Ntc summer Offer
Khabar Dabali ३० आश्विन २०८१ बुधबार | 16th October, 2024 Wed
Investment bank

दसैंको टीका र जमरा लगाउने आज अन्तिम दिन

खबरडबली संवाददाता

काठमाडौं । आश्विन शुक्लपक्ष चतुर्दशी र पूर्णिमा पनि आजै परेकाले मान्यजनबाट आशीर्वादस्वरुप नवदुर्गाको प्रसादका रुपमा यस वर्षको बडादसैँको टीका र जमरा लगाउने अन्तिम दिन हो।

सूर्योदय कालमा चतुर्दशी र मध्यरातमा पूर्णिमा तिथि परेकाले कोजाग्रत पूर्णिमा आजै परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ।

साँझमा पूर्णिमा तिथि पर्दा गरिने पूर्णिमा व्रत भने कात्तिक १ गते बिहीबार परेको समितिका सदस्य एवं वाल्मीकि विद्यापीठ धर्मशास्त्र विभागका प्रमुख प्राध्यापक डा. देवमणि भट्टराईले  जानकारी दिए। 

यसैले आज मान्यजनबाट नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा लगाउने अन्तिम दिन हो।

आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म नवदुर्गाको साधना गरिएको प्रसादस्वरुप विजयादशमीका दिनदेखि सुरु भएको टीका र जमरा लगाउने क्रमको आज अन्तिम दिन हो।

मान्यजन टाढा टाढा हुने आफन्त विजयादशमीदेखि आश्विन शुक्ल पूर्णिमासम्म आशीर्वाद थाप्न घर घरमा जाने गर्छन्।

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

क्यूएफएक्समा ‘छक्का पञ्जा-५’लाई भन्दा ‘१२ गाउँ’लाई धेरै शो

काठमाडौं । चलचित्र ‘छक्का पञ्जा–५’लाई भन्दा ‘१२ गाउँ’को शो काठमाडौंमा आज धेरै पाएको छ।  क्यूएफएक्सका आउटलेटमा काठमाडौं उपत्यकामा ‘१२ गाउँ’ले ‘छक्का पञ...

बाढीले केराखेती नष्ट भएपछि किसानको व्यवसाय चौपट

राजविराज । यही असोज ११ र १२ गते आएको बाढीका कारण सप्तरीको विभिन्न गाउँमा किसानको केराखेती नष्ट हुँदा उनीहरुको व्यवसाय चौपट भएको छ । भारदहमा मात्रै बाढ...

मिथिलाञ्चलमा ‘कोजाग्रत पर्व’को तयारी

महोत्तरी । मिथिलाञ्चलमा आज ‘कोजाग्रत पर्व’को तयारी सुरु भएको छ । असोज शुक्ल पूर्णिमाको रात मनाइने यो पर्वमा सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना ग...

सरकारले गरिबी अन्त्य गर्छ, अब कोही भोकै बस्न पर्दैन : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि क्षेत्र हाम्रो अर्थतन्त्रको मुख्य अङ्ग भएको बताएका छन् । बुधबार ४४ औँ विश्व खाद्य दिवसको अवसरमा शुभकामन...

सहसचिव, उपसचिवदेखि अधिकृतसम्म दरखास्त आह्वान (विज्ञापनसहित)

काठमाडौं । लोकसेवा आयोगले विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ । सहसचिव, उपसचिवदेखि अधिकृतसम्ममा दरखास्त आह्वान गरेको हो।  निजामती सेवा, सङ्घीय...

अमेरिकी र अस्ट्रेलियन डलरको मूल्य घट्यो, पाउन्डको बढ्यो

काठमाडौँ । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक ...

बमको धम्कीले एयर इन्डियाको उडान क्यानडातर्फ डाइभर्ट

नयाँ दिल्ली । सिकागो जाँदै गरेको एयर इन्डियाको उडान मङ्गलबार क्यानडाको एउटा विमानस्थलमा बमको धम्कीपछि डाइभर्ट गरिएको अधिकारीहरूले बताएका छन् । दिल्...

सबै प्रदेशका पहाडी भागमा वर्षाको सम्भावना

काठमाडौँ । हाल देशभर पश्चिमी वायुको आंशिक तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको छ । जल तथा मौसम व...

सिलौटो बेचेर मासिक ४० हजार आम्दानी गर्दै अनिल

धरान । सुनसरीको इटहरी उपमहानगरपालिका–६ टेङ्ग्रा खोलाको किनारमा इटहरी उपमहानगरपालिका–४ का अनिल सन्तराज सिलौटा बनाउँदै गरेको अवस्थामा भेटिए । उनी लोहोरो...

एमालेले दान किन लियो ? वरदान के दिने हो ?

ईश्वर पोखरेलको तर्क- प्रतिष्ठित व्यापारीले कार्यालय बनाउन सहयोग गर्नु अपराध हो र ?

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy