काठमाडौँ । इजरायलले इरानमा आक्रमण गर्न बनाएको गोप्य योजना अमेरिकाबाट लीक भएको छ । यी कागजातहरूमा इजरायलले इरानमाथि आक्रमण गर्न बनाएको योजना रहेको दाबी गरिएको छ ।
सीएनएनको रिपोर्टका अनुसार अमेरिकाले पनि यस विषयमा अनुसन्धान सुरु गरेको छ । सिएनएनले एक अमेरिकी अधिकारीलाई उद्धृत गर्दै यी कागजहरु 'मिडल ईस्ट स्पेक्टेटर' नामक च्यानलले अक्टोबर १८ शुक्रबार टेलिग्राममा पोस्ट गरेको उल्लेख गरको छ । यी कागजातहरूमा शीर्ष गोप्य र १५ र १६ अक्टोबरको मिति लेखिएको छ । यस प्रकारका कागजातहरू लीक हुनु अमेरिकाका लागि गहिरो चिन्ताको विषय भएको बताइएको छ ।
यी कागजातहरू अमेरिका र यसका सहयोगी देशहरू अष्ट्रेलिया, क्यानडा, न्यूजील्याण्ड र बेलायतका लागि भएको जो गुप्तचर नेटवर्क फाइभ आइजका हिस्सा रहेका छन् ।
इरानले अक्टोबर १ मा इजरायलमा १८० मिसाइल आक्रमण गरेको थियो । यसपछि इजरायलले बदला लिने बताउदै आएको छ ।
गोप्य दस्तावेजका अनुसार इजरायलले इरानमाथि ठूलो आक्रमणको तयारी गरिरहेको छ । यी मध्ये एउटा दस्तावेजका अनुसार इजरायलले आक्रमणका लागि हतियार ढुवानी गर्न थालेको छ । यो कागजात नेशनल जियोस्पेशियल इन्टेलिजेन्स एजेन्सीले तयार पारेको हो । अर्को कागजातमा इजरायली वायुसेनाको अभ्याससँग सम्बन्धित जानकारी समावेश छ । यसमा हावाबाट जमीनमा मार हान्ने मिसाइलहरूको परीक्षणसँग सम्बन्धित जानकारी समावेश छ । सीएनएनका अनुसार यी अभ्यासहरू इरानमाथि आक्रमण गर्ने तयारीको एक हिस्सा भएको मानिएको छ ।
यस विषयमा अमेरिकी पूर्व उपविदेशमन्त्री मिक मुल्रोयले इरानमाथि इजरायलको जवाफी हमलासँग सम्बन्धित सूचना साँच्चै लीक भएको भए यो नियमको गम्भीर उल्लंघन भएको टिप्पणी गरेका छन् । यसले अमेरिका र इजरायलबीचको भावी सम्बन्धमा नकारात्मक असर पार्न सक्ने उनको विश्लेषण छ ।
गत वर्ष पनि अमेरिकाबाट केही खुफिया सूचना चुहावट भएको थियो । जसका कारण अमेरिका र दक्षिण कोरिया र युक्रेन जस्ता सहयोगी राष्ट्रहरूबीच तनाव उत्पन्न भएको थियो ।
अमेरिकी राष्ट्रपति जो बाइडेन र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुबीचको सम्बन्ध यस वर्षको अगस्टदेखि बिग्रिएको बताइएका बेला यो लिकले समबन्ध अझ बिग्रिन सक्ने विश्लेषण गरिएको छ ।
यी कागजातहरू लीक भएको जानकारी शनिबार पहिलो पटक प्रकाशमा आएको थियो । यी कागजातहरू ह्याक गरिएको हो वा कसैले जानाजानी लीक गरेको हो भन्ने कुरा अहिलेसम्म स्पष्ट भएको छैन ।
यसअघि अमेरिकी गुप्तचर एजेन्सीहरूले अगस्टमा इरानले पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी अभियानसँग सम्बन्धित कागजात ह्याक गरेको जानकारी दिएका थिए ।
इरानले अक्टोबर १ मा राति १० बजे इजरायलमा १८० भन्दा बढी ब्यालेस्टिक मिसाइल प्रहार गरेको थियो । यस आक्रमणमा ठूलो क्षति भने भएको थिएन । तर, तेल अभिभमा २ जना सर्वसाधारण घाइते भएका थिए । यी आक्रमणहरू सम्पूर्ण इजरायलमा ३० मिनेटको लागि गरिएको थियो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
आषाढ़ १२ गते, २०८३ - २२:११
सप्तरी। सप्तरीको बलानबिहुल गाउँपालिका–३ टिकुलियाबाट प्रहरीले दुई राउन्ड गोलीसहित दुई जना युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सप्तरीको बलानबिहुल...
आषाढ़ १२ गते, २०८३ - २२:०९
काठमाडौं । शनिबार देशका अधिकांश हिमाली र पहाडी क्षेत्रमा वर्षाको सम्भावना रहेको छ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा तातो लहर (हिटवेभ)...
आषाढ़ १२ गते, २०८३ - २१:५६
विराटनगर । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी महाधिवेशनपछि पार्टी नेतृत्व नयाँ पुस्ताला...
आषाढ़ १२ गते, २०८३ - ०९:५६
काठमाडौं । बाजुराको बुढीगङ्गा खोलामा वर्षा लाग्नेबित्तिकै त्रिवेणी नगरपालिकाको सडक सम्पर्क प्रभावित हुन्छ। कारण एउटै हो—पुल छैन। आर्थिक वर्ष २०७८/७९ म...
आषाढ़ १२ गते, २०८३ - ०९:१३
चितवन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारीका लागि आज (शुक्रबार) मतदान हुने भएको छ । निर्वाचन आयोगले शुक्रबार बिहान १० बजेबाट मतदान गर्ने...
आषाढ़ १२ गते, २०८३ - ०८:३०
सल्यान । किसानको आयआर्जन वृद्धि र ग्रामीण अर्थतन्त्र सुदृढीकरणका लागि नार्क अन्तर्गतको अदुवाबाली अनुसन्धान कार्यक्रम कपुरकोट सल्यानले देशव्यापी रूपमा ...
आषाढ़ १२ गते, २०८३ - ०८:२३
काठमाडौँ । नेपाल प्रहरीले गएको एक महिनामै देशभरबाट विभिन्न मुद्दाका दुई हजार १८२ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरेको छ । उनीहरू पक्राउ परेसँगै ८०७ व...
आषाढ़ १२ गते, २०८३ - ०८:१८
काठमाडौं । पत्रकार विनोद ढकाललाई प्रहरीले साइबर क्राइम मुद्दामा पक्राउ गरेको छ । उनलाई प्रहरी वृत्त नयाँ बानेश्वरको टोलीले पक्राउ गरेको हो । उनले ...
आषाढ़ १२ गते, २०८३ - ०७:५७
बुढीगङ्गा खोलामा चार वर्षदेखि अलपत्र पक्की पुल, नयाँ ठेक्काको तयारी
आषाढ़ १२ गते, २०८३ - ०७:५४
फिफाको निलम्बनसँगै राष्ट्रिय टोली, क्लब र खेलाडी सबै अन्तर्राष्ट्रिय प्रतियोगिताबाट बाहिर, आर्थिक अनुदान पनि रोकियो



प्रतिकृया लेख्नुहोस्: