Ntc summer Offer
Khabar Dabali २ कार्तिक २०८१ शुक्रबार | 18th October, 2024 Fri
Investment bank

थाइल्याण्डमा तीन रोहिङ्ग्या शरणार्थीको मृत्यु

खबरडबली संवाददाता

बैङ्कक । थाइल्याण्डमा ट्रकमा लुकिछिपी यात्रा गर्ने क्रममा तीन जना रोहिङ्ग्या शरणार्थीको निस्सासिएर मृत्यु भएको थाई प्रहरीले जनाएको छ । घटनासँग सम्बन्धित रहेको आशङ्कामा दुई मानव तस्करलाई शुक्रबार पक्राउ गरिएको छ । 

युद्धग्रस्त पश्चिमी म्यान्मामा मुख्यतया मुस्लिम रोहिङ्ग्या समुदायमाथि अत्यधिक उत्पीडन भइरहेको छ र थाइल्याण्ड हुँदै मलेसिया वा इन्डोनेसिया पुग्न हरेक वर्ष हजारौँले आफ्नो ज्यान जोखिममा पार्दै यात्रा गर्ने गरेका छन् । 

एक भिक्षुले बिहीबार चुम्फोन प्रान्तको एक जङ्गलमा दुई जना मृत शरणार्थी र आठ जना जीवित रहेको देखेको प्रहरीलाई खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेको थाई प्रहरीले जनाएको छ । घाइतेमध्ये एक शरणार्थीको शुक्रबार मृत्यु भएको अस्पतालका एक कर्मचारीले एएफपीलाई बताएका छन् । 

थाइल्याण्ड–म्यान्माको सीमा पार गरेपछि तस्करहरूले २६ जनालाई दुई वटा गाडीमा राखेर लगेको पीडितले प्रहरीलाई बताएका छन् । प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “केही घाइते भएको थाहा पाएपछि चालकले रोहिङ्ग्यालाई त्यहाँ फ्याँकेका हुनसक्छन् ।”

अधिकारीहरूले दुई जना थाई चालकलाई पक्राउ गरेका छन् र थप अनुसन्धानका लागि उनीहरूका ट्रकहरू जफत गरेका छन् । समूहका अन्य १६ रोहिङ्ग्याहरू भागेका बताइएको छ । सन् २०१७ मा संयुक्त राष्ट्रसङ्घमा नरसंहारसम्बन्धी मुद्दाको विषय बनेको म्यान्मा सेनाको कारबाहीका क्रममा हजारौँ रोहिङ्ग्या म्यानमाबाट भागेर छिमेकी मुलुक बङ्गलादेश पुगेका थिए । 

म्यान्माको सेनाले सन् २०२१ मा निर्वाचित सरकारबाट सत्ता कब्जा गरी शासन गर्दै आएको छ । युद्धका कारण लाखौँ रोहिङ्ग्या विस्थापित भएका छन् । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

रविलाई विष्णु रिजालको जवाफ: सरकार मरेको होइन, सक्रिय भएको हो

काठमाडौं  । नेकपा एमालेका नेता विष्णु रिजालले रवि लामिछानेलाई जवाफ दिँदै सरकार मरेको नभएर सक्रिय भएको बताएका छन् ।  लामिछानेले आफुविरुद्ध पक्राउ पु...

राष्ट्र बैंकद्वारा सेवा रेमिटको अनुमतिपत्र खारेज

काठमाडौं । नेपाल राष्ट्र बैंकले सेवा रेमिट प्रालिको इजाजतपत्र खारेज गरेको छ । केन्द्रीय बैंकले आज एक सूचनामार्फत विप्रेषण कारोबार गर्न अनुमति प्राप्त ...

सङ्क्रमणकालीन न्याय आयोगमा पदाधिकारी छनोट प्रक्रिया विश्वसनीय बनाउन माग

काठमाडौं । जवाफदेहिता निरगानी समितिले सङ्क्रमणकालीन न्याय आयोगमा पदाधिकारी छनोटलाई विश्वसनीय बनाउन नयाँ छनोट समिति गठन गर्न माग गरेको छ । समितिका संयो...

सभापति लामिछानेको पक्राउमा अवरोध गर्दैनौं: मनिष झा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक प्रवक्ता मनिष झाले सभापति रवि लामिछानेको पक्राउमा अवरोध नगर्ने जानकारी दिएका छन् ।  पा...

उच्च अदालत पाटनद्वारा धर्मशाला विवादमा अल्पकालीन अन्तरिम आदेश जारी

काठमाडौं । उच्च अदालत पाटनले पशुपतिको गौशाला धर्मशाला विवादमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । शुक्रबार उच्च अदालत पाटनका न्यायाधीश डालकुमार खड्क...

नवलपुरमा बाघको आक्रमणबाट एक पुरुषको मृत्यु

नवलपुर । नवलपुरमा बाघको आक्रमणबाट एकजना पुरुषको मृत्यु भएको छ । आज दिउँसो विनयी त्रिवेणी गाउँपालिका– १ लक्ष्मीटाँडीनिवासी ६३ वर्षीय पुरुष जीवबहादुर थि...

लामिछानेको प्रश्न: तपाईंको हातमा तस्करले दिएको करोड पर्ने घडी, मेरो हातमा चाहि हतकडी ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूविरुद्ध पक्राउ पूर्जी जारी भएपछि प्रधानमन्त्री केपी ओलीलाई निशाना साधेका छ...

रास्वपा कार्यालय पुग्याे सिआइबीको टोली

काठमाडाैं । जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध पक्राउ पूर्जी जारी गरेपछि उनलाई पक्राउ गरी प्रहरी टोली खटिएक...

सुनको मूल्य प्रति आउन्स दुई हजार ७०० डलरभन्दा माथि

हङकङ । व्यापारीहरूले सुनलाई सुरक्षित सम्पत्तिको स्रोतको रूपमा सुनलाई लिएपछि शुक्रबार सुनको मूल्य प्रति आउन्स दुई हजार ७०० अमेरिकी डलरभन्दा माथि पुगेको...

फ्रान्समा आप्रवासी बोकेको डुङ्गा डुब्दा एक बालकको मृत्यु, ६५ जनाको उद्धार

फ्रान्स । फ्रान्सको सामुद्रिक तटबाट च्यानल हुँदै बिहीबार राति भारबहन क्षमताभन्दा बढी आप्रवासी लिएर बेलायततर्फ गइरहेको एउटा डुङ्गा डुब्दा उक बालकको मृत...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy