सिन्धुलीमाढी। बाढीपहिरोका कारण क्षतिग्रस्त बिपी राजमार्गअन्तर्गत सिन्धुली जिल्लामा पर्ने नेपालथोक–बर्षेखोला खण्डमा रातको समयमा सवारी सञ्चालन बन्द गरिएको छ ।
सडक डिभिजन खाल्टे–सिन्धुलीले बुधबार सूचना जारी गरी नेपालथोकदेखि बर्षेखोला खण्ड ४ किलोमिटर सडकमा हाललाई बेलुका –६ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन सञ्चालन बन्द गरिएको जनाएको छ ।
कार्यालयका सूचना अधिकारी प्रदीप तामाङका अनुसार नेपालथोकदेखि बर्षेखोला खण्ड हालैको अविरल वर्षापछि रोसी खोलामा आएको बाढीले पूर्ण बगाएकाले सवारी आवागमनका लागि खोलिएको ट्रयाक थप मर्मत गर्नुपर्ने भएकाले रातको समयमा सवारी सञ्चालन बन्द गरिएको हो ।
उनले भने, ‘सवारी सञ्चालनका लागि खोलिएको ट्रयाक सडकमा अहिले स्तरोन्नति गर्ने र सम्भव भएको ठाउँमा चौडाइ बढाउने काम भइरहेको छ । सवारी आवागमनले काममा अवरोध पुग्ने हुनाले हाललाई रातको समयमा सवारी आवागमन रोकिएको हो ।’
उक्त खण्डमा ट्रयाकको मर्मत तथा सुधार गरी यात्रालाई थप सरल र सुरक्षित बनाउने कार्य भएकाले जुनसुकै समयमा पनि उक्त खण्डमा सुख्खा पहिरो जाने सम्भावना रहेकाले रातको समयमा सवारी सञ्चालन रोक लगाउनुपरेको उनले जानकारी दिए।
कुल १६० किलोमिटर लम्बाइको बीपी राजमार्गमा रोसी खोलामा आएको बाढीले नेपालथोकदेखि भकुण्डेबेंसी खण्डको १२ किलोमिटरभन्दा बढी सडक क्षति गरेको छ । उक्त खण्डमा दसैंअघि ट्रयाक निर्माण गरी हाल एकतर्फी सवारी साधन सञ्चालन गरिएको छ । तर सडक साँघुरो भएकाले सवारी साधन धेरै समय जाममा पर्दा यात्रा कष्टकर बनेको यात्रुहरुको गुनासो छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष ४ गते, २०८२ - १६:५३
काठमाडौं । जिल्ला कारागार कार्यालय कञ्चनपुरमा तनाव उत्पन्न भएको छ। कारागारभित्र रहेका कैदीबन्दीबीच विवाद भएपछि अवस्था तनावग्रस्त बनेको हो। तनाव भएक...
पौष ४ गते, २०८२ - १६:४८
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष तहका चार नेतालाई छलफलका लागि बोलाएका छन्। शनिबार बिहान ९ बजे बैठक बस्ने गरी उनले ...
पौष ४ गते, २०८२ - १६:३१
काठमाडौँ । जेनजी युवा पुस्ताको आन्दोलनको रिपोर्टिङका क्रममा घाइते भएका पत्रकारको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । शुक्रबार घाइते पत्रकारलाई न...
पौष ४ गते, २०८२ - १६:१७
काठमाडौँ। नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेको काँधमा अहिले असाधारण जिम्मेवारी रहेको बताएको छन्। ११ औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन...
पौष ४ गते, २०८२ - १६:०४
काठमाडौँ । अमेरिकाले अवैध रूपमा बसोबास गर्दै आएका तथा कानुनको पालना नगरेका ७५ जना नेपालीलाई एकै दिन डिपोर्ट गरेको छ। उनीहरूलाई बिहीबार दिउँसो चार्टर्ड...
पौष ४ गते, २०८२ - १५:४२
एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने जस्तो नक्कली आवरणको पार्टी होइन
पौष ४ गते, २०८२ - १५:२४
काठमाडौँ। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जेनजी आन्दोलनका क्रममा घाइते भएका पत्रकारलाई सम्मान गरेको छने । शुक्रबार मन्त्रालयमा विशेष क...
पौष ४ गते, २०८२ - १५:१०
चितवन । चितवनको भरतपुरबाट रास्वपा सभापति रवि लामिछानेलाई अहिले रुपन्देहीतर्फ लगिँदैछ। भैरहवा विमानस्थलमा घना हुस्सु ९कुहिरो०का कारण उडान नखुलेपछि उनी ...
पौष ४ गते, २०८२ - १४:५०
काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले बाँसवाट निर्माण हुने संरचनाको डिजाइन सम्बन्धी मार...
पौष ४ गते, २०८२ - १४:४२
काठमाडौँ । अमेरिकाले ‘ग्रीन कार्ड लटरी’ योजना अस्थायी रूपमा स्थगित गरेको छ। यो निर्णय ब्राउन युनिभर्सिटीमा दुई जनाको ज्यान जाने गोलीकाण्डपछि अमेरिकी र...




प्रतिकृया लेख्नुहोस्: