Ntc summer Offer
Khabar Dabali ६ कार्तिक २०८१ मंगलवार | 22nd October, 2024 Tue
Investment bank

भैरहवामा सुप्रिम पीडितको प्रदर्शन

छविलालसँग रुपन्देही जिल्ला सरकारी वकिलको कार्यालयले लियाे बयान

खबरडबली संवाददाता

बुटवल । रुपन्देही जिल्ला सरकारी वकिलको कार्यालयमा सहकारीको रकम अपचलन सम्बन्धमा पूर्व डिआइजी छबिलालको  बयान चलिरहँदा सूप्रिम पीडितहरू प्रदर्शन उत्रिए। पीडितहरूले ब्यानर सहित सरकारी वकिलको कार्यालयमा प्रदर्शन गर्न खोजेका थिए। तर प्रहरीको अवरोध गरेपछि जिल्ला अदालत अगाडी प्रदर्शन गरे। सहकारीको बचत रकम फिर्ता गर,सहकारी ठगहरूलाई कारबाही गर, पीडितलाई न्याय दे, रवि, छबी जस्तै जिबीलाइ पनि पक्राउ गर लगायतका नारा लगाउँदै सूप्रिम पीडितहरू प्रदर्शनमा उत्रेका हुन।

सुप्रिम पीडित संघर्ष समितिका संयोजक विजय नेपालले बचत रकम फिर्ता  गर्न पर्ने,रकम अपचलन गर्ने सबैलाई पक्राउ गरी कडा कारबाही गर्नुपर्ने लगायतका आफूहरूको माग सम्बोधन हुनु पर्ने बताए।

सर्वसाधारणले सहकारीमा बचत गरेको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको आरोपमा संसदीय छानबिन समितिको सिफारिसमा पूर्व डिआइजी जोशी गत असोज ६ गते  पक्राउ परेका थिए। सहकारीको रकम अपचलन प्रकरणमा रास्वपाका सभापति तथा गोर्खा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रबि लामिछाने अहिले कास्कीमा प्रहरी हिरासतमा छन्।

छविलालसँग रुपन्देही जिल्ला सरकारी वकिलको कार्यालयले लियाे बयान 

सहकारी ठगीको आरोपमा पक्राउ परेका पूर्व डिआइजी छबिलाल जोशी (बन्जाडे)लाई रुपन्देही जिल्ला सरकारी वकिलको कार्यालयले सूप्रिम सहकारीको रकम अपचलन सम्बन्धमा मंगलबार बयान लिएको छ।

जोशीलाई सूप्रिम सहकारीको रकम अपचलन सम्बन्धमा जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका प्रमुख प्रेमराज पौडेलको रोहवरमा इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी विजयराज पण्डित र अनुसन्धान अधिकृतहरूले बयान लिइरहेको रुपन्देहीका प्रहरी प्रमुख रञ्जितसिंह राठोरले बताए।

यसअघि सुर्यदर्शन सहकारी पोखराको रकम अपचलन सम्बन्धमा कास्कीमा जोशीको बयान लिइएको थियो।

कास्की प्रहरीको हिरासतमा रहेका पूर्व डिआइजी जोशीलाई सोमबार हवाई मार्गबाट रुपन्देही ल्याइएको हो। सोमबार उनी जिल्ला प्रहरी कार्यालय रुपन्देहीको हिरासतमा बसे।  सुप्रिम सहकारीको रकम अपचलनमा छविलालको संलग्नताका सम्बन्धमा थप अनुसन्धानका लागि बयान लिन उनलाई रुपन्देही ल्याइएको एसपी राठोरले बताए। बयान सकिए लगत्तै उनलाई पुन कास्की हिरासतमै पठाइने राठोरले जानकारी दिए। 

Khabardabali Desk–MB

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

भैरहवामा सुप्रिम पीडितको प्रदर्शन

छविलालसँग रुपन्देही जिल्ला सरकारी वकिलको कार्यालयले लियाे बयान

सञ्चालनमा आयो सिन्धुली–रामेछाप जोड्ने खुर्कोटको बेलिव्रिज

रामेछाप । बाढीले बगाएको सिन्धुली–रामेछाप जोड्ने सुनकोसी नदीमा जडान भएको बेलिव्रिज आजबाट शुभारम्भ भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्...

बाढीपहिरो पीडितलाई माछापुच्छ्रे बैंकको २५ लाख सहयोग

काठमाडौं ।  माछापुच्छ्रे बैंक लिमिटेडले बाढीपहिरो पीडितहरूको राहतका लागि २५ लाख रुपैयाँ सहयोग गरेको छ। बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमार्...

एनआरएनएद्वारा सिन्धुपाल्चोकका बाढी तथा पहिरो प्रभावित २३ परिवारलाई राहत वितरण

काठमाडाै‌ ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) ले सिन्धुपाल्चोक बाह्बिसे नगरपालिकाका बाढी तथा पहिरो प्रभावित २३ परिवारलाई राहत प्रदान गरेको छ । बाढी तथा ...

उदयपुरमा आगो लगाएर श्रीमतीको हत्या

उदयपुर । उदयपुरमा श्रीमानले श्रीमतिको आगो लगाई हत्या गरेका छन । जिलको बेलका नगरपालिका–८ मा ४८ वर्षिय दानबहादुर राईले आफ्नै श्रीमति ४० वर्षिय पुर्णकुमा...

कृषि प्राबिधिक विद्यार्थीले गरे व्यावसायिक फूल खेती

उदयपुरकाे त्रियुगा नगरपालिकाले गर्याेे प्लास्टिकजन्य मालाकााे प्रयाेगमा निषेध

तिहारलाई कोसेली कर्णालीको स्याउ

बाँके । कर्णालीको प्राङ्गारिक स्याउ बजारमा सस्तो दरमा उपलब्ध भएपछि यस वर्ष दसैँ–तिहारको कोसेलीका रुपमा घरघरमा पुगेको छ । आयातीत भारतीय र चीनको भन्दा स...

श्रीमतीमाथि घरेलु हिंसा गर्दै १४ वर्षीया छोरीलाई पटक पटक बलात्कार

चितवन । चितवनका एक बाबुले आफ्नी १४ वर्षकी छोरीलाई दुई वर्षदेखि बलात्कार गर्दै आएको खुलेको छ । भरतपुर महानगर घर भएका ती व्यक्तिले २०७९ माघदेखि पटक पटक ...

विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा चार जनाको मृत्यु

काठमाडौं । विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परेर कम्तीमा चार जनाको मृत्यु भएको नेपाल प्रहरीले जानकारी दिएको छ । उदयपुरको त्रियुगा नगरपालिका–७ ...

प्रहरीले समात्यो ३९ जना जुवाडे

काठमाडौं । राजधानी काठमाडौंसहित दाङ र बाँके जिल्लाबाट जुवातास खेलिरहेको अवस्थामा नेपाल प्रहरीले ३९ जनालाई पक्राउ गरेको छ । काठमाडौँको टोखा नगरपालिक...

अरु धेरै
Vianet Nepal Internet
world Link Nepal
Right Path
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy