Ntc summer Offer
Khabar Dabali ८ कार्तिक २०८१ बिहीबार | 24th October, 2024 Thu
Investment bank

सुनकोसी पुल बगेपछि व्यापारमा मन्दी

खबरडबली संवाददाता

उदयपुर । गत असोज १२ गते आएको भीषण वर्षासँगैको बाढीले गाईघाट दिक्तेल सगरमाथा सडकमार्ग खण्डको सुनकोसीस्थित फोक्सिङटारको पुल बगाएपछि गाईघाट, दिक्तेलसँगको व्यापारिक कारोबारमा ह्रास आएको छ । 

उदयपुरको सदरमुकाम गाईघाटदेखि पहाडी जिल्ला खोटाङको दित्तेल जोड्ने फोक्सिङटारस्थित सुनकोसीको पुल बाढीले भत्काएपछि यातायात अवरुद्ध हुँदा गाईघाट दिक्तेलका व्यापारिक कारोबार घट्न पुगेको हो । 

त्रियुगा उद्योग वाणिज्य सङ्घ गाईघाटका अध्यक्ष रमेश विककाअनुसार गाईघाट दिक्तेल सगरमाथामार्ग नियमित सञ्चालन हुँदा खोटाङको दिक्तेलसँग नियमित गाईघाटबाट दैनिक पाँच लाखदेखि १५ लाखसम्मको वस्तु आपूर्ती हुने गरेको थियो । तर अहिले यातायात सेवा अवरुद्ध भएपछि गाईघाट दिक्तेलको व्यापारिक कारोबार झण्डै शून्य जस्तै बन्न पुगेको उनको भनाइ छ । 

हिमाली यातायात व्यवसायी सङ्घ गाईघाटका सदस्य सुरेश श्रेष्ठका अनुसार सुनकोशीस्थित फोक्सिङटारको पुल बाढीले भत्काउन अघिसम्म गाईघाट दित्तेल सडक खण्डमा दैनिक चार वटा ठूला बस सञ्चालन हुने गरेको थियो । हाल गाईघाट दित्तेल सिधा यातायात सञ्चालन छैन । 

उक्त सङ्घअन्तर्गत गाईघाट दित्तेल सडक खण्डमा यातायात सञ्चालन हुँदा प्रतिदिन रु एक लाखसम्मको कारोबार हुने गरेको थियो । तर अहिले घाटा बढिरहेको सङ्घका पूर्वमहासचिव ओमभक्त मैनालीले बताए । गाईघाट दित्तेल सडक खण्ड अवरुद्ध भएपछि दित्तेल क्षेत्रका व्यापारीहरु सिद्धिचरणमार्गअन्तर्गत कटारी–घुर्मी–ओखलढु्गाको हर्कपुर–हलेसी हुँदै मालसामान लगिरहेको खोटाङ खोटेहाङ गाउँपालिका भडारेका व्यवसायी बद्री श्रेष्ठले बताए । 

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

उत्तर कोरियाले रुसमा सैनिक पठाएको प्रमाण छ:अमेरिकी रक्षामन्त्री अस्टिन

सोल । अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले बुधबार उत्तर कोरियाले रुसमा सैनिक पठाएको प्रमाण रहेको बताएका छन् । दक्षिण कोरियाली गुप्तचर प्रमुखले सांसदहरूल...

गोसाइँकुण्ड क्षेत्रमा हिमपात सुरु

रसुवा । गोसाइँकुण्ड क्षेत्रमा हिमपात सुरु भएको छ । लौरीविनायकभन्दा माथिल्लो भेग र यार्साको सातधारालगायतका स्थानमा हिमपात भएको स्थानीले बताएका छन् ।  ...

जिम्बाबेले तोड्यो नेपालको किर्तिमान, टी-२० मा बनायो सर्बाधिक रन

काठमाडौं । जिम्बाबेले टी-२० क्रिकेटमा नेपालले बनाएको अहिलेसम्मको उच्च रनको रेकर्ड तोडेको छ । बुधबार टी-२० विश्वकप छनौट अन्तर्गत अफ्रिका क्षेत्रको खेलम...

झापामा बसको ठक्करबाट साइकलमा सवार हजुरबुवा र नातिनीको मृत्यु

झापा । झापाको केरखामा बुधबार साँझ यात्रुवाहक बसले ठक्कर दिँदा विद्युतीय साइकलमा सवार हजुरबुवा र नातिनीको घटनास्थलमै मृत्यु भएको छ ।  पूर्व–पश्चिम र...

काठमाडाैंकाे चाल्नाखेलमा बन्धक बनाइएकी महिलाको उद्दार

काठमाडौं । काठमाडौंको कोटेश्वरबाट लगेर ललितपुरको चाल्नाखेलमा बन्धक बनाइएकी महिलाको उद्दार गरिएको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय र जिल्ला प्रहरी ...

भारतमाथि बंगलादेशको शानदार जित, दुवै साफको सेमिफाइनलमा

काठमाडौं । बंगलादेश साफ महिला च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको छ । बुधबार सम्पन्न खेलमा भारतलाई ३-१ गोल अन्तरले पराजित गर्दै बंगलादेश समुह बिजेता बन...

उत्तर कोरियाले युक्रेनविरुद्ध लड्न थप १५ सय सेना पठाएको दक्षिण कोरियाको दाबी

काठमाडौं । दक्षिण कोरियाको गुप्तचर निकायका प्रमुखले उत्तर कोरियाले रुसमा थप १५ सय सैनिक पठाएको बताएका छन् । यी उत्तर कोरियाली सैनिकहरू रसियालाई मद्दत ...

नेपालले ताजकिस्तान र अफगानिस्तानसँग मैत्रीपूर्ण खेल खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले ताजकिस्तान र अफगानिस्तानसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।  अखिल नेपाल फुटबल संघ (एन्फा) आगामी नोभेम्बर १३...

महिला यू-१९ विश्वकपको एशिया क्वालिफायर खेल्ने टिमको घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ  (क्यान) ले महिला यू-१९ विश्वकपको एशिया क्वालिफायर खेल्ने १४ खेलाडी घोषणा गरेको छ ।  क्यानले तीन चरणको क्लोज क्याम्प ग...

भारतविरुद्ध पहिलो हाफमा बंगलादेश ३-१ ले अगाडी

काठमाडौं । बंगलादेशले साफ महिला च्याम्पियनसिप अन्तर्गतको खेलको पहिलो हाफमा भारतमाथि ३-१ को अग्रता लिएको छ । बंगलादेशले भारतविरुद्धको खेलको पहिलो हाफमा...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy