सिन्धुली। सुनकोशी नदीको बाढीले बगाएको सिन्धुलीको गोलन्जोर गाँउपालिका–७ खुर्कोट र रामेछापको मन्थली नगरपालिका–६ सेलेघाट जोड्ने पुलमा बेलिब्रिज निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।
खुर्कोट–मन्थली सडक अन्तर्गत उक्त पुलको आधा भाग(रामेछाप जिल्लातर्फको) हालैको अविरल वर्षापछि सुनकोशी नदीमा आएको बाढीले बगाएपछि नेपाली सेनाको प्राविधिक टोलीले त्यहाँ असोज २० गतेदेखि बेलीब्रिज निर्माण (जडान) सुरु गरेको थियो । अब दुई दिनभित्र बेलिब्रिज निर्माण कार्य सम्पन्न हुने सिन्धुलीको सदरमुकामस्थित नेपाली सेनाको भवानी बक्स गणले जनाएको छ ।
उक्त गणका गणपति बद्रि कुँवरका अनुसार अब पुलमा टायर गुड्ने लगायतका केही ठाँउमा पाटपुर्जा हाल्ने र ठोकठाक गर्ने ९फिनिसिङ्०काम बाँकी छ। अहिले त्यही काम भइरहेको छ । पुल बगेको रामेछापतर्फको भागमा बुधबार बेलुका बेलीब्रिजको बेस लगेर टेकाउने काम सकिएको छ ।
'मैले बुभ्दा शनिबारबाट गाडी चलाउन मिल्छ भनेका छन्,'उनले भने '१८० फिट लम्बाईको बेलीब्रिज जडान गर्ने कार्य भइरहेको छ । नेपाली सेनाको प्राविधिक टोलीले द्रुत गतिमा काम गरि रहेको छ ।' उक्त प्राविधिक टोलीले दशैंको बेलामा समेत दुई दिन बिदा लिएर काम गरि रहेको भवानी बक्स गणले जनाएको छ ।
एसियाली विकास बैंकको १७ करोड रुपियाँभन्दा बढी सहयोगमा रोड कनेक्टिभिटी सेक्टर आयोजनाले सुनकोसी नदीमा दुई वटा स्पानको उक्त पुल आर्थिक बर्ष २०७१-०७२ मा निर्माण गरेको थियो ।
रामेछाप, दोलखा, सोलुखुम्बु र ओखलढुंगाका केही भागलाई तराईसँग जोड्न बीपी राजमार्ग र मध्येपहाडी राजमार्गका लागि खुर्कोटस्थित सुनकोशी नदीको पुल बरदान सावित भएको स्थानीयले बताएका छन् । पुल बाढीले बगाएसँगै हालसम्म रामेछाप र दोलखा जिल्लाको खुर्कोटस्थित बीपी राजमार्गसँगको सम्पर्कविच्छेद भएको छ ।
गोलन्जोर गाँउपालिकाका अध्यक्ष शंकर बरालले खुर्कोटमा बेलीब्रिज निर्माणसँगै हिमाल, पहाड र तराईको सम्बन्ध जोडिएको बताए । तराई र हिमाललाई छोटो दुरीमा जोड्ने बीपी राजमार्ग जोडिएको खुर्कोट पुल तराईका जिल्लाबाट रामेछाप र दोलखा जिल्लालाई खाद्यान्न लगायत दैनिक उपभोग्य बस्तु ढुवानी गर्ने एकमात्र नाका भएको गाँउपालिका अध्यक्ष बरालको भनाइ छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ५ गते, २०८२ - १६:३२
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०ले आगामी माघ ११ मा हुने राष्ट्रियसभा निर्वाचन र फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार छनोट...
पौष ५ गते, २०८२ - १६:१५
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारलाई कुनै पनि बहानामा निर्वाचनको मिति सार्न नहुने च...
पौष ५ गते, २०८२ - १६:०२
काठमाडौं । सहकारी ठगी प्रकरणमा पक्राउ परी हालै धरौटीमा रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने शनिबार चितवनबाट काठमाडौँ ...
पौष ५ गते, २०८२ - १५:५०
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले खुला मञ्च खुला गर्न सरकार र महानगरपालिकालाई आग्रह गरेका छन्। पार्टीको बागमत...
पौष ५ गते, २०८२ - १५:३५
काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा)को एकता सन्देशसभा काठमाडौंमा जारी छ । शनिबार काठमाडौँको भृकुटीमण्डपमा सभा आयोजना भएको हो । सभालाई नेकपा ...
पौष ५ गते, २०८२ - १५:०३
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधव कुमार नेपालले आफ्नो पार्टी इमानदारीताका साथ अघि बढेको दाबी गरेका छन् र देश विकासका लागि एकपटक आफ्न...
पौष ५ गते, २०८२ - १४:४९
चितवन। उज्यालो नेपाल पार्टीकी नेतृ रिमा विश्वकर्माले एमाले अध्यक्ष केपी शर्मा ओलीले “जाँचबुझ आयोगमा बोलाउँदा देश ठप्प पार्छौं” भन्ने अभिव्यक्तिप्रति आ...
पौष ५ गते, २०८२ - १४:३२
अन्तिममा मिल्नुपर्नेहरू हामी मिलेरै छाड्छौं, सबै साथीहरू संवादमै हुनुहुन्छ
पौष ५ गते, २०८२ - १४:२०
काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीले काठमाडौंमा आयोजना गरेको बागमती प्रदेशस्तरीय एकता सन्देश सभा सुरु हुनुअघि र्यालीसहित प्रदर्शन गरेको छ। विभिन्न स्...
पौष ५ गते, २०८२ - १३:४२
काठमाडौँ। नेकपा एमालेका नेता ईश्वर पोखरेल समूहको भेला काठमाडौंमा सुरु भएको छ। काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा उक्त समूहको भेला सुरु भएको ह...




प्रतिकृया लेख्नुहोस्: