Ntc summer Offer
Khabar Dabali ५ कार्तिक २०८१ सोमबार | 21st October, 2024 Mon
Investment bank

जनमत पार्टीले आन्दोलनकाे तयारी गर्ने

खबरडबली संवाददाता

काठमाडौं । जनमत पार्टीले आन्दोलनका लागि तयार रहन पार्टीका नेताहरूलाई निर्देशन दिएको छ । मध्यबानेश्वरस्थित जनमत पार्टी कार्यालयमा आइतबार बसेको सचिवालयको बैठकले सो निर्देशन दिएको पार्टीका प्रवक्ता डा.शरदसिंह यादवले बताए । 

देशको अवस्था हेर्दा आन्दोलन गर्नुपर्ने स्थिति देखिएकाले पार्टीका नेता तथा कार्यकर्तालाई तयारी अवस्थामा रहन निर्देशन दिएको प्रवक्ता यादवले बताए । उनले भने, ‘देशको विषम राजनीतिक प्रस्थितिलाई ध्यानमा राखी पार्टीको सबै तहका संगठनलाई आन्दोलनका लागि तयार रहन निर्देशन गरिएको छ ।’

यस्तै मङ्सिरमा हुने स्थानीय उपनिर्वाचनको लागि जिल्ला इन्चार्जको संयोजकत्वमा निर्वाचन परिचालन समिति समेत गठन गरेको छ । त्यस समितिमा रहने सदस्यहरू निर्वाचन हुने वडा र पालिकाको केन्द्रीय समिति सदस्य, राष्ट्रिय परिषद् सदस्य, प्रदेश सदस्य, पालिका अध्यक्ष, पालिका पूर्वअध्यक्ष, वडा अध्यक्ष र वडा पूर्वअध्यक्ष रहने प्रवक्ता यादवले जानकारी दिए । निर्वाचन परिचालन समितिले कार्तिक १४ गतेसम्म उम्मेदवारको नाम सिफारिस गरेर केन्द्रीय कार्यालयमा पठाउन समेत निर्णय गरेको उनले जानकारी गराए । 

संगठनलाई अझ सशक्त तरिकाले अगाडि बढाउने, बिस्तार गर्ने, पार्टी  प्रवेश गराउने सामूहिक प्रतिबद्धता व्यक्त गरी आगामी हुने  निर्वाचन २०८४ मा बहुमतले तिनै तहमा सरकार बनाउनका लागि हरेक किसिमको तयारी गर्ने निर्णय भएको उनले बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

छजना सडकआश्रित मानवहरूको उद्धार

काठमाडौं । मेची–महाकाली राष्ट्रिय उद्धार यात्राको सातौँ दिन शनिबार ६ जना सडकआश्रित मानवहरूको उद्धार गरिएको छ । ‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस...

प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाबिच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच भेटवार्ता भएको छ ।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा ...

कप्तान मानबहादुर श्रेष्ठले अन्तर्राष्ट्रिय खेल जीवनबाट लिए सन्न्यास

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष भलिबल टोलीका कप्तान मानबहादुर श्रेष्ठले अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्न्यासको घोषणा गरेका छन् ।  मानबहादुरले आइत...

काेशीमा तीन ऐन संशोधन गर्न अध्यादेश जारी

विराटनगर । कोशी प्रदेश सरकारले प्रदेश सहकारी ऐनसहित तीनवटा ऐन संशोधन अध्यादेश जारी गरेको छ । उक्त अध्यादेश प्रदेश प्रमुख पर्शुराम खापुङले आइतबार नै प्...

हेटौँडा–कुलेखानी–काठमाडौँ सडक खण्ड दुई तर्फी सञ्चालनमा

हेटौँडा । तीन दिनका लागी बन्द गरिएको हेटौँडाबाट कुलेखानी हुँदै काठमाडौँ जाने सडक खण्ड दुईतर्फी सञ्चालनमा आएको छ । सिमखोलामा सडक मर्मत गरेसँगै सवारी आव...

साफ महिला च्याम्पियनसिप: पाकिस्तानसँग हारबाट बच्यो बंगलादेश

काठमाडौं । बंगलादेश जारी साफ महिला च्याम्पियनसिपको पहिलो खेलमा पाकिस्तानसँग बराबरीमा रोकिएको छ । आइतबार दशरथ रंगशालामा सम्पन्न खेलमा बंगलादेश र पाक...

जग्गादानको विरोध गर्ने विन्दा पाण्डे र उषाकिरणलाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेले पार्टी कार्यालय बनाउन जग्गा दान लिएको विषयमा असहमति राख्ने विन्दा पाण्डे र उषाकिरण तिम्सिनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको...

यस्ता छन् रक्षा मन्त्रालय मातहतका पछिल्ला उपलब्धि

काठमाडौं । राष्ट्रिय गौरवको काठमाडौँ–तराई/मधेस दुर्तमार्ग धेद्रेसुरुङ छिचोल्ने (ब्रेकथ्रु) र बुङमती क्षेत्रमा २२५ रोपनी  जग्गाको मुआब्जामा पुँजीगत लाभ...

धरानको कार्यवाहक विवाद: मेयरको निर्णय कार्यावन्यन नगर्न उच्च अदालतको अन्तरिम आदेश

काठमाडौं । धरान उपमहानगरपालिकाको कार्यवाहक विवादमा अदालतले अन्तरिम आदेश दिएको छ ।  मेयर हर्क साम्पाङले उपमेयर हुँदा हुँदा वडाध्यक्षलाई कार्यवाहक दि...

जनमत पार्टीले आन्दोलनकाे तयारी गर्ने

काठमाडौं । जनमत पार्टीले आन्दोलनका लागि तयार रहन पार्टीका नेताहरूलाई निर्देशन दिएको छ । मध्यबानेश्वरस्थित जनमत पार्टी कार्यालयमा आइतबार बसेको सचिवालयक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy