Khabar Dabali २९ मंसिर २०८२ आईतवार | 14th December, 2025 Sun
Investment bank

फिल्म 'पूर्णबहादुरको सारङ्गी’को ट्रेलर ट्रेन्डिङमा

खबरडबली संवाददाता

काठमाडौं । फिल्म 'पूर्णबहादुरको सारङ्गी’को ट्रेलरले चलचित्रकर्मी देखि आम दर्शकको मन जित्न सफल भएको छ ।

तिहारको लामो बिदा पारेर कात्तिक १५ गते रिलिज हुने गन्दर्व समूदायको कथा भनेको चलचित्रको ट्रेलरलाई दर्शकले मन पराएका छन् । चलचित्रकर्मी र आम दशर्कले ट्रेलरको तारिफ गर्दै सिनेमाबाट पनि अपेक्षा रहेको भन्दै आ–आफ्नो सामाजिक सञ्जालमा सेयर गरिरहेका छन् भने चलचित्रको ट्रेलर युट्युबको ट्रेन्डिङमा छ ।

यो ट्रेलर यतिबेला युट्युबको ट्रेन्डिङ नम्बर ६ मा रहेको छ साथै सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ ।

पुर्ख्यौली पेसा धानेर नेपाली संस्कार र संस्कृति बचाउँदा समाजले कसरी हेला गर्छ, माथि उठ्ने प्रयास गर्दा समाजका नवधनाढ्य तथा बुज्रुकहरूले नै कसरी दबाउने प्रत्यत्न गर्छन्, समाजसँग विद्रोह गर्नुभन्दा मौन बसेर जिन्दगीलाई दुःखकै सागरमा पूर्ववत् छोडिदिने अवस्थामा कसरी गन्दर्भ समुदायका अभिभावक पुग्छन् भन्ने कथा ‘पूर्णबहादुरको सारङ्गी’ले भन्ने संकेत ट्रेलरले देखाएको छ ।

हजुरबाबाट बाबुमा सरेको सारङ्गीको जिम्मेवारी छोराले धान्छ या धान्दैन मूल कथा यसैको वरिपरि देखिन्छ । छोराले सारङ्गीको जिम्मेवारी लियोस् भन्ने चाहने अनि पढेर आफ्नो छोरा सारङ्गीसँगै आउने आर्थिक जर्जरताबाट मुक्त होस् भन्ने चाहने अर्को पुस्ताबीचको सोचको भिन्नता समेत ट्रेलरमा देखिन्छ ।

नेपाली चलचित्र क्षेत्रका उम्दा कलाकारहरूको अभिनय रहेको ट्रेलरमा कलाकारहरूको जुन गेटअप देखिएको छ त्यसले यो चलचित्र वर्तमान समयको कथा हैन कि भन्ने देखाएको छ ।

निर्देशक सरोज पौडेलले यी कलाकारको माध्यमबाट  इमान्दारितापूर्वक कथा भन्ने प्रयास सिनेमाले गरेको देखिँदा यसले दर्शकको ध्यान खिच्न सफल भएको हो । दर्शकको ध्यान यसका कन्टेन टिजर, ट्रेलर, गीत र त्यसअघि यसको मोसन पोस्टरले नै खिचिसकेको थियो ।

यसका गीत र ट्रेलरमा आएको दर्शकको प्रतिक्रिया युट्युबमा हेर्दा पनि यसले राम्रो ब्यापार गर्ने पूर्वानुमान लगाउन सकिन्छ ।

सरोज पौडेलको लेखन तथा निर्देशन रहेको चलचित्रमा विजय बराल, प्रकाश सपूत, मुकुन भुसाल, बुद्धि तामाङ, अञ्जना बराइली, माओत्से गुरुङ, देशभक्त खनाल, भोलाराज सापकोटा, विनोद न्यौपाने, आलिस बास्तोला, स्वायम् केसी, जान्वी पौडेललगायतको अभिनय छ । सेभेन सिस सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको चलचित्रमा विनोद पौडेल र प्याट्रिक सुवेदी निर्माता हुन् ।

सोसल–ड्रामा जनरा निर्माण भएको चलचित्रले गन्धर्व परिवारको कथामा आधारित रहेको छ । सिनेमाको पटकथा तथा संवाद महेश दवाडीले लेखेका छन् । सिनेमाका कार्यकारी निर्माता रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल हुन् ।

सिनेमामा प्रशान्त सिवाकोटीको संगीत, हेमन्त कान्छा रसाइलीको सारङ्गी, प्रशान्त सिवाकोटी, मेलिना राई र पुष्पन प्रधानको स्वर रहेको छ । टिजर सेभेन सिज सिनेमाको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

यो चलचित्रलाई नेपाल र अन्तरराष्ट्रिय रूपमा सेभेन सिज इन्टरटेनमेन्टले वितरण गर्दै छ ।

ट्रेलरको लिंक-  https://www.youtube.com/watch?v=5zbtEmxEyGk

Khabardabali Desk–PB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

एसिसी यु–१९ एसिया कप: नेपाल श्रीलङ्कासँग पराजित

काठमाडौँ। एसिसी यु–१९ एसिया कप क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल श्रीलङ्कासँग ८ विकेटले पराजित भएको छ ।  दुबईको द सेभेन्स रङ्गश...

एनपिएल फाइनलमा लुम्बिनीका कप्तान रोहितकुमार पौडेलको ह्याट्रिक

काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपिएल) फाइनलमा लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले ह्याट्रिक पूरा गरेको छन् ।  ११ ओभरको चौथो, पाँचौँ र छैटौं...

एउटा देशमा हजारौँ सर्वहारा श्रमिक वर्गका पार्टी हुँदैनन्: झलनाथ खनाल

सुर्खेत । नेपाली कम्युनिस्ट पार्टीका नेता एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालले नेकपा (एमाले) का नेताहरूलाई नेकपामा समाहित हुन आग्रह गरेका छन्। सुर्...

सुडान ड्रोन आक्रमणमा ३० भन्दा बढीको मृत्यु, संयुक्त राष्ट्रको कडा निन्दा

संयुक्त राष्ट। संयुक्त राष्ट्र महासचिव एन्टोनियो गुटेरेसले सुडानको साउथ डारफुरमा ड्रोन आक्रमणमा कम्तीमा ३० नागरिकको मृत्यु भएको खबरप्रति गहिरो चिन्ता ...

एमालेले देशलाई गलत दिशामा जान दिदैन: अध्यक्ष ओली

काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनले एकताको सन्देश दिने बताएको छन्।  नेकपा एमालेको ११ औँ मह...

एमाले अनेक धक्का चिरेर पनि न्यातपोल र धरहराजस्तै उठ्ने शक्ति हो: प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले एमाले न्यातपोल दरबारजस्तै गौरव बोकेको र धरहराजस्तै अनेक धक्का चिरेर पनि पुन: उठ्न सक्ने शक्ति भ...

विद्यालयलाई ४२ थान कम्युटर प्रदान

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले शान्ति विद्या गृह माध्यमिक विद्यालय लैनचौर र लोकहित आधारभूत विद्यालय भगवानवहाल ठमेललाई ४२ थान कम्युटर प्रदान गरेको ...

एक हप्तामा २८७ जनाले लिए नयाँ नागरिकता

गुल्मी। जिल्ला प्रशासन कार्यालय गुल्मीले विगत केही वर्षदेखि एक हप्तामा सम्पादन गरेका कार्यहरूको विवरण सार्वजनिक गर्दैआएको छ।  प्रशासन कार्यालयले सा...

विकास निर्माणमा ढिलासुस्ती सैह्य हुन्न, काम नगरे ठेक्का तोड्ने मन्त्री घिसिङको चेतावनी

दमौली । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले एक महिनाभित्र काम सुरु नगरे घुमाउने पुलको ठेक्का तोड्ने चेतावनी दिएका छन् । तनहुँको आँबुख...

लोकदोहोरी प्रतिष्ठानमा आवद्धको उपचारमा २५ प्रतिशत छुट

गुल्मी। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, गुल्मीले बुटवल हस्पिटल प्रालिसँग उपचार सम्झौता गरेको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गुल्...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

NIBL RIGHT SIDE Salt Trending