Khabar Dabali २० चैत्र २०८२ शुक्रबार | 3rd April, 2026 Fri

एमालेले दान किन लियो ? वरदान के दिने हो ?

ईश्वर पोखरेलको तर्क- प्रतिष्ठित व्यापारीले कार्यालय बनाउन सहयोग गर्नु अपराध हो र ?

खबरडबली संवाददाता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली दोहोर्‍याइरहन्छन्, ‘भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्नँ ।’ तर, पहिले पासाङ ल्हामु प्रतिष्ठान र अहिले तुलसीलाल प्रतिष्ठानजस्ता सार्वजनिक सम्पत्तिमा कार्यालय राख्दै आएको ओली नेतृत्वकै एमाले अब एक व्यवसायीले दानमा बनाइदिने करिब डेढ अर्बको भवनबाट सञ्चालन हुने भएको छ । ५ लाख संगठित सदस्य भएको पार्टीको केन्द्रीय कार्यालय बनाउन एक व्यापारीलाई जिम्मा किन दिइयो ? चौतर्फी आलोचना भएको छ ।

भदौ अन्तिम साता एमाले पोलिटब्युरो बैठकमा पेस भएको वार्षिक कार्ययोजनामा पार्टी कार्यालय निर्माण गर्ने प्रस्ताव थियो । यसका लागि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको संयोजकत्वमा गठन भएको समितिले हरेक पार्टी सदस्यबाट कम्तीमा एक सय रुपैयाँ उठाउने निर्णयसमेत गरेको थियो । तर, एक महिना पुग्दा नपुग्दै एमालेले भवन बनाउने जिम्मा भाटभटेनी सुपरमार्केटका संस्थापक सञ्चालक मीनबहादुर गुरुङलाई दिएको छ ।

कीर्तिपुर नगरपालिकाको मैत्रीनगरस्थित ढुंगेअड्डामा १० रोपनी १४ आना जग्गामा अत्याधुनिक भवन बनाइदिएर अर्को दसैंको घटनास्थापनामा साँचो हस्तान्तरण गर्ने गरी गुरुङले जिम्मा लिएका छन् ।

प्रधानमन्त्री ओली र भाटभटेनीका सञ्चालक गुरुङका दम्पतीले शुक्रबार बिहान संयुक्त रूपमा भवनको शिलान्यास गरेपछि सार्वजनिक आलोचना भएको छ । तर, एमाले नेतृत्व भने आफ्नो निर्णयको प्रतिरक्षामा उभिएको छ । वरिष्ठ उपाध्यक्ष पोखरेलले व्यवसायीको सहयोग लिएर भवन बनाउनु अपराध नभएको प्रतिक्रिया दिए । ‘प्रतिष्ठित व्यापारीले केन्द्रीय कार्यालय बनाउन सहयोग गर्नु अपराध हो र ? गुरुङजी आफैंले केन्द्रीय कार्यालय बनाउन सहयोग गर्छु भनेपछि पार्टीले स्वीकार गरेको हो ।’

व्यवसायी गुरुङले बनाइदिने भएपछि वरिष्ठ उपाध्यक्ष पोखरेल नेतृत्वको निर्माण समिति भंग भएको छ । पोखरेलले पहिले केन्द्रीय कार्यालय रहेको काठमाडौंको बल्खुमा नै भवन बनाउने प्रयास भए पनि जग्गा कम भएकाले विकल्प खोजेको बताए । ‘हामीले केन्द्रीय कार्यालय बनाउन अनेक ठाउँमा जग्गा खोज्दै हिँड्यौं । सहयोग अभियान पनि चलायौं,’ उनले भने, ‘अबचाहिँ शुभचिन्तकको सहयोगमा बन्ने भएको छ ।’ बल्खुमा पनि खोला किनाराको मापदण्डले एमालेको पुरानो जग्गा झन् साँघुरो भएको छ ।

पार्टीभित्रबाटै पनि आलोचना भएपछि एमाले प्रचार विभागले प्रेस नोट जारी गरेको छ । प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले पार्टी कार्यालय निर्माणलाई लिएर भ्रम फैलाइएको भन्दै यसमा लेनादेना नभएको दाबी गरेका छन् । ‘एमालेको केन्द्रीय कार्यालय भवन निर्माणको विषयलाई लिएर पार्टीभित्र र बाहिर अनेक खालका भ्रम, अफवाह फैलाउने, गलत सूचना प्रवाह गरी मिडियालाई दुरुपयोग गरी पार्टी र पार्टी नेतृत्वविरुद्ध विषवमन गर्ने काम भइरहेको छ,’ प्रेस नोटमा भनिएको छ, ‘तथ्य के हो, एक जना दानवीर मीनबहादुर गुरुङ र सावित्री घलेले बाढी, लेदोले क्षतविक्षत भएको एमालेको केन्द्रीय कार्यालयको दुरवस्था देखी नयाँ कार्यालय भवन निर्माणका लागि १० रोपनी १४ आना जग्गा प्रदान गर्नुभएको हो । यसमा कुनै किसिमको लेनादेना छैन, स्वेच्छाले जग्गा दान गर्नुभयो, एमालेले ग्रहण गर्‍यो । तथ्य नबुझी बदनाम नगरौं ।’

गुरुङले आफ्नै खर्चमा एक वर्ष (२०८२ को घटस्थापना) भित्र भवन बनाइसकेर हस्तान्तरण गर्ने बताएका छन् । तर खर्च कति लाग्छ भन्ने यकिन छैन । एमाले महासचिव शंकर पोखरेलले भवन निर्माणको लागत आइनसकेको जनाएका छन् । आफू लामो समयदेखि एमालेको शुभचिन्तक रहेकाले कार्यालय भवन बनाउन सहयोग गरेको गुरुङको भनाइ छ ।

बल्खुस्थित एमाले कार्यालय २०७२ को भूकम्पले भत्काएको थियो । त्यसपछि ओलीकै अग्रसरतामा धुम्बाराहीस्थित पासाङ ल्हामु पर्वतारोण प्रतिष्ठानमा पार्टी कार्यालय सारिएको थियो । २०६३ फागुन ८ को मन्त्रिपरिषद् बैठकले धुम्बाराहीमा मूल सडकसँगै जोडिएको ४ रोपनी ५ आना जग्गाको भोगाधिकार दिएपछि प्रतिष्ठानले भवन बनाएको थियो । तर सामाजिक कर्मका लागि प्रदान गरिएको सरकारी जग्गामा पार्टी कार्यालय राखेकोमा विरोध भए पनि एमालेले बेवास्ता गरेको थियो । त्यतिमात्र होइन, माओवादीसँग एकीकरण गरेर बनेको नेकपाको कार्यालय पनि प्रतिष्ठानमै थियो ।

माओवादी अलग भएपछि एमालेले पार्टी कार्यालय थापाथलीस्थित एक निजी घरमा सारेको थियो । त्यो घर व्यापारी सञ्जय अग्रवालको हो । त्यसको समेत आलोचना भएपछि २०७९ वैशाखमा एमाले पार्टी कार्यालय च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको संरचनामा सारिएको थियो । राजनीतिक तथा सामाजिक अध्ययन अनुसन्धान गर्न भन्दै वामपन्थी नेता तुलसीलाल अमात्यको स्मृतिमा खोलिएको प्रतिष्ठानलाई २०५८ चैत १० को मन्त्रिपरिषद् बैठकले १२ रोपनी ६ आना ५ पैसा ३ दाम जग्गाको भोगाधिकार दिएको थियो । तर, सर्त/सम्झौताविपरीत प्रतिष्ठानको संरचनामा एमालेको कार्यालय छ । त्यही कार्यालयमा पनि बाढी पसेपछि एमालेले अर्को भवनको खोजी गरेको थियो । जसको सुनुवाइ भाटभटेनीका सञ्चालक गुरुङले गरिदिएका छन् ।

राजनीतिशास्त्रका प्राध्यापक कृष्ण पोखरेल भाटभटेनी सुपरमार्केटका सञ्चालक गुरुङले सामाजिक उत्तरदायित्वअन्तर्गत अस्पताल भवन निर्माण, विपद् व्यवस्थापन कोषमा सहयोग जस्ता राम्रा काम गरेको भए पनि सत्तारूढ दलको मुख्यालय नै बनाइदिनु र त्यसलाई दलले स्वीकार गर्नुको पछाडि स्वार्थको द्वन्द्व प्रकट भएको टिप्पणी गर्छन् । ‘प्रधानमन्त्रीको पार्टीले अर्बौंको सम्पत्ति दान लिनुको पछाडि राजनीतिक र आर्थिक स्वार्थ जोडिएको छ । बाहिर भन्ने कुरा कृत्रिम हुन्,’ उनले भने, ‘यसमा लिने र दिने दुवैको स्वार्थ देखिन्छ । यो प्रथम दृष्टिमै गलत छ ।’

व्यवसायीबाट यति ठूलो दान लिने कार्यले पुष्पलाल, मदन भण्डारी, मनमोहन अधिकारीको छवि धूमिल बनाएको पोखरेलको टिप्पणी छ । ‘यस घटनाले एमाले आसेपासे पुँजीवादीको फन्दामा पर्दै गएको स्पष्ट गरेको छ,’ उनले थपे, ‘पार्टीलाई भौतिक लाभ भए पनि राजनीतिक हिसाबले कुनै फाइदा छैन ।

त्यस्तै, एमाले स्थायी कमिटी सदस्य बिन्दा पाण्डेले भने एक व्यापारीले पार्टी कार्यालय भवन बनाइदिने कदमले पाँच लाख पार्टी सदस्य र २८ लाख मतदाताको अपमान भएको बताएकी छन् । ‘पाँच लाख पार्टी सदस्यको स्वाभिमानी शिर झुकाउने र २८ लाख मतदाताको अपमान गर्ने कदम हो यो,’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन् ।

व्यापार/व्यवसाय गर्नेले पारदर्शी रूपमा कम्पनीको सामाजिक दायित्वअन्तर्गत सामाजिक काममा सहयोग गर्नु कर्तव्य नै भए पनि राजनीतिक दलले कार्यालय बनाउन यस्तो सहयोग लिनु र व्यापारीले दिनु दुवै गलत भएको उनको भनाइ छ । ‘दिनेले किन र कसरी दिए उनैलाई थाहा होला । तर, स्वीकार गर्नेले पार्टीको निर्णायक तहमा छलफल र निर्णय त परको कुरा जानकारीसमेत नहुने गरी गरिएको यो निर्णय दीर्घकालमा आत्मघाती सावित हुनेछ,’ उनको भनाइ छ ।’

ललिता निवासको जग्गा हिनामिना प्रकरणमा गुरुङ पक्राउ परेपछि तत्कालीन प्रतिपक्षी एमालेका अध्यक्ष ओलीले प्रतिरक्षा गरेका थिए । तर २०८० फागुन ३ मा विशेष अदालतले फैसला दिँदै गुरुङसहित १ सय ३१ जनालाई दोषी ठहर गरेको छ । विशेषले गुरुङलाई ८० लाख ४८ हजार रुपैयाँ जरिवाना र २ वर्ष कैद र उनी तथा परिवारका नाममा राखिएको ललिता निवासको जग्गा जफत गर्ने फैसला सुनाएको छ । असोज दोस्रो साता मात्रै फैसलाको पूर्ण पाठ आएको छ । विशेषको फैसलाविरुद्ध अख्तियार वा दोषी ठहर भएका व्यक्तिहरूले सर्वोच्च अदालतमा पुनरावेदन गर्न सक्छन् । तर, अहिलेसम्म न पुनरावेदनको प्रक्रिया सुरु भएको छ न फैसला कार्यान्वयनको ।

ललिता निवासको जग्गा हिनामिनामा प्रहरीको सीआईबीले गरेको अनुसन्धानका आधारमा गुरुङसहित ३ सय ११ जनाविरुद्ध काठमाडौं अदालतमा दायर किर्तेसम्बन्धी मुद्दा विचाराधीन छ । त्यस्तै, विभिन्न फर्मको आवरणमा नक्कली बिलबिजक प्रयोग गरी कर छलेको ठहर गर्दै ठूला करदाता कार्यालयले २०६९ भदौ १ मा भाटभटेनीबाट १ अर्ब ५३ करोड असुल्ने निर्णय गरेको थियो । यो निर्णयविरुद्ध भाटभटेनी राजस्व अनुसन्धान विभाग, राजस्व न्यायाधिकरण, सर्वोच्च अदालत पुगे पनि २०८० माघ १६ मा सर्वोच्चले भाटभटेनीलाई नै दोषी ठहर गरेको थियो । यो समाचार आजको कान्तिपुर दैनिकले लेखेको छ। 

Khabardabali Desk–RP

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इरान युद्ध टुंग्याउने ट्रम्पको चाहना तर कैयौँ महत्त्वपूर्ण प्रश्नको उत्तर छैन

काठमाडौं । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले बुधवार साँझ ह्वाइट हाउसबाट राष्ट्रका नाममा सम्बोधन गर्दा इरान युद्धबारे विगतमा आफूले भन्...

मूल्यवृद्धिमा देखिन थाल्यो मध्यपूर्व युद्धको असर

फागुनमा मूल्यवृद्धि दर एक वर्षयताकै उच्च, यसको प्रभाव देखिन दुई–तीन महिना लाग्ने

डुम्रे–बेँसीसहर सडक दैनिक आठ घण्टा बन्द हुने

दमौली । डुम्रे बेँसीसहर सडकअन्तर्गत तनहुँको भानु नगरपालिकाको कुकुदी– तुरतुरे खण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ ।  भानु नगरपालिका–३ कुकुर्दीदेखि ...

निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे निर्वाचित, अन्य पदमा क-कसले जिते ? (सूचीसहित)

काठमाडौं । निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे निर्वाचित भएका छन् । निर्वाचन समितिले घोषणा गरेको परिणामअनुसार पाण्डे ५१४ मत ल्याएर विजयी...

सदनमा बादलले दिएको अभिव्यक्तिले एमालेमा भुइँचालो

पदाधिकारीकै आपत्तिपछि सचिवालय बैठकमा छलफल गरिने

चन्द्र सर, जसले खुला आकाशमुनि चलाउँछन् निःशुल्क ‘ट्युसन’ कक्षा

सुनसरी । पिपलको छहारीमुनि बिछ्याइएका प्लास्टिकका म्याट र बोरा । पिपलको रुखमा अड्याइएको बोर्डमा लेखिएको छ– ‘श्री पिपलबोटे खुला विद्यालय ।’ जहाँ नर्स...

विदेशिएका नेपालीले आठ महिनामा पठाए १४ खर्ब ४९ अर्ब विप्रेषण

काठमाडौँ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म विदेशमा गएका नेपालीले रु १४ खर्ब ४९ अर्ब ६५ करोडबराबरको विप्रेषण देशभित्र पठाएका छन् । नेपाल राष्ट्र बै...

पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना, तराईमा हुरीको चेतावनी

काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव कायम छ । यसका कारण गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगमा साधारणतया बादल लाग...

दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालन गर्दै कामपा

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले एम्बुलेन्स सेवालाई वैज्ञानिक, व्यावहारिक र थप सहज बनाउँदै लानका लागि दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालनको तयारी था...

कर्णाली राजमार्गका दश वटा अलपत्र ठेक्का तोडिए

जुम्ला । कर्णाली राजमार्ग सडकखण्डका वर्षौँदेखि अलपत्र अवस्थामा रहेको दश वटा रुग्ण ठेक्का एकैपटक सडक डिभिजन कार्यालयले तोड्ने प्रक्रिया सुरु गरेको छ । ...

अरु धेरै
Salt
Vianet Nepal Internet
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending