Ntc summer Offer
Khabar Dabali ३ कार्तिक २०८१ शनिबार | 19th October, 2024 Sat
Investment bank

नेतन्याहुको निजी निवासलाई हिजबुल्लाहले बनायो ड्रोनबाट निशाना

खबरडबली संवाददाता

काठमाडौं । लेबनानबाट भएको ड्रोन आक्रमणले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको निजी निवासलाई निशाना बनाएको छ । 

इजरायली सरकारका प्रवक्ताले प्रधानमन्त्री नेतन्याहु र उनकी श्रीमती दुबै यस आक्रमणको समयमा घरमा उपस्थित नभएको र यसमा कुनै मानवीय क्षति नभएको बताएको मिडिया रिपोर्टमा उल्लेख छ । इजरायली प्रधानमन्त्री नेतन्याहुको घर शिजरिया क्षेत्रमा छ । यसअघि इजरायली सेनाले शनिबार बिहान इजरायलतर्फ तीनवटा ड्रोन आक्रमण भएको बताएको थियो । 

यी मध्ये एउटा ड्रोनले भवनलाई निशाना बनाएको थियो भने अन्य दुईलाई इजरायलले रोकेको थियो । एक सामाजिक सञ्जाल पोस्टलाई उद्धृत गर्दै भनिएको छ, ड्रोनले निशाना बनाएको भवन नेतान्याहुको व्यक्तिगत निवासको हिस्सा थियो ।

यसअघि इजरायली रक्षा बल (आईडीएफ) ले शुक्रबार राति करिब २० वटा मिसाइल लेबनानबाट इजरायलमा प्रवेश गरेको जानकारी दिएको थियो । यी मध्ये केही क्षेप्यास्त्रहरू रोकिएका छन् भने केही क्षेप्यास्त्रहरू खुला ठाउँमा खसेको आइडीएफले जनाएको छ । 

एक टेलिग्राम पोष्टमा, हिजबुल्लाहले शुक्रबार राति इजरायलको उत्तरी क्षेत्रहरू, सफेद, मलाकिया र एविविममा धेरै रकेटहरू प्रहार गरेको जानकारी दिएको थियो । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कानुनी प्रक्रियालाई सघाउन तयार छौँ: सन्तोष परियार

त्रिवेणी । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रमुख सचेतक सन्तोष परियारले पार्टी सभापतिलाई लागेको आरोपका विषयमा हुने कानुनी प्रक्रियालाई सघाउने ...

झापामा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु

झापा । पूर्व पश्चिम राजमार्गको कमल गाउँपालिका–५ मा आज दिउँसो भएको सवारी दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा मोरङ केराबारी गाउँपलि...

क्युबामा देशभर विद्युत अवरुद्ध

काठमाडौं । ल्याटिन अमेरिकी देश क्युबाको मुख्य विद्युत् केन्द्र असफल भएपछि सिंगो देश विद्युत् संकटमा परेको छ । मुख्य पावर ग्रिड फेल भएपछि झण्डै देशैभर ...

नेपाल र चीनबीच भएका समझदारी कार्यान्वयन गर्नुपर्नेमा प्रचण्डको जोड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आधुनिक चीनको विकासबाट नेपालले धेरै सिक्न चाहेको बताएका छन् । नेपाल भ्रमणमा रहेको...

ललितपुरको सातदोबाटोमा गुडिरहेको बसमा आगलागी

काठमाडौं । ललितपुरको सातदोबाटोमा गुडिरहेको यात्रुबाहक बसमा आगलागी भएको छ । आगलागी भएपछि यात्रुहरू हतार हतार ओर्लिएको प्रत्यक्षदर्शीले बताएका छन् ।  ...

ट्राफिक प्रहरीले कागजी चिट नकाट्ने, नागरिक एपबाटै जरिवाना तिर्नसक्ने

काठमाडौं । ट्राफिक नियम उल्लङ्घन गरेबापत सवारी चालकले ठाउँकाठाउँ नागरिक एपमार्फत जरिवाना तिर्न सक्ने व्यवस्था गरिएको छ ।  काठमाडौं उपत्यका ट्राफिक ...

जुम्लाका किसान मार्सीधान थन्क्याउन व्यस्त

जुम्ला । यहाँका किसानलाई मार्सीधान काट्न भ्याइनभ्याइ भएको छ । यहाँ चन्दननाथ–१, चन्दननाथ–३, लेकाली–१ र लेकाली–३ मा उन्नत जातका मार्सीधानको खेती हुँदै आ...

पेडारी खोलामा पक्की पुल निर्माण

बाँके । कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाको सीमा क्षेत्र पेडारी खोलामा पक्की पुल निर्माण हुने भएको छ ।  २०६३ सालमा पेडारी खोलाको पुल भत्किएको थियो...

बाढीले सिँचाइ प्रणालीमा दुई करोडको क्षति

जनकपुरधाम । गत असोज ११, १२ र १३ गतेको अविरल वर्षासँगै आएको बाढीले बागमती मनुष्मारा झाँझ सिँचाइ कार्यालय अन्तर्गत करिब रु दुई करोड  बराबरको भौतिक क्षति...

सबै माओवादी पार्टीबाट अलग भएका एकताबद्ध हुनुपर्छ: विप्लव

चितवन । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले सबै माओवादी पार्टीबाट अलग भएका एकताबद्ध भएर अघि बढ्नसके माओवादी पार्टीले २०६४ सालको परिणा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy