Ntc summer Offer
Khabar Dabali २ कार्तिक २०८१ शुक्रबार | 18th October, 2024 Fri
Investment bank

सुनको मूल्य प्रति आउन्स दुई हजार सात सय डलरभन्दा माथि

खबरडबली संवाददाता

हङकङ । व्यापारीहरूले सुनलाई सुरक्षित सम्पत्तिको स्रोतको रूपमा सुनलाई लिएपछि शुक्रबार सुनको मूल्य प्रति आउन्स दुई हजार सात सय अमेरिकी डलरभन्दा माथि पुगेको छ ।

इजरायलले हमासका प्रमुख याह्या सिनवारको हत्या गरेको बताएपछि मध्यपूर्वलगायत क्षेत्रमा बढ्दो भूराजनीतिक अनिश्चितताका बिच व्यापारीहरूले सुनलाई सुरक्षित सम्पत्तिको रूपमा कारोबार गर्दा यसको मागमा आएको वृद्धिले सुनको भाउ ह्वात्तै बढेको हो ।

सुन प्रारम्भिक एसियाली व्यापारमा शुक्रबार दुई हजार ७०४.८९ अमेरिकी डलरको सर्वकालिक उच्च बिन्दुमा पुगेको थियो । बिहीबार सुनको मूल्य प्रति आउन्स दुई हजार ६८८.८३ डलर कायम भएको थियो ।

इजरायलले गाजामा हमास र हालै दक्षिणी लेबनानमा हिजबुल्लाहसँग लडिरहेको बेला मध्यपूर्वको सङ्कटलाई लिएर सुन बजार प्रभावित भएको हो ।

केन्द्रीय बैङ्कहरूले ब्याजदर घटाउने उपाय अपनाउँदा यस वर्षको सुरुदेखि नै सुनको मूल्यमा ३० प्रतिशतको हाराहारीमा वृद्धि हुनपुगेको थियो । मूल्यमा देखिएको निरन्तरको वृद्धिले गर्दा सुन लगानीकर्ताका लागि थप आकर्षक सम्पत्ति बनेको छ ।

युक्रेनमा लामो समयदेखि चलिरहेको युद्धका बारेमा चिन्ताले व्यापारीहरूमा सुरक्षित लगानीको चाहना बढ्नुलाई स्वाभाविक मानिएको छ ।

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक जारी

काठमाडौँ । गत असोज १० गतेदेखि १३ गतेसम्मको भारी वर्षापछिको बाढी, पहिरो तथा डुबानबाट प्रभावितलाई तत्काल राहत उपलब्ध गराउने लगायत विषयमा छलपल गर्न विपद्...

अर्थ मन्त्रालयद्वारा तीन महिनाको कार्यप्रगति सार्वजनिक

काठमाडौं । अर्थ मन्त्रालयले नयाँ सरकार गठन भएको तीन महिनाभित्रमा भएका महत्वपूर्ण कार्यहरू सार्वजनिक गरेको छ। अर्थ मन्त्रालयले सार्वजनिक गरेका कार्य...

भिसा पाएपछि आजै साँझ अमेरिका जादै सन्दीप

काठमाडौं । सन्दीप लामिछानेलाई अमेरिकाले भिसा दिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीपले अमेरिकाको भिसा प्राप्त गरेको र आज साँझ नै अमेरिका तर्फ जा...

रवि लामिछाने पक्राउ पर्ने हल्ला चलेपछि रास्वपा कार्यालयमा चहलपहल बढ्यो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा पक्राउ गर्ने अड्कलबाजीका बीच पार्टी कार्यालयमा चहलपहल बढेको ...

रगत सङ्कलनमा कमी आएसँगै प्लेटलेट्स रिच प्लाज्माको माग बढ्यो

काठमाडौँ। डेंगुको सङ्क्रमण बढेसँगै देशभर रगतको कमी हुन थालेको छ । बाढी, पहिरो, डेंगु र चाडवाडका कारण उपत्यकासहित देशभर नै रगतको कमी हुन सुरु भएको नेपा...

पाकिस्तानको पञ्जाबमा विद्यार्थीको प्रदर्शनपछि विद्यालय र विश्वविद्यालय बन्द

लाहोर। पाकिस्तानको सबैभन्दा बढी जनसङ्ख्या भएको पञ्जाब प्रान्तका अधिकारीहरूले शुक्रबारका लागि सबै शैक्षिक संस्थाहरू बन्द गर्न निर्देशन दिएका छन् ।  ...

स्वास्थ्यमन्त्री पौडेल र चिकित्सक गोविन्द केसीबीच छलफल

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले चिकित्सक गोविन्द केसीले उठाएका स्वास्थ्य सुधारका विषयलाई मन्त्रालयले कार्यान्वयनमा लगेको बताए...

भारतविरुद्ध न्यूजील्याण्डको ३५६ रनको अग्रता

काठमाडौँ । भारतविरुद्धको टेस्टमा न्युजील्यान्ड पहिलो इनिंगमा ४०२ रनमा अलआउट भएको छ । योसँगै न्यूजील्याण्डले भारतमाथि ३५६ रनको अग्रता बनाएको छ । न्य...

अन्नपूर्ण आधार शिविरमा पर्यटकको चहलपहल बढ्यो

म्याग्दी । अन्नपूर्ण प्रथम हिमालको उत्तरी आधारशिविरमा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । दशैं तिहार बिदा मनाउन निस्केका आन्तरिक पर्यटकको रोजाईका कारण ज...

सुनको मूल्य प्रति आउन्स दुई हजार सात सय डलरभन्दा माथि

हङकङ । व्यापारीहरूले सुनलाई सुरक्षित सम्पत्तिको स्रोतको रूपमा सुनलाई लिएपछि शुक्रबार सुनको मूल्य प्रति आउन्स दुई हजार सात सय अमेरिकी डलरभन्दा माथि पुग...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy