काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले आइतबार सार्वजनिक गरेको कक्षा १२ को मौका परीक्षामा सबैभन्दा बढी अङ्ग्रेजी विषयमा विद्यार्थी अनुत्तीर्ण भएका छन्।
बोर्डले गत भदौ २५ र २६ गते सञ्चालन गरेको कक्षा १२ को ग्रेडवृद्धि अर्थात् पूरक परीक्षाको सार्वजनिक नतिजाअनुसार ५७ हजार ६ सय ९० जनाले अङ्ग्रेजी विषयको परीक्षा दिएकामा १७ हजार नौ सय ४२ जना अनुत्तीर्ण भएको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए।
यस्तै, लेखा विषयमा २४ हजारले परीक्षा दिएकामा आठ हजार तीन सय १५ विद्यार्थी अनुत्तीर्ण भएका छन् । मौका परीक्षामा सहभागी भएर पनि ३७ हजार १७ जनाले नतिजा सुधार गर्न नसकेको बोर्डले जनाएको छ।
कुल एक लाख २२ हजार एक सय ७१ जनाले परीक्षा दिएकामा ८६ हजार दुई सय ४६ जना अर्थात् ७० दशमलव ६० प्रतिशत उत्तीर्ण भएकामध्ये अनिवार्य गणितमा ४५, फिजिक्समा दुई, लेखामा १०, ऐच्छिक गणितमा एक, कम्प्युटर साइन्समा दुई र केमेस्ट्रीमा एकजना गरी कूल ६१ जनाले मात्रै ‘ए प्लस’ ल्याएका छन्।
बोर्डका अनुसार ‘ए प्लस’ ल्याउने ६१, ‘ए’ ल्याउने ७५१, ‘बी प्लस’ ल्याउने दुई हजार नौ सय ८६, ‘बी’ मात्रै ल्याउने ११ हजार ४९, ‘सी प्लस’ ल्याउने २३ हजार ६ सय ८८ र ‘सी ग्रेड’ ल्याउने ४३ हजार सात सय चार, ‘डी’ ल्याउने ३९ हजार नौ सय ३२ जना छन्।
मौका परीक्षामा पनि फेल भएकाले भने आगामी नियमित परीक्षामा सहभागी हुनुपर्नेछ । मौका परीक्षामा उत्तीर्ण भएका विद्यार्थीले भने यसै शैक्षिक सत्रमा भर्ना भएर स्नातक तहमा अध्ययन गर्न पाउने छन्।
परीक्षामा दुईजनाको नतिजा रद्द गर्नाका साथै तीनजनाको परीक्षा स्थगित गरिएको परीक्षा नियन्त्रक शर्माले जानकारी दिए। सार्वजनिक भएको नतिजामा परीक्षार्थीलाई चित्त नबुझेर पुनर्योग गर्न चाहे १५ दिनभित्र आवेदन दिन सक्ने बोर्डले जनाएको छ। रासस
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
चैत्र २६ गते, २०८२ - ०८:०७
काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदका लागि आज उम्मेदवारी दर्ता प्रक्रिया सुरु हुँदैछ। संसद् सचिवालयले तय गरेको कार्यतालिकाअनुसार बिहान ११ बजेदेखि दि...
चैत्र २६ गते, २०८२ - ०७:५९
काठमाडौं । अन्तत: शान्त व्यक्तिहरूले नै जितेको छन् - कम्तीमा अहिलेसम्मका लागि। वाशिङ्टनको स्थानीय समयानुसार मङ्गलवार साँझ ६ः३२ बजे राष्ट्रपति डोनल्...
चैत्र २६ गते, २०८२ - ०७:५१
काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका भतिजासमेत रहेका कांग्रेसका सुदूरपश्चिम प्रदेश सांसद प्रकाशबहादुर देउवा अमेरिकामा रहेको खुलेको छ । गत भ...
चैत्र २६ गते, २०८२ - ०७:४७
मध्यविन्दु । वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिव...
चैत्र २६ गते, २०८२ - ०७:३९
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले जेनजी आन्दोलनका क्रममा सहिद भएका थप आठ परिवारका सदस्यलाई रोजगार दिने निर्णय गरेको छ । प्राधिकरण सञ्चालक समिति...
चैत्र २६ गते, २०८२ - ०७:२१
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीले अब क्रियाशील सदस्यको सङ्ख्याभन्दा गुणस्तरीय, प्रतिबद्ध र इमानदार कार्यकर्तामा जोड दिने बत...
चैत्र २६ गते, २०८२ - ०७:१०
काठमाडौँ । तपाईंले प्रहरीमा कुनै गुनासा, उजुरी तथा जाहेरी दिएर त्यसको कार्यान्वयन कहाँसम्म पुग्यो भनी जानकारी लिन हैरानी झेल्नुभएको छ ? यदि त्यस्तो सम...
चैत्र २६ गते, २०८२ - ०७:०७
काठमाडौँ । भोजपुरको षडानन्द नगरपालिका–१३ का २४ वर्षीय सम्मरबहादुर तामाङको हत्यामा संलग्न भएको अभियोगमा चार जना पक्राउ परेका छन् । केन्द्रीय प्रहर...
चैत्र २६ गते, २०८२ - ०७:०५
काठमाडौँ । हाल मुलुकमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेकाले देशभर मौसम बदली भएको छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही, क...
चैत्र २६ गते, २०८२ - ०७:०२
काठमाडौँ । नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम आयोजना गरी जनआन्दोलन दिवस मनाइँदै छ । विसं २०४६ चैत २६ गते ३० वर...



प्रतिकृया लेख्नुहोस्: