बाँके । नेपालगन्ज सहरसँग जोडिएको बाँकेको डुडुवा गाउँपालिका–६ मा २२० जनाको निःशुल्क आँखा परीक्षण गर्दा ४७ जनामा मोतियाबिन्दुको समस्या देखिएको छ ।
भिजन आँखा अस्पताल नेपालगन्जको आयोजना, किभा फाउन्डेसन र डुडुवा गाँउपालिकाको सहकार्यमा सञ्चालन गरिएको निःशुल्क आँखा जाँच शिविरमा ९० जना पुरुष र १३० जना महिला गरेर कुल २२० जना बिरामीको आँखा जाँच गरिएको थियो ।
हिरमिनिया स्वास्थ्य चौकीमा सञ्चालन भएको शिविरमा ४७ जनालाई मोतियाबिंदको समस्या देखिएको कार्यक्रम संयोजक बिज्रेश मिश्रले जानकारी गराए । उनका अनुसार यो संख्यामा २७ जना पुरुष र २० जना महिला रहेका छन् । शिविरमा परिचालित स्वास्थ्यकर्मीका अनुसार सबैभन्दा बढी मोतियाविन्दुको समस्या देखिएको छ । अन्य बढी जसो सामान्य समस्या भएको बिरामीले सेवा लिएका थिए ।
कार्यक्रम संयोजक मिश्रका अनुसार डुडुवा गाँउपालिकाका विभिन्न स्थानमा नियमित रुपमा कात्तिक १५ सम्म कार्यक्रम सञ्चालन हुनेछ । आँखाको समस्या भएकालाई सम्बन्धित औषधी शिविरमै पाउने र चस्मा पनि सहुलियत मूल्यमा पाउने व्यवस्था गरिएको किभा फाउन्डेसनका उपाध्यक्ष रामदिन मोदीले बताए । उनले आँखाको अप्रेशन गर्नुपर्नेमा भिजन आँखा अस्पतालले ५० प्रतिशत सम्मको छुट उपलब्ध गराउने तरिकाले सहकार्य भएको बताए ।
यस्तै, अस्थाई स्वास्थ्य केन्द्र दलैपुर र कम्दी स्वास्थ्य केन्द्रमा निःशुल्क आँखा जाँच शिविर सञ्चालन हुने तयारी पनि चलिरहेको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
कार्तिक ४ गते, २०८१ - २१:०४
काठमाडौं । मेची–महाकाली राष्ट्रिय उद्धार यात्राको सातौँ दिन शनिबार ६ जना सडकआश्रित मानवहरूको उद्धार गरिएको छ । ‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस...
कार्तिक ४ गते, २०८१ - २०:५०
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच भेटवार्ता भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ...
कार्तिक ४ गते, २०८१ - २०:४१
काठमाडौं । नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीका कप्तान मानबहादुर श्रेष्ठले अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्न्यासको घोषणा गरेका छन् । मानबहादुरले आइत...
कार्तिक ४ गते, २०८१ - २०:३५
विराटनगर । कोशी प्रदेश सरकारले प्रदेश सहकारी ऐनसहित तीनवटा ऐन संशोधन अध्यादेश जारी गरेको छ । उक्त अध्यादेश प्रदेश प्रमुख पर्शुराम खापुङले आइतबार नै प्...
कार्तिक ४ गते, २०८१ - २०:२६
हेटौँडा । तीन दिनका लागी बन्द गरिएको हेटौँडाबाट कुलेखानी हुँदै काठमाडौँ जाने सडक खण्ड दुईतर्फी सञ्चालनमा आएको छ । सिमखोलामा सडक मर्मत गरेसँगै सवारी आव...
कार्तिक ४ गते, २०८१ - २०:११
काठमाडौं । बंगलादेश जारी साफ महिला च्याम्पियनसिपको पहिलो खेलमा पाकिस्तानसँग बराबरीमा रोकिएको छ । आइतबार दशरथ रंगशालामा सम्पन्न खेलमा बंगलादेश र पाक...
कार्तिक ४ गते, २०८१ - १९:४५
काठमाडौं । नेकपा एमालेले पार्टी कार्यालय बनाउन जग्गा दान लिएको विषयमा असहमति राख्ने विन्दा पाण्डे र उषाकिरण तिम्सिनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको...
कार्तिक ४ गते, २०८१ - १९:४२
काठमाडौं । राष्ट्रिय गौरवको काठमाडौँ–तराई/मधेस दुर्तमार्ग धेद्रेसुरुङ छिचोल्ने (ब्रेकथ्रु) र बुङमती क्षेत्रमा २२५ रोपनी जग्गाको मुआब्जामा पुँजीगत लाभ...
कार्तिक ४ गते, २०८१ - १९:२७
काठमाडौं । धरान उपमहानगरपालिकाको कार्यवाहक विवादमा अदालतले अन्तरिम आदेश दिएको छ । मेयर हर्क साम्पाङले उपमेयर हुँदा हुँदा वडाध्यक्षलाई कार्यवाहक दि...
कार्तिक ४ गते, २०८१ - १८:५०
काठमाडौं । जनमत पार्टीले आन्दोलनका लागि तयार रहन पार्टीका नेताहरूलाई निर्देशन दिएको छ । मध्यबानेश्वरस्थित जनमत पार्टी कार्यालयमा आइतबार बसेको सचिवालयक...
प्रतिकृया लेख्नुहोस्: