Khabar Dabali १० असार २०८३ बुधबार | 24th June, 2026 Wed
Investment bank

विराटनगरमा आयल निगमबाटै तेलको ट्याङ्कर चोरी

खबरडबली संवाददाता

विराटनगर । विराटनगरस्थित नेपाल आयल निगमको प्रादेशिक कार्यालयको पार्किङस्थलबाटै पेट्रोल बोकेको एउटा ट्याङ्कर चोरी भएको छ । गएराति पार्किङमा राखिएको नवीन ढुवानी सेवाको को १ ख ६१९० नम्बरकको ट्याङ्कर चोरी भएको हो ।

आयल निगम कोशी प्रादेशिक कार्यालय विराटनगरका प्रमुख पुस्कर कार्कीका अनुसार राति पार्किङमा राखिएको उक्त ट्याङ्कर आज बिहान हराएको जानकारी आएको थियो । खोजी गर्ने क्रममा उक्त ट्याङ्कर सुनसरीको बर्जुस्थित हुलाकी सडक खण्डमा बिहान ११ बजे फेला परेको हो । सुनसरी प्रहरीले हाल ट्याङ्करलाई आफ्नो नियन्त्रणमा लिएको छ ।

ट्याङ्कर धनी नवीन कर्णले दिएको जानकारी अनुसार उक्त ट्याक्रमा २० हजार लिटर पेट्रोलियम पदार्थ थियो । भारतको सिलीगुढीबाट तेल लोड गरेर आइतवार साझ ८ वजे पार्किङमा प्रबेश गरेको थियो । ट्याक्रलाइ निगमको क्यु ९लाइन० मा राखिएको थियो । ‘हामी सबै जना आयल निगममा तालिममा थियौँ, बिहान साढे ८ बजेतिर मात्र गाडी नभएको थाहा पायौँ,’ कर्णले भने । चालकहरू तालिममा रहेको मौका छोपेर ट्याङ्कर चोरी भएको देखिन्छ ।

प्रारम्भिक नापजाँच गर्दा ट्याङ्करबाट झण्डै १ हजार देखि १२ सय लिटर तेल चोरी भएको कर्णले बताए । व्यवसायी नवीन कर्णले भने, ‘२० हजार लिटर तेल थियो, अहिले नापजाँच गर्दा हजार–बाह्र सय लिटर तेल पुग्दैन कि भन्ने अनुमान छ ।’ यद्यपि, गाडी रहेको स्थान अलि भिरालो र कोल्टे परेकाले ठ्याक्कै कति तेल गायब भयो भन्ने कुरा मुचुल्का उठाएर डिपोमा पु¥याएपछि मात्र यकिन हुने उनले बताए ।

घटना लगत्तै जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको टोलीले घटनास्थलको अनुसन्धान गरेको छ । भोलि ९मंगलबार० जिल्ला प्रहरी कार्यालय मोरङ, ढुवानी प्रतिनिधि र निगमका अधिकारीहरूको रोहबरमा मुचुल्का उठाएर ट्याङ्करलाई डिपोमा ल्याइने तयारी गरिएको छ । एक ट्याङ्करमा २० हजार लिटर हुने गर्छ ।

भोक्रा नसिंह गाउपालिका ८ को हुलाकि राजमार्गमा ट्याक्र बेवारिसे अबस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नाायव उपरिक्षक चन्द्र खड्काले जानकारी दिए ।‘ चोरेर हुलाकि राजमार्गमा ल्याएर चोरले छाडेको रहेछ,’खड्काले भने ‘हामीले थप अनुसन्धान गरीरहेका छौ ।’ उनले हजार देवि १२ सय लिटर तेल चोरी भएको अनुमान गरीएको बताए

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कृषिबाली जोगाउन विशेष कार्यक्रम, किसानको घरदैलोमै प्राविधिक सेवा पनि पुग्ने

खोटाङ । खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले कृषिबालीमा बाँदरलगायत वन्यजन्तुले पुर्‍याउँदै आएको क्षति न्यूनीकरण गर्न आगामी आर्थिक वर्षका लागि ...

गृहमन्त्रीले खाएको अम्लेटमा माछाको काँडा, होटललाई ३ लाख रुपैयाँ जरिबाना

काठमाडौं । गृहमन्त्री सुधन गुरुङले चितवनस्थित एक होटलमा खाएको अम्लेटमा माछाको काँडा भेटिएपछि सम्बन्धित होटललाई ३ लाख रुपैयाँ जरिबाना गरिएको छ। राष्...

रास्वपा सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिमा पुनः रवि लामिछाने निर्विरोध निर्वाचित भएका छन् । असार ७ गतेदेखि चितवनमा जारी पहिलो महाधिवेशनबाट ला...

भिरबाट टेम्पो खसाएको घटनामा वन कार्यालयले पीडितलाई दियो ५ लाख क्षतिपूर्ति

काठमाडौं । कैलालीमा डिभिजन वन कार्यालयका कर्मचारीले सडक छेउबाट टेम्पो खसालेको घटनामा पीडित पक्षले पाँच लाख रुपैयाँ क्षतिपूर्ति पाएको छ । वन कर्मचारी र...

काठमाडौं उपत्यका र काभ्रेका केही क्षेत्रमा अझै जोखिम, उच्च सतर्कता अपनाउन विभागको आग्रह

काठमाडौं उपत्यका र काभ्रेका केही क्षेत्रमा अझै जोखिम, उच्च सतर्कता अपनाउन विभागको आग्रह

तस्बिर सार्वजनिक भएपछि उठ्यो सरकारी कर्मचारीको राजनीतिक संलग्नताको प्रश्न

श्रेष्ठको दाबी– सदस्य वा प्रतिनिधि होइन, ‘हेर्न मात्रै गएको हुँ’

गुन्डुमा एमाले सचिवालय बैठक, विष्णु पौडेल पक्राउ प्रकरणदेखि समसामयिक राजनीतिक घटनाक्रमसम्म छलफल

यातना दिएर पक्राउ गरियो यो प्रतिशोध हो, गैरकानुनी हो

बीवाईडीसम्बन्धी समाचार हटाउन अदालतको आदेश, पत्रकार महासंघको कडा आपत्ति

‘समाचारको सत्यता परीक्षण नगरी हटाउन लगाउनु प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप’

डाक्टरले चलाएको ईभी कारको ठक्करबाट प्रहरीको मृत्यु, श्रीमती घाइते

हुलाकी राजमार्गमा भएको दुर्घटनापछि चालक डा. राजेन्द्र चौधरी प्रहरी नियन्त्रणमा

रास्वपाको नयाँ वैचारिक मोड : ‘संवैधानिक समाजवाद’ छाडेर ‘सामाजिक लोकतन्त्र’ अंगीकार गर्ने प्रस्ताव

रवि लामिछानेको राजनीतिक प्रतिवेदनमा प्रत्यक्ष निर्वाचित कार्यकारी, पूर्ण समानुपातिक निर्वाचन र प्रदेश संरचना पुनर्संरचनाको एजेन्डा

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending