काठमाडौं । रेबिज संक्रमणका कारण काठमाडौंमा एक जनाको मृत्यु भएको छ। टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल मा उपचाररत २७ वर्षीय पुरुषको रेबिजका कारण मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।
मृतकलाई करिब एक महिनाअघि कुकुरले टोकेको भए पनि समयमै रेबिजविरुद्धको खोप नलगाइएका कारण संक्रमण गम्भीर बनेको चिकित्सकहरूले बताएका छन्।
अस्पतालका अनुसार शिक्षण पेशामा आबद्ध ती पुरुषलाई कुकुरले टोकेपछि प्रारम्भिक उपचार गरिए पनि रेबिजविरुद्धको आवश्यक खोप नलगाइएकाले पछि संक्रमण फैलिएर स्वास्थ्य अवस्था जटिल बनेपछि उनलाई अस्पताल भर्ना गरिएको थियो। अस्पतालमा भर्ना भएको चार दिनपछि उनको मृत्यु भएको अस्पतालले जनाएको छ।
रेबिज एक भाइरल रोग हो, जुन संक्रमित कुकुर, बिरालो, स्याल, बाँदरलगायत जनावरको टोकाइ वा ¥यालको सम्पर्कबाट मानिसमा सर्छ। स्वास्थ्य विज्ञहरूका अनुसार रेबिजको लक्षण देखिन थालेपछि उपचार प्रभावकारी नहुने भएकाले यसलाई लगभग शतप्रतिशत घातक रोग मानिन्छ।
चिकित्सकहरूका अनुसार रेबिज संक्रमण भएका व्यक्तिमा सुरुमा ज्वरो आउने, टोकेको ठाउँमा पोल्ने वा झम्झमाउने, त्यसपछि पानी र हावादेखि डराउने, उत्तेजित हुने तथा स्नायु प्रणालीमा असर पर्ने लक्षण देखिन्छन्। अन्ततः बिरामीको मृत्यु हुन सक्छ।
स्वास्थ्य तथा जनसंख्या क्षेत्रका अधिकारीहरूका अनुसार नेपालमा हरेक वर्ष रेबिजका कारण दर्जनौँ मानिसको मृत्यु हुने गरेको छ। रेबिजबाट बच्ने सबैभन्दा प्रभावकारी उपाय भनेको जनावरले टोकेपछि तत्काल साबुनपानीले घाउ सफा गर्ने, नजिकको स्वास्थ्य संस्थामा पुगेर रेबिजविरुद्धको खोप लगाउने तथा आवश्यक परे इम्युनोग्लोबुलिन उपचार लिनुपर्छ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
श्रावण २० गते, २०८३ - २२:१७
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ स्थित दुलालेश्वर महादेव मन्दिर नजिकबाट सुनकोशी नदीमा हामफालेपछि एक दम्पती बेपत्ता भएका छन्। ज...
श्रावण २० गते, २०८३ - २२:००
काठमाडौं । नेपाली राजनीतिमा लामो समयदेखि स्थापित दलहरूप्रति बढ्दै गएको असन्तुष्टि, भ्रष्टाचारका आरोप, सुस्त विकास र राजनीतिक अस्थिरताले नागरिकमा नयाँ ...
श्रावण २० गते, २०८३ - २१:३१
सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित सुनकोसी नदीमा खसेर बेपत्ता भएका कार र त्यसमा सवार तीन यात्रुको अवस्था दुई दिन बितिसक्दा पनि अज्...
श्रावण २० गते, २०८३ - २०:३१
मुख्यमन्त्री चयनलाई लिएर थपलिया–किरण थापा आमनेसामने, बहुमत जुटाउन राप्रपा निर्णायक
श्रावण २० गते, २०८३ - २०:२७
विराटनगर। कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई हटाउने निर्णयबाट नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली पछि हटेका छन्। बुधबार भक्तपुरको गुन्ड...
श्रावण २० गते, २०८३ - २०:१८
इलाम। मेची राजमार्ग अवरुद्ध भएपछि इलाम सदरमुकामसहित उत्तरी क्षेत्रका उपभोक्ता ग्यास अभावको चर्को मारमा परेका छन्। एक सातादेखि खाना पकाउने ग्यास नपाउँद...
श्रावण २० गते, २०८३ - १९:५८
काठमाडौं। पाकिस्तान सरकारले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको रिपोर्टिङसम्बन्धी नयाँ निर्देशिका लागू गर्दै विदेशी सञ्चारमाध्यमका लागि काम गर्ने पत्रकारमा...
श्रावण २० गते, २०८३ - १९:५४
-काठमाडौं । मध्य वर्षायामसँगै उपभोक्ताको भान्सामा महँगीको चर्को मार परेको छ। कालीमाटी तरकारी तथा फलफूल बजार विकास समितिको तथ्यांकअनुसार असारको तुलन...
श्रावण २० गते, २०८३ - १९:४७
मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले ‘पर्यटन वर्ष २०८३/८४’ लाई सफल बनाउन तथा शहरलाई स्वच्छ र आकर्षक बनाउने उद्देश्यसहित यही साउन महिनाभित्र ‘शून्य फोहर...
श्रावण २० गते, २०८३ - १९:४५
सोलुखुम्बु । सोलुखुम्बुमा न्वारन पूजामा सहभागी हुन गएका एक वृद्धको आफ्नै नातिको कुटपिटबाट मृत्यु भएको आरोप लागेको छ। घटनापछि प्रहरीले आरोपित नातिलाई प...



प्रतिकृया लेख्नुहोस्: