Khabar Dabali १३ असार २०८३ शनिबार | 27th June, 2026 Sat
Investment bank

बीपी राजमार्गमा राति आवागमन बन्द

खबरडबली संवाददाता

सिन्धुलीमाढी। बाढीपहिरोका कारण क्षतिग्रस्त बिपी राजमार्गअन्तर्गत सिन्धुली जिल्लामा पर्ने नेपालथोक–बर्षेखोला खण्डमा रातको समयमा सवारी सञ्चालन बन्द गरिएको छ ।

सडक डिभिजन खाल्टे–सिन्धुलीले बुधबार सूचना जारी गरी नेपालथोकदेखि बर्षेखोला खण्ड ४ किलोमिटर सडकमा हाललाई बेलुका –६ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन सञ्चालन बन्द गरिएको जनाएको छ ।

कार्यालयका सूचना अधिकारी प्रदीप तामाङका अनुसार नेपालथोकदेखि बर्षेखोला खण्ड हालैको अविरल वर्षापछि रोसी खोलामा आएको बाढीले पूर्ण बगाएकाले सवारी आवागमनका लागि खोलिएको ट्रयाक थप मर्मत गर्नुपर्ने भएकाले रातको समयमा सवारी सञ्चालन बन्द गरिएको हो ।

उनले भने, ‘सवारी सञ्चालनका लागि खोलिएको ट्रयाक सडकमा अहिले स्तरोन्नति गर्ने र सम्भव भएको ठाउँमा चौडाइ बढाउने काम भइरहेको छ । सवारी आवागमनले काममा अवरोध पुग्ने हुनाले हाललाई रातको समयमा सवारी आवागमन रोकिएको हो ।’

उक्त खण्डमा ट्रयाकको मर्मत तथा सुधार गरी यात्रालाई थप सरल र सुरक्षित बनाउने कार्य भएकाले जुनसुकै समयमा पनि उक्त खण्डमा सुख्खा पहिरो जाने सम्भावना रहेकाले रातको समयमा सवारी सञ्चालन रोक लगाउनुपरेको उनले जानकारी दिए।

कुल १६० किलोमिटर लम्बाइको बीपी राजमार्गमा रोसी खोलामा आएको बाढीले  नेपालथोकदेखि भकुण्डेबेंसी खण्डको १२ किलोमिटरभन्दा बढी सडक क्षति गरेको छ । उक्त खण्डमा दसैंअघि ट्रयाक निर्माण गरी हाल एकतर्फी सवारी साधन सञ्चालन गरिएको छ । तर सडक साँघुरो भएकाले सवारी साधन धेरै समय जाममा पर्दा यात्रा कष्टकर बनेको यात्रुहरुको गुनासो छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

अत्यधिक गर्मीमा बाँकेमा विद्युत अनियमित, जनजीवन कष्टकर

नेपालगन्ज। बाँके जिल्लाको नेपालगन्ज, कोहलपुर र खजुरा लगायतका क्षेत्रमा गत केहिदिनदेखि अत्यधिक गर्मी बढेको छ । अत्यधिक गर्मी बढेकै समयमा जिल्लाको वि...

उद्योग मन्त्रालयले प्रधानमन्त्रीलाई बुझायो ३२ बुँदे कार्यसम्पादन प्रतिवेदन

काठमाडौं । सरकार गठन भएको सय दिन पूरा हुनुअघि नै उद्योगमन्त्री गौरीकुमारी यादवले ३२ बुँदे कार्यसम्पादन प्रतिवेदन प्रधानमन्त्री बालेन शाह लाई बुझाएकी छ...

तिलागुफाले स्थानीयलाई काजकिरिया खर्च उपलब्ध गराउने

कालीकोट । तिलागुफा नगरपालिकाले नगरभित्र बसोबास गर्ने नागरिकको मृत्यु भएमा काजकिरियाबापत रु १० हजार खर्च उपलब्ध गराउने भएको छ । आगामी आर्थिक वर्ष २०८३/...

भेनेजुएलाको भूकम्पमा विदेशी नागरिक पनि प्रभावित

काराकास। भेनेजुएलामा बुधबार गएको दुई शक्तिशाली भूकम्पमा मृत्यु हुनेको सङ्ख्या ९२० पुगेको छ । मृतकमध्ये विभिन्न देशका नागरिक पनि रहेको सम्बन्धित देशहरू...

काठमाडौँमा बर्डफ्लु बढ्दै, एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

ललितपुर। काठमाडौँ उपत्यकामा पछिल्लो तीन महिनायता देखिएको बर्डफ्लु (एच-फाइभ एन-वान) सङ्क्रमण हाल तीव्र रूपमा फैलिन थालेको छ। पशुसेवा विभागका अनुसार हाल...

न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम नकआउट चरणमा

काठमाडौँ। न्युजिल्यान्डलाई पराजित गर्दै बेल्जियम  विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । क्यानडाको बिसी प्लेस भ्यानकुभर स्टेडियममा शनिबार भएक...

विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ

विराटनगर। विराटनगरका नेपाली कांग्रेस नेता अभिषेक गिरी पक्राउ परेका छन्। शनिबार बिहान प्रहरीले उनको घरमा छापा मारेर खानतलासी गरेपछि उनलाई नियन्त्रणमा ल...

म्याग्दीमा टिप्परको ठक्करबाट मजदुरको मृत्यु

म्याग्दी। म्याग्दीको धवलागिरी गाउँपालिका–४ राताखोला स्थित ६५ मेगावाट क्षमताको म्याग्दी खोला जलविद्युत् आयोजनामा टिप्परको ठक्करबाट एक मजदुरको मृत्यु भए...

रवि लामिछानेलाई पूर्णबहादुर खड्काको बधाई

काठमाडौं। नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले रवि लामिछानेलाई राष्ट्रिय स्वतन्त्र पार्टीको प्रथम राष्ट्रिय महाधिवेशनबाट क...

भक्तपुरमा छोराको कुटपिटबाट आमाको मृत्यु

काठमाडौं । भक्तपुरमा आफ्नै छोराको कुटपिटबाट एक महिलाको मृत्यु भएको छ। उदयपुरको कटारी नगरपालिका–५ स्थायी घर भई हाल भक्तपुरको सूर्यविनायक नगरपालिका–९...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending