काठमाडौं । नाइजेरियाको उत्तरी क्षेत्रमा गएराति एउटा तेल ट्याङ्कर विस्फोट हुँदा सयभन्दा बढीको मृत्यु भएको छ ।
दुर्घटनापछि ट्याङ्करबाट लिक भएको तेल लुट्न आएका मानिसको भीडमा यो घटना भएको हो । यो घटना उत्तरी राज्य जिगावाको माजिया सहरमा भएको हो । तेलले भरिएको एउटा ट्याङ्कर पल्टिएर आगो लागेको र कम्तीमा १०५ जनाको मृत्यु भएको प्रहरीले बीबीसीलाई बताएको छ ।
विस्फोटमा अन्य ५० जना घाइते भएका छन्, जसलाई जिगावा राज्यको रिङ्गिम सहर नजिकैको अस्पतालमा भर्ना गरिएको छ । घाइतेहरुको अवस्था गम्भीर रहेको बताइएको छ । घटना मंगलबार राति भएको हुनाले, पुलिस अधिकारीहरूले मानिसहरूलाई ट्याङ्कर नजिक नजान चेतावनी दिएका थिए तर उनीहरूले बढ्दो भीडलाई नियन्त्रण गर्न सकेनन् । गाडी पल्टिएपछि पेट्रोल लिन मानिसहरुको भिड लागेपछि आगो फैलिएको थियो ।
तेल ट्यांकर कानोबाट आउँदै थियो र योबे राज्यको न्गुरुतर्फ गइरहेको थियो । यस घटनामा चालकलाई भने चोटपटक लागेको छैन । प्रहरीले उनलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आश्विन ३० गते, २०८१ - २१:०१
इस्तानबुल । पूर्वी टर्कीका धेरै क्षेत्रमा बुधबार ५.९ म्याग्निच्युडको भूकम्प गएको छ । अधिकारीहरूका अनुसार भूकम्पका कारण तत्काल कुनै मानवीय क्षतिको रिपो...
आश्विन ३० गते, २०८१ - २०:५०
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले रचनात्मक सुझाव दिएर सङ्घीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न ‘जय नेपाल ...
आश्विन ३० गते, २०८१ - २०:३७
काठमाडौं । नाइजेरियाको उत्तरी क्षेत्रमा गएराति एउटा तेल ट्याङ्कर विस्फोट हुँदा सयभन्दा बढीको मृत्यु भएको छ । दुर्घटनापछि ट्याङ्करबाट लिक भएको तेल ...
आश्विन ३० गते, २०८१ - २०:२८
जलेश्वर । यहाँको जलेश्वर–सम्सी सडकखण्डको भोल्ही चोकमा आज दिउँसो प्रहरीले स्रोत नखुलेको रु आठ लाख पाँच हजार पाँच सय नगदसहित एक जनालाई पक्राउ गरेको छ । ...
आश्विन ३० गते, २०८१ - २०:०९
काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहले सामाजिक सञ्जालमा एक कविता पोष्ट गर्दै हिन्दु राष्ट्र संविधानमा हैन, स्वाभिमानमा चाहिने बताएका छन् । ...
आश्विन ३० गते, २०८१ - १९:५७
काठमाडौं । पाकिस्तान र इङल्याण्डबीचको दोस्रो टेस्टको दोस्रो दिन इङल्याण्डले ६ विकेट गुमाउँदै २३९ रन बनाएको छ । दोस्रो दिनको खेल सकिदा अझै इङल्याण्ड...
आश्विन ३० गते, २०८१ - १९:५४
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय संसद्को आगामी अधिवेशनबाट विद्यमान नेपाल प्रहरी ऐनलाई संशोधन गर्ने विधेयक प्राथमिकताका पारित गरिने बता...
आश्विन ३० गते, २०८१ - १९:५०
काठमाडौं । इजरायलले बुधवार दक्षिणी लेबनानको नबातिय सहरमा आक्रमण गरेको थियो । यो हमला नबातियको नगरपालिका भवनमा भएको थियो । आक्रमणमा सहरका मेयरसहित ६ जन...
आश्विन ३० गते, २०८१ - १९:०५
काठमाडाैं । बाढी–पहिरोले क्षतविक्षत भएको बिपी राजमार्गअन्तर्गतको रोशी सडकखण्ड साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म बन्द हुने भएको छ । हाल ट्रयाक खोलेर स...
आश्विन ३० गते, २०८१ - १८:५९
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारसँग लगभग दुई तिहाई छ भन्ने हेक्का रहोस् भन्दै परिर्वतनको हल्ला गर्नेलाई चेतावनी दिएका छन् । प्रहरी ...
प्रतिकृया लेख्नुहोस्: