सोल । उत्तर कोरियाका शीर्ष कूटनीतिज्ञले आइतबार संयुक्त राज्य अमेरिकाको नेतृत्वमा रहेको नयाँ प्रतिबन्ध अनुगमन टोलीलाई ‘गैरकानूनी र अवैध’ भन्दै आलोचना गरेका छन् । उनले टोलीमा संलग्न देशहरूले ‘ठूलो मूल्य’ चुकाउनु पर्ने चेतावनीसमेत दिएका छन् ।
मार्चमा रुसले उत्तर कोरियामाथि उसको प्रतिबन्धित परमाणु र हतियार कार्यक्रमका लागि लगाइएको अन्तर्राष्ट्रिय प्रतिबन्धको अनुगमन गर्ने संयुक्त राष्ट्रसङ्घका विशेषज्ञहरूको प्यानलको नवीकरणमाथि भिटो लगाएपछि यस महिनाको प्रारम्भमा ११ सदस्यीय टोलीको नाम दिइएको थियो ।
रुसी भिटोपछि दक्षिण कोरिया र यसका सहयोगीहरूले प्रतिबन्धहरूको अनुगमन गर्न विभिन्न विधिहरू लागू गर्न काम गरेका छन् । यसबाट अमेरिका र जापानसहितको नयाँ समूहको गठन भएको छ । “यस्तो अनुगमन प्रणाली ‘पूर्ण रूपमा गैरकानूनी र अवैध’ छ”, उत्तर कोरियाका विदेशमन्त्री चोए सोन हुईले आइतबार कोरियन सेन्ट्रल न्यूज एजेन्सीद्वारा प्रकाशित एक विज्ञप्तिमा भने, “यसको अस्तित्व आफैँमा संयुक्त राष्ट्रसङ्घको बडापत्रको खण्डन हो ।”
यो आलोचना दक्षिण कोरियाको जासुसी निकायको एक रिपोर्टपछि आएको छ । उक्त रिपोर्टमा उत्तर कोरियाले युक्रेनमा मस्कोको युद्धलाई समर्थन गर्न ‘ठूलो स्तरमा’ सैनिक तैनाथी पठाएको र एक हजार पाँच सय विशेष बलहरू पहिले नै रुसमा प्रशिक्षण गरिरहेको बताइएको छ । प्योङयाङले किएभविरुद्ध प्रयोग गर्न मस्कोलाई हतियार पठाइरहेको पनि सोलले दाबी गरेको छ ।
मन्त्री चोएले आइतबारको विज्ञप्तिमा कथित तैनाथीको बारेमा उल्लेख गरेको छैन । प्योङयाङले यसअघि नै रुससँग प्रतिबन्ध उल्लङ्घन गर्ने कुनै पनि हतियार व्यापारलाई अस्वीकार गरेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक ४ गते, २०८१ - २१:०४
काठमाडौं । मेची–महाकाली राष्ट्रिय उद्धार यात्राको सातौँ दिन शनिबार ६ जना सडकआश्रित मानवहरूको उद्धार गरिएको छ । ‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस...
कार्तिक ४ गते, २०८१ - २०:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ...
कार्तिक ४ गते, २०८१ - २०:४१
काठमाडौं । नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीका कप्तान मानबहादुर श्रेष्ठले अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्न्यासको घोषणा गरेका छन् । मानबहादुरले आइत...
कार्तिक ४ गते, २०८१ - २०:३५
विराटनगर । कोशी प्रदेश सरकारले प्रदेश सहकारी ऐनसहित तीनवटा ऐन संशोधन अध्यादेश जारी गरेको छ । उक्त अध्यादेश प्रदेश प्रमुख पर्शुराम खापुङले आइतबार नै प्...
कार्तिक ४ गते, २०८१ - २०:२६
हेटौँडा । तीन दिनका लागी बन्द गरिएको हेटौँडाबाट कुलेखानी हुँदै काठमाडौँ जाने सडक खण्ड दुईतर्फी सञ्चालनमा आएको छ । सिमखोलामा सडक मर्मत गरेसँगै सवारी आव...
कार्तिक ४ गते, २०८१ - २०:११
काठमाडौं । बंगलादेश जारी साफ महिला च्याम्पियनसिपको पहिलो खेलमा पाकिस्तानसँग बराबरीमा रोकिएको छ । आइतबार दशरथ रंगशालामा सम्पन्न खेलमा बंगलादेश र पाक...
कार्तिक ४ गते, २०८१ - १९:४५
काठमाडौं । नेकपा एमालेले पार्टी कार्यालय बनाउन जग्गा दान लिएको विषयमा असहमति राख्ने विन्दा पाण्डे र उषाकिरण तिम्सिनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको...
कार्तिक ४ गते, २०८१ - १९:४२
काठमाडौं । राष्ट्रिय गौरवको काठमाडौँ–तराई/मधेस दुर्तमार्ग धेद्रेसुरुङ छिचोल्ने (ब्रेकथ्रु) र बुङमती क्षेत्रमा २२५ रोपनी जग्गाको मुआब्जामा पुँजीगत लाभ...
कार्तिक ४ गते, २०८१ - १९:२७
काठमाडौं । धरान उपमहानगरपालिकाको कार्यवाहक विवादमा अदालतले अन्तरिम आदेश दिएको छ । मेयर हर्क साम्पाङले उपमेयर हुँदा हुँदा वडाध्यक्षलाई कार्यवाहक दि...
कार्तिक ४ गते, २०८१ - १८:५०
काठमाडौं । जनमत पार्टीले आन्दोलनका लागि तयार रहन पार्टीका नेताहरूलाई निर्देशन दिएको छ । मध्यबानेश्वरस्थित जनमत पार्टी कार्यालयमा आइतबार बसेको सचिवालयक...
प्रतिकृया लेख्नुहोस्: