Ntc summer Offer
Khabar Dabali ३० आश्विन २०८१ बुधबार | 16th October, 2024 Wed
Investment bank

साइबर अपराधमा श्रीलङ्कामा २३० चिनियाँ पक्राउ

खबरडबली संवाददाता

कोलम्बो । श्रीलङ्काली प्रहरीले अनलाइन ठगीमा अन्तर्राष्ट्रिय बैंकहरूलाई लक्षित गरेको आरोपमा दुई सय ३० भन्दा बढी चिनियाँलाई पक्राउ गरेको विदेशमन्त्रीले मङ्गलबार बताएका छन् । यस कार्यमा बेइजिङबाट पठाइएका सुरक्षा अधिकारीहरूको सहयोग रहेको थियो । 

विदेशमन्त्री विजिता हेराथले गत साता गरिएको प्रहरी छापामा कथित ठगीमा प्रयोग गरिएका दुई सय ५० कम्प्युटर र पाँच सय मोबाइल फोन पनि जफत गरिएको बताए । उनले कति रकम चोरी भएको थियो भन्नेबारे अनुसन्धान जारी रहेको जानकारी दिए । “उनीहरूले विशेषगरी विदेशी बैंक र वित्तीय संस्थाहरूलाई लक्षित गरेका छन्”, हेराथले छापामा लक्षित गिरोहहरूका बारेमा भने । 

कोलम्बोस्थित चिनियाँ दूतावासले श्रीलङ्काली प्रहरीसँग ‘विशेष अभियान’ सञ्चालन गर्न सुरक्षा अधिकारीहरूको एउटा ‘कार्य समूह’ पठाएको थियो । “ठूलो सङ्ख्यामा आपराधिक संदिग्धहरू पक्राउ परेका छन्”, दूतावासले वक्तव्यमार्फत भनेको छ, “स्वदेश फिर्ता र अन्य कामहरू जारी छन् ।”

सबैभन्दा ठूलो शनिबार भएको छापामा प्रहरीले एक सय २६ चिनियाँ पुरुषका साथै दुई भियतनामी, एक थाई र एक फिलिपिनोलाई पक्राउ गरिएको थियो । श्रीकङ्कासँग बलियो दूरसञ्चार पूर्वाधार छ । मुलुकको आर्थिक पतन हुनुभन्दा तीन वर्षअघि सन् २०१९ को जुन–अप्रिलमा श्रीलङ्का दक्षिण एसियामा फाइभ जी नेटवर्क सुरु गर्ने पहिलो मुलुक थियो । 

दूतावासको विज्ञप्तिमा चीनमा साइबर अपराधीहरूमाथिको कडाइले केहीलाई विदेशमा आपराधिक अवसरहरू खोज्न प्रेरित गरेको हुनसक्ने बताइएको छ । “चीन श्रीलङ्कासँग कानून कार्यान्वयन सहयोग थप सुदृढ गर्न तयार छ”, विज्ञप्तिमा भनिएको छ । जुनमा प्रहरीले अर्का दुई सय जना संदिग्धलाई पक्राउ गरेको थियो । उनीहरू मुख्यतया भारतीय थिए । उनीहरूमाथि पनि अनलाइन वित्तीय ठगी सञ्चालन गरेको आरोप लगाइएको थियो । रासस/एएफपी

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इङल्याण्ड पाकिस्तानसँग पहिलो इनिंगमा अझै १२७ रनले पछाडी

काठमाडौं । पाकिस्तान र इङल्याण्डबीचको दोस्रो टेस्टको दोस्रो दिन इङल्याण्डले ६ विकेट गुमाउँदै २३९ रन बनाएको छ । दोस्रो दिनको खेल सकिदा अझै इङल्याण्ड...

कानुन संशोधन गरेर प्रहरीमा नयाँ दिनको उदय गराइनेछ: प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय संसद्को आगामी अधिवेशनबाट विद्यमान नेपाल प्रहरी ऐनलाई संशोधन गर्ने विधेयक प्राथमिकताका पारित गरिने बता...

इजरायलको हमलामा दक्षिणी लेबनानका मेयरको मृत्यु

काठमाडौं । इजरायलले बुधवार दक्षिणी लेबनानको नबातिय सहरमा आक्रमण गरेको थियो । यो हमला नबातियको नगरपालिका भवनमा भएको थियो । आक्रमणमा सहरका मेयरसहित ६ जन...

बिपी राजमार्ग साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म बन्द हुने

काठमाडाैं । बाढी–पहिरोले क्षतविक्षत भएको बिपी राजमार्गअन्तर्गतको रोशी सडकखण्ड साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म बन्द हुने भएको छ ।  हाल ट्रयाक खोलेर स...

प्रधानमन्त्री ओली भन्छन्- सरकारसँग लगभग दुई तिहाइ छ भन्ने हेक्का रहोस्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारसँग लगभग दुई तिहाई छ भन्ने हेक्का रहोस् भन्दै परिर्वतनको हल्ला गर्नेलाई चेतावनी दिएका छन् ।  प्रहरी ...

तीन पुर्व क्रिकेटरलाई 'आइसीसी हल अफ फेम' सम्मान

काठमाडौं । आइसीसीले तीन पुर्व क्रिकेटरलाई 'आइसीसी हल अफ फेम' सम्मान दिएको छ । आइसीसीले बुधबार दक्षिण अफ्रिकाका एबी डिभीलियर, इङल्याण्डका एलस्ट...

दाङमा भाइको हत्या आरोपमा दाइ पक्राउ

घोराही । दाङमा आफ्नै भाइको हत्या गरेको आरोपमा दाइ पक्राउ परेका छन् । बबई गाउँपालिका –४ हापुरेमा दाजुले भाइको पेटमा छुरा प्रहार गरी हत्या गरेको आरोपमा ...

ताप्लेजुङमा दसैँमा २६ लाखको चामल बिक्री

ताप्लेजुङ । ताप्लेजुङस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दसैँको अवधिमा छब्बिस लाख रुपियाँ बढीको चामल बिक्री गरेको छ । कम्पनीले चाडपर्...

बाढी पहिरोबाट विस्थापित परिवार त्रिपालमुनि

धुलिखेल । तल बागमती खोला गड्गडाएर बगिरहेको छ । माथि रहेको डाँडामा त्रिपाल टाँगेर विस्थापित परिवार आफ्नो बगेको बस्ती भएको ठाउँ नियाल्दै दिन बिताइरहेका ...

रसियामा बेपत्ता भएका आफन्तको पीडा: फोनको घण्टी बज्नासाथ झस्कन्छु

कास्की ।  रसियामा बेपत्ता भएका बर्दिया बाँसगडीका ज्ञानबहादुर थापामगरकी श्रीमती इन्दिराका एक वर्षदेखि आँखा ओभाएका छैनन् । घरको सर्वस्व श्रीमान् बेपत्ता...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy