Ntc summer Offer
Khabar Dabali २ कार्तिक २०८१ शुक्रबार | 18th October, 2024 Fri
Investment bank

निजी सङ्कलनको दुध नलिने निर्णयपछि डिडिसी केन्द्रमा तालाबन्दी

खबरडबली संवाददाता

बनेपा । दुग्ध विकास संस्थान (डिडिसी) ले बिहीबारदेखि निजी संस्था/फर्म तथा निजी डेरीबाट सङ्कलन भएको दुध नलिने निर्णय गरेपछि काभ्रेपलाञ्चोक जिल्लामा रहेका निजी डेरी तथा फर्म सञ्चालकले डिडिसी बनेपा सङ्कलन केन्द्रमा तालाबन्दी गरेका छन् । 

डिडिसीले आफूहरुलाई कुनै जानकारी नै नदिई पाँच महिनासम्मको दुधको भुक्तानी नदिई दुध नलिने निर्णय गरेका कारण आफूहरु बाध्य भएर तालाबन्दी गर्नु परेको निजी डेरी फर्म सञ्चालकले जनाएका छन् । माता मनकामना दुग्ध डेरी तथा ढकाल गणेश भैँसी फार्मका सञ्चालक कुमार तिमल्सिनाले आफूले पाँच महिनाको दुधको भुक्तानी नदिई विना जानकारी कात्तिक १ गतेबाट दुध नलिने निर्णयको सर्कुलर जारी गरेका कारण आफूले बाध्य भएर तालाबन्दी गर्नुपरेको बताए । 

उनले डिडिसीले भुक्तानी गर्नुपर्ने रकम अविलम्ब दिनुपर्ने र हाल निजी फर्मबाट सङ्कलन भएर आएको दुध लिनुपर्ने आफूहरुको माग रहेको बताए । उनले आफूहरुको माग पुरा नभएसम्म डिडिसी बनेपा सङ्कलन केन्द्रमा लागेको ताला नखोल्ने बताए । उनले डिडिसीले जिल्लामा रहेका किसानको लागि करोडौँ रुपियाँ भुक्तानी गर्न बाँकी रहेको बताए । 

दुग्ध विकास संस्थानका महाप्रबन्धक डा. सूर्यप्रसाद पौडेलको अध्यक्षतामा असोज १५ गते बसेको उच्च व्यवस्थापन समितिको बैठकले नेपाल सरकारको नियमानुसार दर्ता भएर सञ्चालनमा रहेका सरकारी संस्था तथा सरकारी फर्मबाट सङ्कलन भएको कच्चा दुध सङ्कलन गर्ने निर्णय गरेको थियो । 

बैठकले नेपाल सरकारको नियमानुसार दर्ता भएर प्राथमिक उत्पादक रहेका पशु फार्मबाट दुध सङ्कलन गर्नुपरेको अवस्थामा आयोजनाले फर्मको निवेदन लिई निजको दर्ता प्रमाणपत्र राखि फर्मको साइज, उत्पादन परिमाण तथा संस्थानलाई उपलब्ध गराउने दुधको परिमाण यकिन गरेर केन्द्रीय कार्यलयबाट स्वीकृति लिएर मात्र दुध संकलन गर्ने निर्णय गरेको थियो । 

दुग्ध विकास संस्थान बनेपा सङ्कलन केन्द्रका प्रमुख किशोर सिंहले संस्थानले निजी फर्म तथा सङ्कलकले सङ्कलन गरेको दुध नलिने निर्णय गरेपछि निजी सङ्कलन आन्दोलित बनी सङ्कलन केन्द्रमा तालाबन्दी गरेको बताए । उनले तालबन्दीमा उत्रिएका निजी फर्म तथा दूध सङ्कलनको मागको विषयमा छलफल गर्नका लागि शुक्रबार ११ बजेको लागि केन्द्रीय कार्यालयमा समय मिलाइएको बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एसियन तेक्वान्दोमा नेपाललाई रजत पदक

काठमाडौं । ‘छैटौँ कासाद एसियन तेक्वान्दो च्याम्पियनसिप’मा नेपालका अभिषेक बरालले रजत पदक प्राप्त गरेका छन् ।  इण्डोनेसियाको जकार्तामा आज भएको उक्त प्र...

गोविन्दे हात्तीमा रेडियोकलर जडान

चितवन । चितवन राष्ट्रिय निकुञ्जले जङ्गली हात्ती गोविन्देमा रेडियोकलर जडान गरेको छ । गोविन्देले निकुञ्जका कर्मचारीलाई आक्रमण गरी मारेपछि  रेडियोकलर जडा...

काठमाडौं महानगरद्वारा बुद्धमाई अस्पताललाई एकलाख जरिवाना

काठमाडौं । काठमाडौं महानगरपालिकाले बुद्धमाई अस्पताल टेकुलाई फोहर व्यवस्थापनमा लापरबाही गरेका कारण एक लाख रुपैयाँ जरिवाना गरेको छ । चौथो पटक अनुगमन गर्...

दसैँभर कोशी प्रदेशमा २६९ दुर्घटना हुँदा १४ जनाको मृत्यु

माेरङ । कोशी प्रदेशभर २६९ वटा दुर्घटनामा परी १४ जनाको मृत्यु भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले बिहीबार पत...

हेमांग बदानी बने दिल्ली क्यापिटल्सको मुख्य प्रशिक्षक

काठमाडौं । पुर्व क्रिकेटर हेमांग बदानी आइपिएल टिम दिल्ली क्यापिटल्सको मुख्य प्रशिक्षक बनेका छन् । बदानीले अब पुर्व प्रशिक्षक रिक्की पोन्टिङको स्थान लि...

कोशी सरकारको न्यूनतम साझा कार्यक्रम सार्बजनिक

विराटनगर । कोशी प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम सार्बजनिक गरिएको छ । सरकारको गत असोज ६ गते बनाएको कार्यदलले तयार गरेको न्यूनतम साझा कार्यक्रम वि...

धादिङमा एक वृद्धा मृत फेला

धादिङ । धादिङको सिद्धलेक गाउँपालिका– ६ कुम्पुरभञ्ज्याङस्थित सिम्लेमा एक वृद्धा मृत भेटिएकी छिन् । ८६ वर्षीया सुन्तली घले गएराति घरनजिकै मृत अवस्थामा भ...

नेपाली राष्ट्रिय क्रिकेट टिमको मेन्टरमा पुबुदु दासानायके नियुक्त

काठमाडौं । नेपाली टोलीको पूर्व मुख्य प्रशिक्षक पुबुदु दासानायके राष्ट्रिय क्रिकेट टोलीको मेन्टरमा नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले द...

साफ महिला च्याम्पियनसिपमा पाकिस्तानमाथि भारत ५-२ ले विजयी

काठमाडौं । भारतले साफ महिला च्याम्पियनसिपमा विजयी शुरुवात गरेको छ । विहिबार सम्पन्न खेलमा भारतले पाकिस्तानलाई ५-२ गोल अन्तरले पराजित गर्दै विजयी शुरुव...

जुम्लाका ग्रामीण भेगमा विद्युत् लाइन विस्तार

जुम्ला । जुम्लाका ग्रामीण भेगमा विद्युत्को लाइन विस्तार गरिएको छ । यहाँका विभिन्न बस्तीमा अहिले राष्ट्रिय  प्रसारण लाइन विस्तारको काम धमाधम भइरहेको छ ...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy