काठमाडौं । नेपालले अमेरिकालाई टी–ट्वेन्टी आई सिरिजको पहिलो खेलमा १७ रनले पराजित गरेको छ।
टेक्ससको डालासस्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा आज बिहान भएको खेलमा कप्तान रोहित पौडेलको ४९ रन र बलरको कसिलो बलिङमा अमेरिकालाई १७ रनले हराएको छ।
१६५ रनको विजयी लक्षसहित मैदानमा उत्रिएको घरेलु टोली अमेरिकाले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १४७ रन मात्र बनाउन सक्यो। अमेरिकाका लागि श्याम जाहंगिरले नटआउट ६० रन बनाए पनि पर्याप्त भएन। अमेरिकाका एन्ड्रिज गौरले ३० रन बनाए। नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ३ विकेट लिए।
त्यस अघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरको खेलमा ९ विकेट गुमाउँदै १ सय ६४ रन बनाएको थियो। नेपालका लागि कप्तान रोहित कुमार पौडेलले ४९ रन बनाए ।
साथै दिपेन्द्र सिहं एरीले २८ रन बनाउँदा आसिफ सेख र अनिल शाहले समान २७/२७ रन बनाए। गुल्शन झाले ११ रन बनाउदा कुशल भर्तेल १० रनमा आउट भए। यसैगरि सोमपाल कामीले २ रन मात्र बनाउन सके।
दोस्रो खेल आइतबार बिहान र तेस्रो तथा अन्तिम टी–ट्वेन्टी आई सोमबार बिहान हुनेछ। यो सिरिजपछि नेपाल, अमेरिका र स्कटल्यान्डबीच लिग–टू का खेल हुनेछन्।
लिग–टू सिरिज २५ अक्टोबरदेखि डालास मै सुरु हुनेछ। रोहित पौडेलको टोली क्यानडामा लिग टू र टी–ट्वेन्टी आई सिरिज खेलेर त्यहीँबाट अमेरिका गएको हो।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २० गते, २०८२ - ०८:१९
काठमाडौं । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले बुधवार साँझ ह्वाइट हाउसबाट राष्ट्रका नाममा सम्बोधन गर्दा इरान युद्धबारे विगतमा आफूले भन्...
चैत्र २० गते, २०८२ - ०८:१५
फागुनमा मूल्यवृद्धि दर एक वर्षयताकै उच्च, यसको प्रभाव देखिन दुई–तीन महिना लाग्ने
चैत्र २० गते, २०८२ - ०८:१०
दमौली । डुम्रे बेँसीसहर सडकअन्तर्गत तनहुँको भानु नगरपालिकाको कुकुदी– तुरतुरे खण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ । भानु नगरपालिका–३ कुकुर्दीदेखि ...
चैत्र २० गते, २०८२ - ०८:०८
काठमाडौं । निर्माण व्यवसायी महासंघको अध्यक्षमा निकोलस पाण्डे निर्वाचित भएका छन् । निर्वाचन समितिले घोषणा गरेको परिणामअनुसार पाण्डे ५१४ मत ल्याएर विजयी...
चैत्र २० गते, २०८२ - ०८:०२
पदाधिकारीकै आपत्तिपछि सचिवालय बैठकमा छलफल गरिने
चैत्र २० गते, २०८२ - ०७:५०
सुनसरी । पिपलको छहारीमुनि बिछ्याइएका प्लास्टिकका म्याट र बोरा । पिपलको रुखमा अड्याइएको बोर्डमा लेखिएको छ– ‘श्री पिपलबोटे खुला विद्यालय ।’ जहाँ नर्स...
चैत्र २० गते, २०८२ - ०७:४१
काठमाडौँ । चालु आर्थिक वर्षको फागुन मसान्तसम्म विदेशमा गएका नेपालीले रु १४ खर्ब ४९ अर्ब ६५ करोडबराबरको विप्रेषण देशभित्र पठाएका छन् । नेपाल राष्ट्र बै...
चैत्र २० गते, २०८२ - ०७:३८
काठमाडौँ । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव कायम छ । यसका कारण गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भेगमा साधारणतया बादल लाग...
चैत्र २० गते, २०८२ - ०७:२४
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले एम्बुलेन्स सेवालाई वैज्ञानिक, व्यावहारिक र थप सहज बनाउँदै लानका लागि दुईपाङ्ग्रे एम्बुलेन्स सेवा सञ्चालनको तयारी था...
चैत्र २० गते, २०८२ - ०७:२३
जुम्ला । कर्णाली राजमार्ग सडकखण्डका वर्षौँदेखि अलपत्र अवस्थामा रहेको दश वटा रुग्ण ठेक्का एकैपटक सडक डिभिजन कार्यालयले तोड्ने प्रक्रिया सुरु गरेको छ । ...


प्रतिकृया लेख्नुहोस्: