Khabar Dabali ३१ बैशाख २०८३ बिहीबार | 14th May, 2026 Thu
Investment bank

सुनकोशी बेलीबिज्र निर्माण अन्तिम चरणमा

खबरडबली संवाददाता

सिन्धुली। सुनकोशी नदीको बाढीले बगाएको सिन्धुलीको गोलन्जोर गाँउपालिका–७ खुर्कोट र रामेछापको मन्थली नगरपालिका–६ सेलेघाट जोड्ने पुलमा बेलिब्रिज निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

खुर्कोट–मन्थली सडक अन्तर्गत उक्त पुलको आधा भाग(रामेछाप जिल्लातर्फको) हालैको अविरल वर्षापछि सुनकोशी नदीमा आएको बाढीले बगाएपछि नेपाली सेनाको प्राविधिक टोलीले त्यहाँ असोज २० गतेदेखि बेलीब्रिज निर्माण (जडान) सुरु गरेको थियो । अब दुई दिनभित्र बेलिब्रिज निर्माण कार्य सम्पन्न हुने सिन्धुलीको सदरमुकामस्थित नेपाली सेनाको भवानी बक्स गणले जनाएको छ ।

उक्त गणका गणपति बद्रि कुँवरका अनुसार अब पुलमा टायर गुड्ने लगायतका केही ठाँउमा पाटपुर्जा हाल्ने र ठोकठाक गर्ने ९फिनिसिङ्०काम बाँकी छ। अहिले त्यही काम भइरहेको छ । पुल बगेको रामेछापतर्फको भागमा बुधबार बेलुका बेलीब्रिजको बेस लगेर टेकाउने काम सकिएको छ ।

'मैले बुभ्दा शनिबारबाट गाडी चलाउन मिल्छ भनेका छन्,'उनले भने '१८० फिट लम्बाईको  बेलीब्रिज जडान गर्ने कार्य भइरहेको छ । नेपाली सेनाको प्राविधिक टोलीले द्रुत गतिमा काम गरि रहेको छ ।' उक्त प्राविधिक टोलीले दशैंको बेलामा समेत दुई दिन बिदा लिएर काम गरि रहेको भवानी बक्स गणले जनाएको छ । 

एसियाली विकास बैंकको १७ करोड रुपियाँभन्दा बढी सहयोगमा रोड कनेक्टिभिटी सेक्टर आयोजनाले सुनकोसी नदीमा दुई वटा स्पानको उक्त पुल आर्थिक बर्ष २०७१-०७२ मा निर्माण गरेको थियो ।

रामेछाप, दोलखा, सोलुखुम्बु र ओखलढुंगाका केही भागलाई तराईसँग जोड्न बीपी राजमार्ग र मध्येपहाडी राजमार्गका लागि खुर्कोटस्थित सुनकोशी नदीको पुल बरदान सावित भएको स्थानीयले बताएका छन् । पुल बाढीले बगाएसँगै हालसम्म रामेछाप र दोलखा जिल्लाको खुर्कोटस्थित बीपी राजमार्गसँगको सम्पर्कविच्छेद भएको छ ।

गोलन्जोर गाँउपालिकाका अध्यक्ष शंकर बरालले खुर्कोटमा बेलीब्रिज निर्माणसँगै हिमाल, पहाड र तराईको सम्बन्ध जोडिएको बताए । तराई र हिमाललाई छोटो दुरीमा जोड्ने बीपी राजमार्ग जोडिएको खुर्कोट पुल तराईका जिल्लाबाट रामेछाप र दोलखा जिल्लालाई खाद्यान्न लगायत दैनिक उपभोग्य बस्तु ढुवानी गर्ने एकमात्र नाका भएको गाँउपालिका अध्यक्ष बरालको भनाइ छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

प्रधानमन्त्रीको कार्यशैलीविरुद्ध सडकमा युवाको प्रदर्शन

काठमाडौं । संसद्मा प्रधानमन्त्रीको खोजी भइरहेका बेला सडकमा पनि युवाहरूले सरकार र प्रधानमन्त्री बालेन शाहको कार्यशैलीविरुद्ध प्रदर्शन गरेका छन्। मुख...

राष्ट्रिय सतर्कता केन्द्रद्वारा सम्पत्ति विवरण अनुगमन प्रतिवेदन पेस

काठमाडौँ। राष्ट्रिय सतर्कता केन्द्रद्वारा आर्थिक वर्ष २०८१/८२ को सम्पत्ति विवरण अनुगमन प्रतिवेदन अख्तियार दुरुपयोग अनुसन्धान आयोग समक्ष पेस गरिएको छ ।...

निजामती कर्मचारीलाई राजनीतिक गतिविधिबाट टाढा रहन सरकारको कडा निर्देशन

काठमाडौं । सरकारले निजामती कर्मचारीहरूलाई कुनै पनि राजनीतिक दल वा भ्रातृ संगठनमा आबद्ध नहुन कडा निर्देशन जारी गरेको छ। संघीय मामिला तथा सामान्य प्र...

सांसदहरूले अवरोधपछि बिहीबार बस्नेगरी बैठक स्थगित

काठमाडौँ। प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दलका सांसदहरूको अवरोध कायमै रहेपछि बिहीबार ११ बजेसम्मका लागि संसद् बैठक स्थगित भएको छ । प्रधानमन्त्री वाले...

जवाफ दिने समयमा पनि प्रधानमन्त्री अनुपस्थित भए बैठक बहिष्कार गर्ने कांग्रेसको चेतावनी

काठमाडौं । नेपाली कांग्रेसले नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री बालेन शाहले नदिने भए प्रतिनिधिसभा बैठक बहिष्कार गर्ने चेतावनी दि...

प्रधानमन्त्री बालेन अनुपस्थित भएपछि सांसद हर्क साम्पाङ बैठक छोडेर हिडे

काठमाडौं । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा प्रधानमन्त्री बालेन शाह उपस्थित नभएपछि श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा बैठक बहिष्का...

विपक्षी सांसदले संसद्‌मै मागे प्रधानमन्त्रीको राजीनामा

काठमाडौं । विपक्षी दलका सांसदहरूले संसद्मा प्रधानमन्त्री बालेन शाहको राजीनामा माग गरेका छन्। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलको जव...

न्यायाधीशबारे रास्वपाको अभिव्यक्तिप्रति कांग्रेसको आपत्ति, दुई तिहाइको दम्भ देखाउँदै सदनलाई लत्काए

काठमाडौं । नेपाली कांग्रेसका सचेतक निश्कल राईले रास्वपा संसदीय दलका उपनेता गणेश पराजुलीको अभिव्यक्तिप्रति प्रतिनिधिसभामा आपत्ति जनाएका छन्। प्रतिनि...

प्रधानमन्त्रीको अनुपस्थितिप्रति कांग्रेसको आपत्ति, संसद्मा बोलाउन माग

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा बैठकमा उपस्थित गराउन सभामुखमार्फत रुलिङ गर्न माग गरेको छ। प्रतिनिधिसभा बैठकको आकस्मिक सम...

लगानी व्यवस्थापन समितिमा खड्का र थकाली मनोनयन

काठमाडौं। मन्त्रीपरिषद बैठकले सरकारी लगानी व्यवस्थापन समितिको सदस्यमा प्रतिनिधिसभा सदस्य सुशील खड्का (बागलुङ) र योगेश गौचन थकाली (मुस्ताङ) लाई मनोनयन ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending