Ntc summer Offer
Khabar Dabali ६ कार्तिक २०८१ मंगलवार | 22nd October, 2024 Tue
Investment bank

तिहारलाई कोसेली कर्णालीको स्याउ

खबरडबली संवाददाता

बाँके । कर्णालीको प्राङ्गारिक स्याउ बजारमा सस्तो दरमा उपलब्ध भएपछि यस वर्ष दसैँ–तिहारको कोसेलीका रुपमा घरघरमा पुगेको छ । आयातीत भारतीय र चीनको भन्दा सस्तो, स्वादिलो र लामो समयसम्म भण्डारण गर्न सकिने भएकाले नेपालगन्जवासीको रोजाइमा कर्णालीको स्याउ परेको छ । नेपालगन्जको धम्बोझीमा कर्णालीको स्याउ किन्दै गरेका बाँकेको खजुराका युवा व्यवसायी शतिश निरौलाले दसैँमा घरमा खान, पाहुनालाई प्रसाद तथा मान्यजनकहाँ जाँदा कोसेली लैजान कर्णालीको स्याउ स्वादिलो र सजिलो भएको बताए ।  

“सिजनको जुम्ली स्याउ स्वादिलो र रसिलो हुने भएकाले नेपालगन्जबाट अन्यत्र जाँदा दसैँ–तिहारमा कोसेलीका रुपमा लैजाने सहज भएको छ”, उनले भने, “विदेशी स्याउको तुलनामा कर्णालीको स्याउ स्वादिष्ट र सस्तोसमेत भएकाले यो वर्ष धेरैको रोजाइमा परेको छ ।”

नेपालगन्ज उपमहानगरपालिका–१० आदर्शनगर निवासी मङ्गलीमाया श्रेष्ठले यस वर्षको दसैँमा कर्णालीको स्याउ कोसेलीका रुपमा १५ किलो खपत गरेको बताए । घरमा आउने पाहुनालाई प्रसाद दिने मात्र नभएर मान्यजनकहाँ दसैँको टीका, जमरा र आशीर्वाद लिन जाँदा पनि सजिलो हुने भएकाले स्याउ नै बोकेर जाने गरेको उनको भनाइ छ ।

नेपालगन्जको धम्बोझीमा तिहारलाई लक्षित गरेर अहिले पनि कर्णालीको स्याउ किनबेच गर्नेको भीडभाड हुने गरेको छ । नेपालगन्जको धम्बोझी चोकमा कर्णालीकै महिलाहरुले असोजको पहिलो हप्तादेखि नै स्याउको बिक्री–वितरण गर्दै आएका छन् । जुम्लाको सिँजा गाउँपालिकाबाट नेपालगन्जमा स्याउ बिक्री गर्न आएकी शीतली रोकायले दैनिक २५ देखि ३० किलोसम्म स्याउ बिक्री गर्ने गरेको बताइन् । अन्य बेलाभन्दा दसैँ–तिहारको बेला स्याउ धेरै बिक्री हुने गरेको उनको भनाइ छ । 

नेपालगन्जका अन्य फलफूल पसलमा समेत उपभोक्ताले कर्णालीकै स्याउ किन्ने गरेका छन् । नेपालगन्जको त्रिवेणी मोडस्थित पुरानो फलफूल पसल महाराजा फ्रुटका सञ्चालक कमल सुनारले यो वर्ष कर्णालीको स्याउले भारतीय र चाइनिज स्याउलाई जितेको बताए । उनले आफ्नो पसलमा आउने उपभोक्ताले कर्णालीको स्याउ नै खोज्ने गरेको बताए। यो दसैँमा कर्णालीको स्याउ अन्य समयको तुलनामा तीन गुणा बढी बिक्री भएको छ । बाहिरबाट आउने स्याउको तुलनामा कर्णालीको स्याउ स्वादिलो र सस्तोसमेत भएकाले उपभोक्ताको रोजाइमा परेको सुनारले उल्लेख गरे ।  

कर्णाली स्याउ बजारमा आएपछि भारत र चीन दुवै ठाउँबाट आउने स्याउको आयात घटेको छ । कर्णाली प्रदेशका जुम्ला, कालीकोट, हुम्ला र मुगुमा उत्पादन गरिएको ‘अग्र्यानिक’ स्याउ ठूलो मात्रामा नेपालगन्जमा भित्रिएको छ ।   भारतीय स्याउ प्रतिकिलो रु एक सय ५० देखि रु दुई सय ५० र चीनको स्याउ प्रतिकिलो रु एक सय ६० भन्दा बढीमा बिक्री भइरहेका बेला कर्णालीको अग्र्यानिक स्याउ बाँकेमा प्रतिकिलो रु ९० देखि रु एक सय २० सम्ममा पाइन थालेपछि यो वर्षको दसैँ–तिहारमा उपभोक्तालाईको रोजाइमा परेको स्थानीय व्यवसायी रमजान कबडियाले बताए । 

उनका अनुसार अहिले जताततै कर्णालीकै स्याउ बिक्री भइरहेको छ । भारतीय स्याउ महँगो र चीनको स्याउ त्यति स्वादिलो नभएकाले कर्णालीको स्याउको माग अत्यधिक बढेको छ । कबडियाले सीमापारिबाट आउने भारतीय नागरिकले समेत कोसेलीका रुपमा कर्णालीको स्याउ किनेर लैजाने गरेको बताए। 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भैरहवामा सुप्रिम पीडितको प्रदर्शन

छविलालसँग रुपन्देही जिल्ला सरकारी वकिलको कार्यालयले लियाे बयान

सञ्चालनमा आयो सिन्धुली–रामेछाप जोड्ने खुर्कोटको बेलिव्रिज

रामेछाप । बाढीले बगाएको सिन्धुली–रामेछाप जोड्ने सुनकोसी नदीमा जडान भएको बेलिव्रिज आजबाट शुभारम्भ भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्...

बाढीपहिरो पीडितलाई माछापुच्छ्रे बैंकको २५ लाख सहयोग

काठमाडौं ।  माछापुच्छ्रे बैंक लिमिटेडले बाढीपहिरो पीडितहरूको राहतका लागि २५ लाख रुपैयाँ सहयोग गरेको छ। बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्...

एनआरएनएद्वारा सिन्धुपाल्चोकका बाढी तथा पहिरो प्रभावित २३ परिवारलाई राहत वितरण

काठमाडाै‌ ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सिन्धुपाल्चोक बाह्बिसे नगरपालिकाका बाढी तथा पहिरो प्रभावित २३ परिवारलाई राहत प्रदान गरेको छ । बाढी तथा ...

उदयपुरमा आगो लगाएर श्रीमतीको हत्या

उदयपुर । उदयपुरमा श्रीमानले श्रीमतिको आगो लगाई हत्या गरेका छन । जिलको बेलका नगरपालिका–८ मा ४८ वर्षिय दानबहादुर राईले आफ्नै श्रीमति ४० वर्षिय पुर्णकुमा...

कृषि प्राबिधिक विद्यार्थीले गरे व्यावसायिक फूल खेती

उदयपुरकाे त्रियुगा नगरपालिकाले गर्याेे प्लास्टिकजन्य मालाकााे प्रयाेगमा निषेध

तिहारलाई कोसेली कर्णालीको स्याउ

बाँके । कर्णालीको प्राङ्गारिक स्याउ बजारमा सस्तो दरमा उपलब्ध भएपछि यस वर्ष दसैँ–तिहारको कोसेलीका रुपमा घरघरमा पुगेको छ । आयातीत भारतीय र चीनको भन्दा स...

श्रीमतीमाथि घरेलु हिंसा गर्दै १४ वर्षीया छोरीलाई पटक पटक बलात्कार

चितवन । चितवनका एक बाबुले आफ्नी १४ वर्षकी छोरीलाई दुई वर्षदेखि बलात्कार गर्दै आएको खुलेको छ । भरतपुर महानगर घर भएका ती व्यक्तिले २०७९ माघदेखि पटक पटक ...

विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु

काठमाडौं । विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परेर कम्तीमा चार जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ । उदयपुरको त्रियुगा नगरपालिका–७ ...

प्रहरीले समात्यो ३९ जना जुवाडे

काठमाडौं । राजधानी काठमाडौंसहित दाङ र बाँके जिल्लाबाट जुवातास खेलिरहेको अवस्थामा नेपाल प्रहरीले ३९ जनालाई पक्राउ गरेको छ । काठमाडौँको टोखा नगरपालिक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy