेका छन् । उक्त सङ्ख्या असोज महिनाकै सबैभन्दा भक्तजनको सङ्ख्या भएको पनि समितिका सूचना प्रविधि संयोजक सन्तोष पुर्कुटीले जानकारी दिए । उनकाअनुसार सोमबार ४२७ जना भक्तजनले पाथीभराको दर्शन गरेका थिए ।
यस पटक पाथीभरा दर्शन गर्ने मुख्य समय अर्थात् दसैँको नवरात्रिको अवधिमा भक्तजनले पाथीभरा दर्शन गर्न पाएका थिएनन् । अविरल वर्षापछिसँगै बाढीपहिरोले असोज १२ गतेदेखि मेची राजमार्ग अवरुद्ध बनाएपछि तीर्थयात्रीको आउजाउ ठप्प बनेको थियो । पाँचथरको हेँवाखोलामा रहेको बेलिब्रिज बाढीले बगाएर अवरुद्ध बनेको मेची राजमार्ग करिब डेढ सातापछि खुलेसँगै तीर्थयात्रीको आउजाउ सुरु भएको हो ।
राजमार्ग सञ्चालनमा आएपछि तीर्थयात्रीको आगमन वृद्धि हुँदै गएको र निरन्तर बढ्दो क्रममा रहेको पनि पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङ्बाङले जानकारी दिए । उनकाअनुसार हाल बाहिरका जिल्लासँगै भारतको सिक्किम, दार्जिलिङ लगायतबाट पाथीभरामा तीर्थयात्री आउने क्रम रहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन २९ गते, २०८१ - २०:४३
मुस्ताङ । मुस्ताङमा आज साँझ सवारी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । मृत्यु हुनेमा गोरखा आरुघाट गाउँपालिका वडा नं ९ आरुचनौटेका ३२ वर्षीय सञ्जय खड्...
आश्विन २९ गते, २०८१ - २०:३८
भक्तपुर । जिल्ला प्रहरी परिसर भक्तपुरले लोड गरिएको तीन राउण्ड गोली र एक थान पेस्तोलसहित मंगलबार एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपल...
आश्विन २९ गते, २०८१ - २०:११
सोलुखुम्बु । प्रतिकूल मौसमका कारण सोलुखुम्बुको तेन्जिङ हिलारी विमानस्थल लुक्लामा दुई दिनदेखि उडान ठप्प छ । मौसममा आएको परिवर्तनका कारण सोमबारबाट क...
आश्विन २९ गते, २०८१ - २०:०४
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेले भाटभटेनीका संचालक मीन बहादुर गुरुङको सहयोगमा उनको जमिनमा पार्टी कार्यलय बनाउ...
आश्विन २९ गते, २०८१ - १९:२७
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले विश्वव्यापी खोप अलाएन्स गाभीका कार्यकारी अधिकृत सानिया निस्तारसँग भेट गरेका छन् । भेटमा उ...
आश्विन २९ गते, २०८१ - १९:२२
काठमाडौं । भारतमा मंगलबार चारवटा विमानमा बमको धम्की दिइएको छ । जसमा दिल्लीबाट शिकागो गइरहेको एयर इन्डियाको विमानमा बम रहेको बताइएको छ । त्यसपछि उडान क...
आश्विन २९ गते, २०८१ - १९:१९
काठमाडौं । नेपालले शान्ति सैनिकमाथि लेबनानमा भएको इजरायली आक्रमणको कडा निन्दा गरेको छ । नेपालसहित राष्ट्रसङ्घीय शान्ति मिसनमा संलग्न ३४ देशले सोमबार स...
आश्विन २९ गते, २०८१ - १९:१०
चितवन । यहाँ विभिन्न अस्पतालमा उपचारका लागि आएका बिरामीमध्ये तीन सय ८६ जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको छ । साउनयता दुई हजार १४४ जनाको परीक्षणका ...
आश्विन २९ गते, २०८१ - १९:०६
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ को भदौ महिनामा रु दुई खर्ब ६३ अर्ब १४ करोड विप्रेषण भित्रिएको छ । समीक्षा अवधिमा विप्रेषण आप्रवाह १५ दशमलव दुई प्र...
आश्विन २९ गते, २०८१ - १९:०१
काठमाडौं । रियल म्याड्रिडका फ्रेन्च स्ट्राइकर किलीयन एम्बाप्पेमाथि बलात्कारको आरोप लागेको छ । रिपोर्टका अनुसार हालै स्विडेन पुगेका एम्बाप्पेमाथि स...
प्रतिकृया लेख्नुहोस्: