काठमाडौं । हमास नेता याह्या सिनवारको मृत्युपछि इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले पहिलो पटक प्रतिक्रिया दिएका छन् । उनले सोसल मिडिया प्लेटफर्म ‘एक्स’ मा पोस्ट गर्दै हमास जीवित थियो र जीवित रहने बताएका छन् ।
उनले कमाण्डर याह्या सिनवार आफ्ना सहिद साथीहरूसँग सामेल भएको उल्लेख गरेका छन् । उनले भनेका छन्- 'याह्या सिनवार जस्ता व्यक्तिको लागि, जसले आफ्नो जीवनभर क्रूर शत्रुसँग लड्यो, शहीद भन्दा कम केहि स्वीकार्य हुन सक्दैन ।' इरानका सर्वोच्च नेताले भने, 'सधैँ झैँ हामी प्यालेस्टिनी मुजाहिदीन र योद्धाहरूको साथमा छौँ । "म हाम्रा भाइ याह्या सिनवारलाई उहाँको परिवार, उहाँका साथीहरू र ईश्वरको मार्गमा जिहादमा समर्पित सबैको शहीदमा बधाई दिन्छु र यस क्षतिको लागि मेरो समवेदना व्यक्त गर्दछु ।'
खामेनीले याह्या सिनवारको मृत्यु प्रतिरोधी मोर्चाका लागि दुःखद भएको बताए । तर शेख अहमद यासिन, फताही शाककी, रन्तिसी र इस्माइल हनियापछि पनि यो मोर्चा रोकिएको छैन र यो याह्या सिनवारको मृत्युपछि पनि अगाडि बढ्ने उनले बताएका छन् । सिनवारको मृत्यु पछि हमासको भविष्यप्रति प्रश्न उठिरहेका बेला इरानका सर्वोच्च नेताको भनाई आएको हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक ३ गते, २०८१ - १९:५३
त्रिवेणी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले पार्टी सभापतिलाई लागेको आरोपका विषयमा हुने कानुनी प्रक्रियालाई सघाउने ...
कार्तिक ३ गते, २०८१ - १९:४३
झापा । पूर्व पश्चिम राजमार्गको कमल गाउँपालिका–५ मा आज दिउँसो भएको सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोरङ केराबारी गाउँपलि...
कार्तिक ३ गते, २०८१ - १९:०१
काठमाडौं । ल्याटिन अमेरिकी देश क्युबाको मुख्य विद्युत् केन्द्र असफल भएपछि सिंगो देश विद्युत् संकटमा परेको छ । मुख्य पावर ग्रिड फेल भएपछि झण्डै देशैभर ...
कार्तिक ३ गते, २०८१ - १८:५८
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आधुनिक चीनको विकासबाट नेपालले धेरै सिक्न चाहेको बताएका छन् । नेपाल भ्रमणमा रहेको...
कार्तिक ३ गते, २०८१ - १८:५३
काठमाडौं । ललितपुरको सातदोबाटोमा गुडिरहेको यात्रुबाहक बसमा आगलागी भएको छ । आगलागी भएपछि यात्रुहरू हतार हतार ओर्लिएको प्रत्यक्षदर्शीले बताएका छन् । ...
कार्तिक ३ गते, २०८१ - १८:४९
काठमाडौं । ट्राफिक नियम उल्लङ्घन गरेबापत सवारी चालकले ठाउँकाठाउँ नागरिक एपमार्फत जरिवाना तिर्न सक्ने व्यवस्था गरिएको छ । काठमाडौं उपत्यका ट्राफिक ...
कार्तिक ३ गते, २०८१ - १८:४५
जुम्ला । यहाँका किसानलाई मार्सीधान काट्न भ्याइनभ्याइ भएको छ । यहाँ चन्दननाथ–१, चन्दननाथ–३, लेकाली–१ र लेकाली–३ मा उन्नत जातका मार्सीधानको खेती हुँदै आ...
कार्तिक ३ गते, २०८१ - १८:४०
बाँके । कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाको सीमा क्षेत्र पेडारी खोलामा पक्की पुल निर्माण हुने भएको छ । २०६३ सालमा पेडारी खोलाको पुल भत्किएको थियो...
कार्तिक ३ गते, २०८१ - १८:३७
जनकपुरधाम । गत असोज ११, १२ र १३ गतेको अविरल वर्षासँगै आएको बाढीले बागमती मनुष्मारा झाँझ सिँचाइ कार्यालय अन्तर्गत करिब रु दुई करोड बराबरको भौतिक क्षति...
कार्तिक ३ गते, २०८१ - १८:३०
चितवन । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले सबै माओवादी पार्टीबाट अलग भएका एकताबद्ध भएर अघि बढ्नसके माओवादी पार्टीले २०६४ सालको परिणा...
प्रतिकृया लेख्नुहोस्: