काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आइतबार सार्वजनिक गरेको कक्षा १२ को मौका परीक्षामा सबैभन्दा बढी अङ्ग्रेजी विषयमा विद्यार्थी अनुत्तीर्ण भएका छन्।
बोर्डले गत भदौ २५ र २६ गते सञ्चालन गरेको कक्षा १२ को ग्रेडवृद्धि अर्थात् पूरक परीक्षाको सार्वजनिक नतिजाअनुसार ५७ हजार ६ सय ९० जनाले अङ्ग्रेजी विषयको परीक्षा दिएकामा १७ हजार नौ सय ४२ जना अनुत्तीर्ण भएको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए।
यस्तै, लेखा विषयमा २४ हजारले परीक्षा दिएकामा आठ हजार तीन सय १५ विद्यार्थी अनुत्तीर्ण भएका छन् । मौका परीक्षामा सहभागी भएर पनि ३७ हजार १७ जनाले नतिजा सुधार गर्न नसकेको बोर्डले जनाएको छ।
कुल एक लाख २२ हजार एक सय ७१ जनाले परीक्षा दिएकामा ८६ हजार दुई सय ४६ जना अर्थात् ७० दशमलव ६० प्रतिशत उत्तीर्ण भएकामध्ये अनिवार्य गणितमा ४५, फिजिक्समा दुई, लेखामा १०, ऐच्छिक गणितमा एक, कम्प्युटर साइन्समा दुई र केमेस्ट्रीमा एकजना गरी कूल ६१ जनाले मात्रै ‘ए प्लस’ ल्याएका छन्।
बोर्डका अनुसार ‘ए प्लस’ ल्याउने ६१, ‘ए’ ल्याउने ७५१, ‘बी प्लस’ ल्याउने दुई हजार नौ सय ८६, ‘बी’ मात्रै ल्याउने ११ हजार ४९, ‘सी प्लस’ ल्याउने २३ हजार ६ सय ८८ र ‘सी ग्रेड’ ल्याउने ४३ हजार सात सय चार, ‘डी’ ल्याउने ३९ हजार नौ सय ३२ जना छन्।
मौका परीक्षामा पनि फेल भएकाले भने आगामी नियमित परीक्षामा सहभागी हुनुपर्नेछ । मौका परीक्षामा उत्तीर्ण भएका विद्यार्थीले भने यसै शैक्षिक सत्रमा भर्ना भएर स्नातक तहमा अध्ययन गर्न पाउने छन्।
परीक्षामा दुईजनाको नतिजा रद्द गर्नाका साथै तीनजनाको परीक्षा स्थगित गरिएको परीक्षा नियन्त्रक शर्माले जानकारी दिए। सार्वजनिक भएको नतिजामा परीक्षार्थीलाई चित्त नबुझेर पुनर्योग गर्न चाहे १५ दिनभित्र आवेदन दिन सक्ने बोर्डले जनाएको छ। रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
पौष १८ गते, २०८२ - ०९:३२
काठमाडौं । नेकपा एमालेका एक उपाध्यक्षले आगामी प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेससँग गठबन्धन हुन सक्ने आशयको अभिव्यक्ति दिएपछि फागुन २१ गतेको चुना...
पौष १८ गते, २०८२ - ०९:२६
काठमाडौं । महाधिवेशन विषयमा शीर्षस्थ नेताबीच टक्कर बढ्दै जाँदा नेपाली कांग्रेस विभाजननजिक पुगेको छ । संस्थापनपक्षले महाधिवेशन रोक्ने र इतरसमूहले जसरी ...
पौष १८ गते, २०८२ - ०९:२२
झापा । निर्माणाधीन एसियाली राजमार्गको मेचीनगर–६ स्थित पालिया पुलमा बिहीबार राति मालवाहक ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ३३ वर्षीया लक्ष्मी सा...
पौष १८ गते, २०८२ - ०८:२२
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले २६६ जना कर्मचारी भर्नाका लागि आवेदन खुलाएको छ। शुक्रबार विज्ञापन प्रकाशन गर्दै दसौंदेखि पाँचौं तहका विभिन्न पदहरू...
पौष १८ गते, २०८२ - ०८:१३
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दैछ। शुक्रबार दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा केन्द्रीय कार्यसम्पा...
पौष १८ गते, २०८२ - ०८:०४
म पनि विशेष महाधिवेशन चाहन्छु, तर नियम र कार्यविधिअनुसार केन्द्रीय समितिले निर्णय गरोस्
पौष १८ गते, २०८२ - ०७:३७
मुस्ताङ । हिउँदयाम मौसमसँगै अत्यधिक चिसोका कारण मुस्ताङका तीन गाउँपालिकामा सञ्चालित शैक्षिक संस्था दुई महिनाका लागि बन्द भएका छन् । यहाँस्थित माथिल्लो...
पौष १८ गते, २०८२ - ०७:२३
काठमाडौँ । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि अत्यावश्यक सामग्री ढुवानीका लागि सम्बद्ध पक्षलाई आग्रह गरेको छ । ...
पौष १८ गते, २०८२ - ०७:२२
काठमाडौँ । देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले तराई भू–भागका अधिकांश स्थानहरूमा आज दिउँसो हुस्सु तथा कुहिरो लाग्ने छ भने केही प्रदेशमा...
पौष १८ गते, २०८२ - ०७:१९
काठमाडौँ। गत आर्थिक वर्षकोभन्दा चालु आव २०८२/८३ मा मुलुकको आर्थिक वृद्धिदर कमजोर हुने अनुमानकाबिच नेपाल राष्ट्र बैंकले यस वर्ष अघिल्लो वर्षकोभन्दा आर्...




प्रतिकृया लेख्नुहोस्: